ताजा खबर:
लमजुडमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगतका काम धमाधम संचालन हुदै गिलुङका ग्रामिण महिलाका लागि निशुल्क स्वास्थ्य शिविर संचालन, ७७ महिला लाभान्वीत वृद्धाले कविता मै पोखे, जेष्ठ नागरिकका पिडा राधी विद्युतको ४ लाख १० हजार कित्ता आइपीओ खुला बेसीशहरस्थित आदर्श बालगृहका चारजना बालबालिकालाई परिवारमा पुनस्थापना, खिन्चोक छाउनी कप फुटबल प्रतीयोगिताको उपाधी सेभेनलक्की युवा क्लब हिलेबजारको पोल्टामा रेडियो मस्र्याङ्दीको आयोजनामा सूचनाको हक कार्यान्वयन सम्बन्धी अभिमुखिकरण ९० प्रतिशत नागरिकमा अझै शुचनाको हकको बारेमा जानकारी नभएको शूचना आयोगका आयुक्त तिम्सीनाको भनाई बेशीसहरको फुलबारी आमासमूह जिल्लाकै उत्कृष्ट आमा समूहको रुपमा सम्मानीत रेडियो मस्र्याङदीको ११ औँ स्थापना दिवसको अबसरमा शुभकामना आदानप्रदान तथा साँस्कृतीक कार्यक्रम सम्पन्न
अहिले प्रसारणमा :
केहि छिनमा :
फिचर न्यूज
भेँडिगोठमा नाचिन्छ यस्तो सारङ्गी नाच !

भेँडिगोठमा नाचिन्छ यस्तो सारङ्गी नाच !
added on Aug 24

आश गुरुङ, दुधपोखरीबाट फर्केर 

गुरुङ समुदायमा करिब करिब लोप भईसकेको छ सारङ्गी नाच । छोटकरीमा सा सा नाच भनेर चिनिने यो नाच दुधपोखरीको लेकमा अवस्थित भेँडिगोठमा भेटिएको थियो ।

 

 

कुनै समय लोकप्रिय रहेको यो नाच घनपोखराको दुधपोखरी जाने बाटोमा रहेको भेँडिगोठमा सा सा अर्थात सारङ्गी नाच अहिले पनि नाचिँदैछ । कुनै समय गुरुङ  समुदायमा प्रचलित यो नाच अहिले भेँडिगोठमा खुम्चिएको छ ।

 
भेँडिगोठालाहरु मिलेर सारङ्गी बजाउँदै सा सा भनेर यो नाच नाचिने रहेछ । सारङ्गी नाच गाउँका चेलिबेटी गोठमा रहेका भेँडिगोठाला भेट्न जाँदा नाच्ने पुरानो परमपरा छ । जनैपुर्णिमाको अवसरमा भेँडीगोठमा मैता अर्थात रक्सी लिएर भेट्न गएका चेलिबेटी र दुधपोखरी तिर्थयात्रामा भेँडिगोठालाले यो नाच देखाएर मनोरञ्जन दिएका थिए । तिर्थयात्री र गाउँका चेलिबेटीको रक्षा होस् भन्ने मनोकामना राखेर यस्तो नाच नाचिने विगत १५ बर्ष देखि भेँडिगोठमा बसेका ताघृङका विर्ख घलेले गित मार्फत बताए । 
 
सारङ्गी नाचको नाच्न गाईने गितको शुरुवात मै खरीकी सोकिरा भनिन्छ । जसको अर्थ तिन पटक गोठालालाई तिन पटक रक्षा गरुन् हुने उनिहरुले बताए । रातभर जाग्राम बसेर सारङ्गी नाचेपछि चेलिबेटी र तिर्थयात्रीलाई भेँडीगोठालाहरुले गित मार्फत नै आशिर्वाद दिए । 
 
गुरुङ समुदायका युवा पुस्तालाई अहिले सारङ्गी नाच पनि आफुहरुको संस्कृति हो भन्ने कुरा कतिपयलाई थाहा नहुन सक्छ । तर यो मौलिक परम्परा अहिले भेँडिगोठमा सिमित भएको छ । भेँडिगोठमा बस्न नरुचाउने र गित सिक्न नचाहनु यसको कारण मान्छन्, भेँडिगोठाले विर्खराज गुरुङ । 
 
भेँडिगोठमा मात्र सिमित भएको सारङ्गी नाच समुदायमा पनि नाच्न र गाउन सके संस्कृति संरक्षणमा टेवा पुग्ने थियो । सारङ्गी नाचका बारेमा धेरै अनभिज्ञ रहेको अवस्थामा यसका विविध पक्षहरुको अध्ययन अनुसन्धान हुन त बाँकी नै छ, त्यसभन्दा अघि नै लोप हुने अवस्था देखिएकाले संरक्षणमा ध्यान दिन जरुरी छ । 
 

 


कार्यक्रम तालिका
विविध भजनहरु 5.30AM - 6.00AM कार्यक्रम मस्र्याङदी शुभप्रभात 7.00AM - 7.15AM कार्यक्रम उज्यालो पाइलाहरु 7.30AM - 8.00AM गुरुङभाषामा समाचार 8.00AM - 8.15AM कार्यक्रम नेपाल चौतारी 8.15AM - 9.00AM लोक तथा दोहरी गीतहरु 9.15AM - 10.00AM » सबै हेर्नुहोस्