ताजा खबर:
पुननिर्माण सँगै मुहार फेर्दै राइनासकोट लमजुङमा अब ब्यक्तीगत घटना दर्ता अनलाइनबाट अदुवाले उचित बजार नपाउँदा पूर्वी लमजुडका किसान चिन्तीत, ग्राहकको पर्खाइमा किसान लमजुङमा नेकपा एमाले र माओबादी केन्द्रविच सहकार्य लमजुडमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगतका काम धमाधम संचालन हुदै गिलुङका ग्रामिण महिलाका लागि निशुल्क स्वास्थ्य शिविर संचालन, ७७ महिला लाभान्वीत वृद्धाले कविता मै पोखे, जेष्ठ नागरिकका पिडा राधी विद्युतको ४ लाख १० हजार कित्ता आइपीओ खुला बेसीशहरस्थित आदर्श बालगृहका चारजना बालबालिकालाई परिवारमा पुनस्थापना, खिन्चोक छाउनी कप फुटबल प्रतीयोगिताको उपाधी सेभेनलक्की युवा क्लब हिलेबजारको पोल्टामा
अहिले प्रसारणमा :
महिला आवाज
केहि छिनमा :
मस्र्याङदी समाचार
फिचर न्यूज
फुटबलमा सावित्राको छलाङ

फुटबलमा सावित्राको छलाङ
added on Jun 15

'पुरुषलाई १५ हजार, हामीलाई किन सात हजार ?'

कुशल तिमल्सिन

sabhitra bhandari (3)

दुई बर्षअघि हलचोकमा फुटबल खेल्दा सावित्रा भण्डारीले रंगशालाको पूर्वपट्टी महिला फुटबल स्टार जमुना गुरुङको ठूलो पोस्टर देखेकी थिइन् । उनी सोच्छिन्, ‘मेरो पनि यस्तैगरी पोष्टर टाँगिने दिन कहिले आउला ?’

सावित्रालाई सशस्त्र प्रहरीको एपिएफ क्लवले १६ बर्षको उमेरमै अनुबन्ध गरेको थियो । २०७१ सालको साउनतिर प्रशिक्षणको क्रममा उनलाई हलचोकको मैदान बाहिर राखिएको जमुनाको पोस्टरले निक्कै लोभ्याएको थियो ।

दुर्इ वर्षको अन्तरालमा साबित्रा नेपाली महिला फुटबल टोलीकी नम्बर एक स्ट्राइकर बनिसकेकी छिन् । घाइते भएपछि फुटबलबाट बाहिर रहेकी जमुनाको अभाव उनले खट्किन दिएकी छैनन् । अहिले उनको खेललाई जमुनासँग तुलना गरिन्छ ।

यसरी सिकिन् फुटबल

लमजुङको सिम्पानी ७ पाम्चोककी १८ बर्षीया सावित्रा सानैदेखि खेलकुदमा रुची राख्थिन् । फुटबल खेल्न गाउँमा मैदानको समस्या थियो । त्यसमा पनि महिला फुटबल खेलाडी नै भेटिदैनथे । उनले एथ्लेटिक्स र भलिबलबाट खेलकूदमा पाइला राखिन् । फुटबल खेल्न थालेको त ३/४ बर्षमात्र भयो ।

उनी एथ्लेटिक्स र भलिबलमा पनि अब्बल थिइन् । बिद्यालयस्तरमा उनी भलिबलको राम्रो खेलाडी थिइन् । २०७० सालको राष्ट्रपति रनिङ शिल्डमा जिल्ला र क्षेत्रबाट छनौट हुँदै काठमाडाैंमा भएको प्रतिस्पर्धामा उनको टोलीले काश्य जितेको थियो ।

त्यस्तै एथ्लेटिक्सको १०० र २०० मिटर दौडकी खेलाडी हुन् भण्डारी । एथ्लेटिक्सबाट पनि उनले जिल्ला र क्षेत्रीय स्तरमा थुप्रै पदक जितेकी छन् । भलिबलमा केन्द्रित रहेकाले केन्द्रबाट एथ्लेटिक्समा उनको नतिजा राम्रो भएन ।

