ताजा खबर:
पुननिर्माण सँगै मुहार फेर्दै राइनासकोट लमजुङमा अब ब्यक्तीगत घटना दर्ता अनलाइनबाट अदुवाले उचित बजार नपाउँदा पूर्वी लमजुडका किसान चिन्तीत, ग्राहकको पर्खाइमा किसान लमजुङमा नेकपा एमाले र माओबादी केन्द्रविच सहकार्य लमजुडमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगतका काम धमाधम संचालन हुदै गिलुङका ग्रामिण महिलाका लागि निशुल्क स्वास्थ्य शिविर संचालन, ७७ महिला लाभान्वीत वृद्धाले कविता मै पोखे, जेष्ठ नागरिकका पिडा राधी विद्युतको ४ लाख १० हजार कित्ता आइपीओ खुला बेसीशहरस्थित आदर्श बालगृहका चारजना बालबालिकालाई परिवारमा पुनस्थापना, खिन्चोक छाउनी कप फुटबल प्रतीयोगिताको उपाधी सेभेनलक्की युवा क्लब हिलेबजारको पोल्टामा
अहिले प्रसारणमा :
महिला आवाज
केहि छिनमा :
मस्र्याङदी समाचार
फिचर न्यूज
मायालाई नागरिकताको खुशी (भिडियो सहित)

मायालाई नागरिकताको खुशी (भिडियो सहित)
added on Aug 10

 युवराज श्रेष्ठ, लमजुङ

गाउँशहरमा लमजुङ दरबार 
मायालाई दिने थिँए, फुल जस्तो जोवन 
भईसक्यो मेरो घरबार..........। 
रेडियो नेपालले २०४५ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको राष्ट्रिय लोकगित प्रतियोगितामा पहिलो स्थान हाँसिल गरेको गित हो यो । त्यसपछि रेडियो नेपालमा सर्वाधिक बज्ने गितको सुचीमा यो गित धेरै बर्षसम्म प¥यो । 
संचारका माध्यमहरुमा रेडियो नेपाल मात्र गाउँ गाउँ सम्म पुग्ने तत्कालिन अवस्थामा लमजुङ नाल्माकी गायिका माया गुरुङलाई एका एक हिट बनाईदियो । त्यसपछि उनले सैलुङ्गे डाँडा नाल्माको............, माया सरर.......... लगायत २ सय बढी गितमा स्वर दिईन् भने ११ वटा लोकगितको एकल एल्बम नै निकालिन् । 
त्यसपछि सुस्ताएर करिब करिब हराएकी मायाले त्यही गित ‘गाउँशहरमा लमजुङ दरबार.......’ फेरी गाईन्, जुन प्रसंग र परिवेश फरक थियो ।
( see video www.youtube.com/watch ) १७ साउनमा जिल्ला प्रशासन कार्यालयको प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा गित गाएपछि उनले भनिन्, ‘त्यतिबेला गित गाउने रहरले गाएँ, आज खुशीले । उनले भनिन्, जिवनमा २० बर्षदेखि लडिआएको लडाईँ आज जिते । ’ 
उनलाई यतिधेरै खुशी बनाउने कारण ५३ बर्षको उमेरमा नागरिकता पाउँदाको खुशी हो । श्रीमान लेखमान र माया दुबैले एकै दिन नागरिकता पाएका थिए । मगरको छोरी ल्याएको भन्दै ससुरा मनिराज गुरुङको झोँकले आप्mनै छोरालाई संवन्ध प्रमाणितको सिफारिस नदिँदा यतिका समय उनको पुरा परिवार नै नागरिकता विहिन बन्नुपरेको थियो । नागरिकता पाउने आशले मायाले आप्mनो श्रीमान लेखमानलाई उनको सोल्टीनी पर्नेसँग दोस्रो विवाह गराईदिन् । नागरिकता पाउँछ भने मिलेर बस्छु, गुरुङसेनी नै ल्याउनु भनेर विवाह गरेपनि लेखमानको दोस्रो विवाह फापेन । छिट्टै डिभोर्स भयो । त्यसपछि पनि नागरिकता दिएन । 
बुवा मनिराजको झोँक यस्तो थियो कि, उनले आप्mनै छोरालाई पनि अझै मेरो होईन भने त कहिले दिन्छु भन्दै भुलाईरहे । (हे.
http://nepalihimal.com/article/3052 ‘) झोँक मनिराजको अझै मरेको छैन, अदालती बाटोबाट मात्र मायाको दम्पत्तीले नागरिकता पाएका हुन् । जिल्ला अदालत लमजुङ र पुनरावेदन अदालत पोखराले डिएनए परिक्षण सहित बाबु छोरा रहेको संवन्ध प्रमाणित गरिदिएपछि उनिहरुलाई नागरिकता दिने बाटो खुलेको प्रुमख जिल्ला अधिकारी मोहन बहादुर जिसीले बताए । 
गित संगित र गाउँघरमा माया गुरुङ भनेर चिनिएपनि उनको नागरिकताको नाम देवीमाया थापा गुरुङ रहेको छ । मगर बुवा र क्षेत्री आमाको कोखबाट जन्मिएकी मायाले प्रेम विवाह गुरुङसँग गरेकी थिईन् । 
अब भने छोरा छोरी र नाति नातिनाको समेत नागरिकता बन्ने खुशी देखाईन् । श्रीमान लेखमानले भने, नागरिकता नहुँदा रोजगार गर्न देश विदेश पनि जान सकिन, अब छोराछोरीको बाटो खोलिदिन्छु । आप्mनो परिवारको आर्थिक संकटको कारण विगतमा नगरकता नहुनु नै रहेको उनको बुझाई छ ।
 

कार्यक्रम तालिका
भुकम्पीय सुरक्षा 7.00PM - 7.30PM सयपत्री साँझ 8.30PM - 8.45PM विविसि नेपाली सेवा 8.45PM - 9.15PM संझनाको डायरी 9.15PM - 10.00PM मस्र्याङदी समाचार 6.30PM - 7.00PM नेपाल दर्पण 8.00PM - 8.30PM » सबै हेर्नुहोस्