Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

हाम्रो बारेमा

सूचना हाम्रै भाषामा’ सामुदायिक रेडियो मस्र्याङ्दी ९५ मेगाहर्ज

बि.सं. २०४६ सालको प्रजातन्त्र पुर्नस्थापनापछि नेपालमा आएको पत्रकारिताको बिकासले पूर्वाधार निर्माण तथा प्रकाशन प्रसारणको बाढि ल्यायो । यही सेरोफेरोमा २०५४ सालमा रेडियो सगरमाथाले दक्षिण एशियामै पहिलो पटक स्वतन्त्र रेडियो प्रशारणको सुरुवात गरेको हो । त्यसपछिका दिनहरुमा देशव्यापी स्वतन्त्र रेडियोहरु स्थापनाको लहर नै आयो । हाल नेपालमा संचालिन २ सय भन्दा बढी सामुदायिक रेडियोहरु मध्ये रेडियो मस्र्याङ्दी पनि एक हो ।  

लमजुङमा पत्रकारिताको इतिहास त्यति पुरानो छैन । करिब दुई दशकमा छापा संचारमाध्यमले स्थान पाएपनि जिल्लामा विद्युतिय संचारमाध्यमको विकास नभैसकेको अवस्थामा जिल्लाको समग्र विकास गतिविधिलाई सगाउ पु¥याउदै जनताको सुचनामा अधिकार स्थापित गर्ने उदेश्यले सामुदायिक विकास तथा संचार केन्द्र (सिसिडिसी)ले २०६४ साल बैशाख १ गते लमजुङमा पहिलो सामुदायिक रेडियो मस्र्याङदी प्रसारण थालेको हो । आर्थिक अभावका कारण अन्डाको क्रेक र थोत्रो बोराबाट निर्मित स्टुडियोबाट प्रसारण शुरु गरेको रेडियो विस्तार विस्तार आवाज विहिनहरुको आवाज बन्दै गाउ“का आमा समूह, क्लबका काम, उनीहरुका समस्या अनि दुख पिडामा परेकाहरुका भोगाइ सुनाउर्दै गयौं । त्यसपछिका दिनहरुमा एकातिर आमा समूह तथा क्लबहरुमा काम गर्ने उत्साह र जागार बढ्दै गयो भने अर्का्तिर हामीलाई भावनात्मक तथा आर्थिक सहयोग आउन थाल्यो । 

जिल्लामै आमसंचारको क्षेत्रमा सामाजिक कार्यको थालनी भएपछि यहा हरेक तह र तप्काका व्यक्तिहरुको ठूलो सहयोग रह्यो । जसको फलस्वरुप लमजुङ्गेको भरोसाको केन्द्र बन्न सफल भएको छ । दैनिक ४ घण्टाबाट प्रसारण थालेको रेडियोले हाल १७ घण्टा स्थानिय, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय समाचार, सन्देशमूलक, चेतनामूलक र मनोरञ्जनात्मक प्रवृतिका बालबालिका, महिला, प्रौढ, बृद्ध र युवा वर्गलाई लक्षित गर्ने खालका कार्यक्रमहरु, समसामहिक विषयमा अन्तरवार्ता, संम्बाद, गीत संगित र सूचना प्रसारण गर्दै आएको छ । स्थानिय उत्पादनका ७ वटा समाचार बुलेटिन मध्ये गुरुङ र तामाङ भाषामा समेत समाचार प्रसारण हुदै आएको छं । त्यस्तै एसएमएस सेवा, जनआवाज, रिपोर्ट तथा लाइब बार्तालाप गरि स्रोतालाई स्थान दिर्दै आएको छ । साथै इन्टरनेटमार्फत www.radiomarsyangdi.org मा पनि रेडियो मस्र्याङदी प्रत्येक्ष सुन्ने बनाइएको छ ।