उनको परिवार खेलाडी पृष्ठभूमीको होइन । सुरुवातमा गाउँकै दाइहरु तथा मामासँग खेल्थिन् । गाउँका मिन्टासी बिक एथ्लेटिक्स खेलाडी थिए । उनले काश्य पदक जितेर गाउँ फर्कँदा पाएको सम्मानले सावित्रा प्रभावित थिइन् र सोच्ने गर्थिन ‘म पनि खेलकुदमा लागेर यस्तै पदक जित्नेछु र सम्मान पाउनेछु ।’ अहिले उनको सपना साकार भएको छ ।

खेलकुदमा लाग्न परिवारबाट त्यति सहयोग नमिलेपनि अहिले पाएको सफलताबाट सबैभन्दा धेरै खुसी उनकै परिवार छ । उनी भन्छिन्, ‘मम्मीले खेलमा भन्दा पढाइमा जोड गर्नुहुन्थ्यो । उहाँले ठीकै भन्नुभएको थियो तर मेरो लक्ष्य भने खेलाडी नै बन्नु थियो । कतिले त केटी मान्छे खेलकुदमा लागेर केहि गर्न सक्दैन भन्थे । तर धेरैजसोले राष्ट्रिय स्तरका खेलाडीहरु जमुना गुरुङ, अनु लामा लगायतको नाम लिएर हौसला दिनुहुन्थ्यो ।’

चार दिदीबहिनी र दुई भाइहरुमध्ये माइली हुन् सावित्रा । उनी सानैदेखि ‘टमब्वाइ’ छविकी थिइन् । कपाल पाल्न कहिल्यै मन लागेन उनलाई । अहिले पनि उनले व्वाइज कट काटेकी छन् । सावित्रा भन्छिन्, ‘सानोमा बिदेशी खेलाडीहरुलाई टिभीमा देख्दा उनीहरुको जस्तै ‘हेयर स्टाइल’ बनाउन मन लाग्थ्यो ।’ अहिले उनको मनपर्ने बिदेशी खेलाडी क्रिष्टियानो रोनाल्डो हुन्, सावित्राको हेयर स्टाइल पनि लगभग रोनाल्डोकै जस्तो छ ।

गाउँमा फुटबल खेल्न खेलाडी नै नभेटिने समस्या थियो । बिशेषगरी फुटबलका लागि उनले आफ्नै सक्रियतामा टोली बनाउथिन् गाउँस्तरमा दशै तिहार लगायतका चाडपर्वमा फुटबल खेल्थिन् । कहिलेकाहीँ त केटाहरुको टोलीमा मिसिएर फुटबल खेल्ने धोको पूरा गर्थिन सावित्रा ।

sabhitra bhandari (6)

एपिएफमा आगमन

२०७० सालको अन्त्यतिर एउटा गाउँ स्तरको प्रतियोगितामा खेल्दै थिइन् सावित्रा भण्डारी । त्यतिबेला उनको गाउँकै शुक्र तामाङ एन्फाको सहायक रेफ्री थिए । उनी पनि खेल हेर्न पुगेका थिए ।

पहिलो हेराइमै सावित्राको खेलबाट शुक्र प्रभावित भए । खेलपछि उनी नजिक आएर भने, ‘तिमी त निक्कै राम्रो खेल्दी रहेछौ । काठमाडौं गएर खेल्ने हो ?’ त्यतिबेला सावित्रा एसएलसी दिएर बसेकी थिइन् । काठमाडौं गएर खेल्न पाए किन छाड्थिन् ।

शुक्रले एपीएफमा आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै कुरा चलाउने आश्वासन दिए । नभन्दै दुई महिनापछि शुक्रको फोन आयो । उनले सावित्रालाई काठमाडौं बोलाए । एपिएफका अफिसियलसँग कुरा गरेर उनले सावित्रालाई खेल्ने बन्दोबस्त मिलाइसकेका रहेछन् ।

