ताजा खबर:
लमजुडमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगतका काम धमाधम संचालन हुदै गिलुङका ग्रामिण महिलाका लागि निशुल्क स्वास्थ्य शिविर संचालन, ७७ महिला लाभान्वीत वृद्धाले कविता मै पोखे, जेष्ठ नागरिकका पिडा राधी विद्युतको ४ लाख १० हजार कित्ता आइपीओ खुला बेसीशहरस्थित आदर्श बालगृहका चारजना बालबालिकालाई परिवारमा पुनस्थापना, खिन्चोक छाउनी कप फुटबल प्रतीयोगिताको उपाधी सेभेनलक्की युवा क्लब हिलेबजारको पोल्टामा रेडियो मस्र्याङ्दीको आयोजनामा सूचनाको हक कार्यान्वयन सम्बन्धी अभिमुखिकरण ९० प्रतिशत नागरिकमा अझै शुचनाको हकको बारेमा जानकारी नभएको शूचना आयोगका आयुक्त तिम्सीनाको भनाई बेशीसहरको फुलबारी आमासमूह जिल्लाकै उत्कृष्ट आमा समूहको रुपमा सम्मानीत रेडियो मस्र्याङदीको ११ औँ स्थापना दिवसको अबसरमा शुभकामना आदानप्रदान तथा साँस्कृतीक कार्यक्रम सम्पन्न
अहिले प्रसारणमा :
केहि छिनमा :
फिचर न्यूज
पुष्प व्यवसायबाट मनग्य आम्दानी गर्दै गुरुङ

पुष्प व्यवसायबाट मनग्य आम्दानी गर्दै गुरुङ
added on Oct 28

 

 
 
निरज अधिकारी
१२ कार्तिक : बेसीशहर ।
लमजुङका एक महिला उद्यमी हुमा गुरुङ प्राय आफनै पुष्प नर्सरीमै भेटिन्छिन् । जिल्लामै पहिलो पटक व्यवसायीक रुपमा पुष्प व्यवसाय थालेकी गुरुङले यस व्यवसायबाट राम्रै आम्दानी गर्दै आएकी छन् । 
यतिवेला फुलको सिजन भएकाले पनि उनलाई भ्याइनभ्याइ छ । ४० प्रजातीका फुलका बेर्ना रहेको उनको नर्सरीमा दैनिक ग्राहकहरुको भिड लाग्ने गर्छ् । उनी भन्छिन् ‘सिजनमा त दैनिक  १५ हजारसम्मका बेर्ना बिक्री हुन्छन्, पुष्पको बिक्री पनि त्यहि अनुसार हुँदै आएको छ ।’
गुरुङले पुष्पको सानो बेर्ना २० देखी २५ रुपैँया र ठूलो बेर्नाको २ हजारदेखी २५ सय सम्म बिक्री हुने गरेको बताइन् । असोज र कार्तिक फुलको सिजनल महिना भएकाले समेत बिक्रीवितरण राम्रो भएको उनको भनाई थियो ।
‘सिजनमा त मासिक साढे दुई लाख सम्मको बेर्ना र पुष्प बिक्री हुन्छ,’ उनले भनीन् बेसिजनमा लाख, डेढ लाख मा चित्त बुझाउनुपर्छ ।’
बेसीशहर नपा ५, बोहोराबेसीमा २०७१ सालबाट उत्त व्यवसाय शुरु गरेकी गुरुङले  २०७२ सालबाट मात्र व्यवसायीक रुपमा बिक्री वितरण शुरु गरेकी हुन् । झण्डै साढे चार रोपनी क्षेत्रफलमा फैलीएको उनको पुष्प नर्सरीमा जिल्लाका गाउँ देखी शहरबजारका मानिसहरु पुष्प खरिदमा आउने गरेका छन् । नर्सरी बाट उत्पादित बेर्ना र पुष्प जिल्लामा मात्र नभई बाहिरि जिल्लामा समेत निर्यात हुने गरेको छ । 
रोज नर्सरी नाम दिएको उत्त पुष्प व्यवसाय सञ्चालनका लागी नर्सरी निर्माण र सामाग्री खरिदमा २० लाख रकम खर्च भएको सञ्चालक गुरुङले बताइन् । व्यवसाय सञ्चालनमा सघाउन पुर्याउन गुरुङले एक जना स्थायी र एक जना सिजनल कर्मचारी समेत राखेकी छन् । 
‘सुरु सुरुमा त बेर्ना हुर्काउन निकै समस्या भयो,’ उनले भनीन् ‘सिक्दै गएपछि ७० प्रतिशत वेर्ना जोगाउन सफल भएको छु ।’ पुष्प विकास केन्द्रबाट तालिम प्राप्त गरेकी उनले काठमान्डौबाटै गुणस्तरिय विउ मगाएर उत्पादन थाल्दै आएको बताइन् । उनले पुष्प नर्सरीको लागी दुई ओटा आधुनिक टनेल निर्माण गरेकी छन् । जस्मा बाह्रमासे फुलहरु उत्पादन गर्न थालेको उनले बताइन् । 
उनको व्यवसायलाई सघाउ पुर्याउन अघिल्लो बर्ष १० हजार र यस बर्ष २५ हजार गरी ३५ हजार रुपैँया जिल्ला कृषि विकास कार्यालयले अनुदान सहयोग गरेको छ । सो रकम विउ खरिदमा सहयोग गरेको उनले बताइन् । 
जुनसुकै पेशालाई फरक तरिकाले अगाल्न सकेमा स्थानिय स्तरमै प्रगति गर्न सकिने उनको भनाई छ । जाँगरका साथ दृढ संकल्पीत भएर स्वनिर्भर बन्ने उद्देश्य पालेकी ३२ बर्षिय हुमा गुरुङले पुष्प व्यवसायलाई अगालेर आफुलाई उदाहरणको रुपमा प्रस्तुत गरेकी छिन् ।
जागीर छाडेर जिल्लामै पहिलो पटक व्यवसायीक पुष्प नर्सरी व्यवसाय थालेकी उनी यतिवेला अन्य महिलाहरुका लागी प्रेरणाको स्रोत बनेकी छिन् । जिल्लाको घरपोखरा स्थायी घर भई बेसीशहरमा बस्दै आएकी गुरुङ सामाजिक विकासमा समेत क्रियाशिल छिन् ।
 

कार्यक्रम तालिका
विविध भजनहरु 5.30AM - 6.00AM कार्यक्रम मस्र्याङदी शुभप्रभात 7.00AM - 7.15AM कार्यक्रम उज्यालो पाइलाहरु 7.30AM - 8.00AM गुरुङभाषामा समाचार 8.00AM - 8.15AM कार्यक्रम नेपाल चौतारी 8.15AM - 9.00AM लोक तथा दोहरी गीतहरु 9.15AM - 10.00AM » सबै हेर्नुहोस्