ताजा खबर:
पुननिर्माण सँगै मुहार फेर्दै राइनासकोट लमजुङमा अब ब्यक्तीगत घटना दर्ता अनलाइनबाट अदुवाले उचित बजार नपाउँदा पूर्वी लमजुडका किसान चिन्तीत, ग्राहकको पर्खाइमा किसान लमजुङमा नेकपा एमाले र माओबादी केन्द्रविच सहकार्य लमजुडमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगतका काम धमाधम संचालन हुदै गिलुङका ग्रामिण महिलाका लागि निशुल्क स्वास्थ्य शिविर संचालन, ७७ महिला लाभान्वीत वृद्धाले कविता मै पोखे, जेष्ठ नागरिकका पिडा राधी विद्युतको ४ लाख १० हजार कित्ता आइपीओ खुला बेसीशहरस्थित आदर्श बालगृहका चारजना बालबालिकालाई परिवारमा पुनस्थापना, खिन्चोक छाउनी कप फुटबल प्रतीयोगिताको उपाधी सेभेनलक्की युवा क्लब हिलेबजारको पोल्टामा
अहिले प्रसारणमा :
महिला आवाज
केहि छिनमा :
मस्र्याङदी समाचार
फिचर न्यूज
घेर्मु खानीगाउँमा ‘रक गार्डेन’

घेर्मु खानीगाउँमा ‘रक गार्डेन’
added on Jun 15

 


निरज अधिकारी
३२ जेठ, लमजुङ्

अन्नपूर्ण पदयात्रामा पर्ने उत्तरी लमजुङ्को घेर्मुका स्थानिय बासिन्दा रक गार्डेन बनाउन लागिपरेका छन् । घेर्मु ९, खानीगाउँमा रहेको करीब ३ सय मिटर लम्वाई र २ सय मिटर चौडाई रहेको भिरालो जग्गामा ढुङ्गा काटेर महत्वकाङ्क्षी तर दूरगामी महत्वको रक गार्डेन निर्माणमा उनीहरु जुटेका हुन् ।
रक गार्डेन निर्माणमा जिल्ला विकास समिति लमजुङले वातावरण मैत्री स्थानिय शासन कार्यक्रम अन्तर्गत ८ लाख रुपैँया सहयोग गरेको छ । जिविसको सहयोग सँगै स्थानियको १ लाख ७३ हजार रुपैँयाको श्रमदानबाट रक गार्डेन बनाउन लागीपरेको रक गार्डेन संरक्षण समितिका अध्यक्ष काम सार्की गुरुङले बताए । गुरुङ्का अनुसार यतिवेला रक गार्डेन क्षेत्रमा ५ सय ८० मिटर घुमाउरो बाटो निर्माण कार्य सम्पन्न गरिएको छ ।
चटा्न नै चटनको गार्डेनमा विजुली सुविधा पुर्याउने, ओडार छिर्ने सुरुङ् मार्ग, पिकनिक स्थाल, पोखरी, ढुङ्गेधारा, बास स्थान निर्माण गर्ने काम सुरु गरिएको अध्यक्ष गुरुङ्ले बताए । प्राकृतीक सोन्दर्यताहरुप्रति बिदेशी लगायत स्वदेशी पर्यटकहरु पनि आकर्षित हुने भएकाले ओडारको अनुभव, बिभिन्न आकार प्रकारमा रहेका चट्टानहरुले प्रदान गर्ने आकर्षणको अनुभुति प्रदान गर्न रक गार्डेनले ठूलो भुमिका खेल्ने उनको भनाई छ । 
लामो समय प्रचारप्रसारको कमीले आझेलमा परेको यस स्थानका बिभिन्न आकार प्रकारमा रहेका चट्टानहरु साँच्चै नै आकर्षक छन् । रक गार्डेन निर्माण हुने स्थानलाई पुरै एक फन्को लगाउँन करिब २ घण्टा लाग्ने स्थानिय बिर्ख गुरुङ्ले बताए । सो स्थानबाट उत्तरी लमजुङ्को प्रख्यात स्याँगे झरना, मस्र्याङ्दी नदिको मनोरम दृश्य देख्न सकिन्छ । यस्तै जंगली जडिबुटी र जनावरहरु समेत प्रशस्त मात्रामा पाइने गुरुङले बताए ।
उत्त रक गार्डेन अन्नपूर्ण पदमार्गको बाटोर्म पर्ने भएकाले समेत पर्यटकहरुले एक दिन सो स्थानमा विताउन सक्ने छन् । लमजुङ सदरमुकाम बेसीशहरबाट २२ किलोमिटरको सवारी यात्रा पश्चात १० मिनेटको हिडाइमा उत्त स्थान पुग्न सकिन्छ । पर्यटकीय स्थलको रुपमा समेत परिचित लमजुङ्को घेर्मुमा रक गार्डेन निर्माण सँगै पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने स्थानियले विश्वास लिएका छन् । 

 


कार्यक्रम तालिका
भुकम्पीय सुरक्षा 7.00PM - 7.30PM सयपत्री साँझ 8.30PM - 8.45PM विविसि नेपाली सेवा 8.45PM - 9.15PM संझनाको डायरी 9.15PM - 10.00PM मस्र्याङदी समाचार 6.30PM - 7.00PM नेपाल दर्पण 8.00PM - 8.30PM » सबै हेर्नुहोस्