उनी भन्छिन्, ‘शुक्रदाइको कारणले मैले आफ्नो क्षमता सबैसामु देखाउन पाएँ ।’ २०७१ साल साउनमा उनको एपीएफमा सम्झौता भयो । त्यसपछि उनले फुटबलको व्यवसायीक पक्ष बुझ्न थालिन् । गत फागुनदेखि उनी एफिएफको स्थायी जागिरे भएकी छन् । केहि समयपछि तालिम लिन जाने योजना रहेको उनले सुनाइन् ।

एपीएफमा आवद्ध भएपछि उनको नियमित प्रशिक्षण सुरु भयो । प्रशिक्षणले खेलकलामा निखार आयो । छोटो समयमा नै उनले एपीएफमा आफूलाई महिला फुटबल स्ट्राइकरको रुपमा स्थापित गर्न सफल भइन् ।’

राष्ट्रिय टोलीमा छनौट

सावित्रा २०७१ साउनमा एपीएफमा आवद्ध भएकी हुन् । त्यहि बर्ष कार्तिकमा पाकिस्तानमा महिला साफ च्याम्पियनसीप हुँदै थियो । त्यसका लागि प्रारम्भिक टोलीमा उनको नाम पनि घोषणा भयो । उनको राष्ट्रिय टोलीबाट खेल्ने सपना छोटो समयमै पूरा भयो । उनको उत्कृष्ट खेलकलालाई चिनेर राष्ट्रिय टोलीका प्रशिक्षक ध्रुव केसीले प्रतियोगितामा उनलाई समावेश गरेका थिए । त्यसयता उनी राष्ट्रिय टोलीमा निरन्तर छिन् ।

महिला राष्ट्रिय खेलाडीका रुपमा साफ च्याम्पियनसीप खेल्न उनीसहितको नेपाली टोली पाकिस्तान पुग्यो । महिला साफ च्याम्पियनसीपमा माल्दिभ्सबिरुद्धको खेल मार्फत उनले अन्तर्राष्ट्रिय डेब्यु गरेकी हुन् ।

प्रतियोगितामा नेपालले खेलेको पहिलो खेलमा उनी ८८ औं मिनेटमा मैदान प्रवेश गरेकी थिइन् । ५ मिनेटमा के चमत्कार गर्न सक्थिन् । त्यसपछि घरेलु टोली पाकिस्तानसँग नेपालको भीडन्त थियो । पाकिस्तानबिरुद्धको खेलमा उनी ८४औं मिनेटमा मैदान छिरेकी थिइन् । ८८ औं मिनेटमा उनको खुट्टाबाट निस्केको बलले जालि चुम्न सफल भयो । त्यही उनको पहिलो अन्तर्राष्ट्रिय गोल थियो । ‘पहिलो गोल गर्दाको त्यो क्षण सम्झिँदा अहिले पनि रोमाञ्चित हुन्छु,’ सावित्रा भन्छिन् ।

त्यस प्रतियोगितामा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । उपाधि जित्न नसकेकोमा अहिले नि चुकचुक लाग्छ उनलाई ।

गत फागुनमा सम्पन्न १२औं दक्षिण एशियाली खेलकुद अन्तर्ग महिला फुटबलमा पनि नेपालले रजत जित्यो । प्रतियोगिताको सुरुवात उत्कृष्ट भए पनि पुरानै रोग बल्झिएको थियो । समूहचरणमा अपराजित रहेको नेपाल फाइनलमा भारतसँग चुक्यो । समूहचरणमा श्रीलंकाबिरुद्धको खेलमा सावित्राले दुई गोल गरिन् ।

भारतबिरुद्धको फाइनलबारे उनी भन्छिन्, ‘भारतसँगको फाइनलमा हाम्रो खेलस्तर पहिलेको जस्तो रहेन । हामीलाई रंगशालामा समर्थकको अभाव महसुस गरेँ मैले । घरेलु समर्थकका अगाडि हामी नर्भस भयौं । हाम्रो पुरुष टोलीपनि गुवहाटीमा थियो । हामीले सिलोङमा खेलेका हौं । उनीहरुको हौसलाको पनि अभाव महशुस भयो । फाइनलमा हाम्रो टोलीका खेलाडीबीच राम्रो तालमेल बनेन र हामी भारतसँग फेरि पराजित हुन पुग्यौं ।’
प्रतियोगिताका सबै खेलमा उनी सुरुवाती टोलीमा थिइन् ।

sabhitra bhandari (1)

साफ च्याम्पियनसीप जित्ने धोको

सावित्राले राष्ट्रिय टोलीबाट खेल्न थालेको दुई बर्ष पनि पुगेको छैन । उनी १८ बर्षकी मात्र भइन् । राष्ट्रिय टोलीबाट खेल्ने उनको ठूलो लक्ष्य थियो । त्यो पूरा भइसकेको छ । अब उनको लक्ष्य पनि बढ्दै गएको छ ।

उनको सपना छ नेपालको महिला टोलीलाई साफ च्याम्पियनसीप जिताउने । सावित्रा भन्छिन् ‘मेरै खेलजीवनमा साफ च्याम्पियनको उपाधि उचाल्न चाहन्छु । मलाई विश्वास छ, यो त्यति टाढा छैन ।’ हुन पनि नेपाललाई दक्षिण एशियाली स्तरको प्रतियोगितामा भारतमात्र बाधक बन्ने गरेको छ ।

राष्ट्रिय लिगको सफलता

यसबर्षको महिला राष्ट्रिय लिगमा सबैभन्दा धेरै चर्चा कमाउने खेलाडी हुन् सावित्रा । उत्कृष्ट फरवार्डको उपाधिबाट सम्मानित भएकी उनमा प्रशिक्षकहरुले भविश्यको एक उत्कृष्ट महिला स्ट्राइकरको लक्षण देखिसकेका छन् ।

नेपाली महिला टोलीका प्रशिक्षक ध्रुव केसीका अनुसार उनी सर्बगुणसम्पन्न खेलाडी हुन् । चोटले नसताएको खण्डमा उनले नेपाली राष्ट्रिय टोलीमा कीर्तिमानी प्रदर्शन गर्न सक्ने क्षमता राख्छिन् ।

राष्ट्रिय महिला लिगको उपाधि जित्नु एपिएफको पूरा टोलीको एकमात्र लक्ष्य थियो । तर त्यो हुन सकेन । सावित्रा भन्छिन्, ‘म अत्यन्तै आशावादी थिएँ । व्यक्तिगततर्फ मैले उत्कृष्ट स्ट्राइकरको उपाधि पाएँ । यसमा म सन्तुष्ट त छु । तर खल्लो चाहीँ त्यतिबेला लाग्दो रहेछ जतिबेला मेरो टोलीले लिगको उपाधि जित्न सक्दैन ।

टिम गेममा सबैले उत्कृष्ट खेलेपछि मात्रै उत्कृष्ट नतिजा निस्कने हो । उनले त्यो राम्ररी बुझेकी छन् । यस बर्षको लिग पुलिसले उछिट्यायो । तीन विभागीय टोलीबीच समान अंक भएपछि गोलअन्तर र हेड टु हेडको आधारमा बिजेताको छिनोफानो भएको थियो ।

सावित्राले प्रत्येक खेलमा गोल गरिन् । तीन बिभागीय र पाँच बिकासक्षेत्र सम्मिलित टोलीमध्ये उनले पूर्वाञ्चलको टोलीबिरुद्ध एकै खेलमा ८ गोल गरिन् । उनको क्षमता मापन गर्न यही नै काफी हुन्छ ।

उत्कृष्ट स्ट्राइकर भएपछि समर्थक तथा विभागका सिनियर खेलाडीहरु र प्रशिक्षकहरुको हौसलाले उनी उत्साहित छिन् । लमजुङस्थित गाउँमा पनि उनको छुट्टै पहिचान बनेको छ ।

sabhitra bhandari (4)

महिला र पुरुषलाई समान सुविधा होस्

अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय टोलीका सदस्यलाई मासिक भत्ता उपलब्ध गराउँछ । पुरुष टोलीका खेलाडीले मासिक १५ हजार पाउँछन् । महिला टोलीका खेलाडीले भने मासिक ७ हजार मात्र पाउँछन् । एन्फाको यही ब्यबहार सावित्रालाई मन परेको छैन । पुरुष र महिलालाई सम्मानजनक सुविधा हुनुपर्ने उनको तर्क छ ।

तलवमात्र होइन अन्य सुविधामा महिला खेलाडीलाई बिभेद छ । उनी भन्छिन्, ‘पुरुषको ठूला प्रतियोगिता नहुँदा मैत्रिपूर्ण खेलको आयोजना गरिन्छ र टोलीलाई व्यस्त बनाइन्छ । तर हामीले अन्तर्राष्ट्रिय खेल खेल्न बर्षौं कुर्नुपर्छ ।’

‘खेलाडीको स्तर बढ्ने भनेको निरन्तरको म्याच एक्स्पोजरले हो । तर महिला टोलीलाई घरेलु या अन्तर्राष्ट्रिय दुवैतर्फ प्रतियोगिता सीमितमात्र छन् । देशैभर पुरुषका नकआउट प्रतियोगिता भइरहेका हुन्छन्, तर तपाईले सुन्नुभएको छ महिलाको प्रतियोगिता ? फरक यहीँनेर छ ।’

दक्षिण एशियालीका टोलीहरुमा नेपाल उत्कृष्ट टोलीको रुपमा गनिन्छ । तर सवित्राको बिचारमा नेपालको टोली जहाँको तहीँ छ । ‘हामी चारबर्ष अघि पनि भारतसँग फाइनल खेल्थ्यौं र हार्थ्याैं, आजसम्म पनि भारत नै हाम्रो बाधक हो । तर अन्य टोलीहरु पनि उत्कृष्ट भएर आएका छन् । यस्तोमा हामीले पनि सोच्नुपर्छ,’ उनले भनिन् ।

पढाईको चिन्ता

खेलकुदमा लागेर पढाइमा सोचेजस्तो राम्रो गर्न नसकेकोमा सावित्रालाई दुख लागेको छ । उनी १२ कक्षामा अध्ययनरन छिन् । प्रशिक्षण र प्रतियोगितामै व्यस्त हुनुपरेकाले उनी परीक्षा दिनमात्र जान्छिन् ।

लमजुङको खुदीस्थित अमर उच्च माविबाट उनले उच्चमाध्यमिक शिक्षा पढिरहेकी छन् । त्यही बिद्यालयबाट उनले एसएलसी उत्तिर्ण गरेकी थिइन् ।

‘आठ कक्षासम्म म पढाइमा अब्बल थिएँ । कक्षामा सधै दोस्रो हुन्थेँ । माध्यमिक तहमा आएपछि खेलकुदमा बढि केन्त रहेकाले पढाइ खस्कन थाल्यो ।’ उनी भन्छिन्, ‘सबै कुरामा सफलता खोजेर कहाँ पाइन्छ र ?’

स्रोत अनलाईनखबर


कार्यक्रम तालिका
भुकम्पीय सुरक्षा 7.00PM - 7.30PM सयपत्री साँझ 8.30PM - 8.45PM विविसि नेपाली सेवा 8.45PM - 9.15PM संझनाको डायरी 9.15PM - 10.00PM मस्र्याङदी समाचार 6.30PM - 7.00PM नेपाल दर्पण 8.00PM - 8.30PM » सबै हेर्नुहोस्