ताजा खबर:
दिगो विकासका लक्ष्यहरुलाई कार्यन्वयन गर्न सबै लाग्नुपर्ने शिक्षामनित्र पौडेलको भनाई, शिक्षा नियमावली चाडै ल्याउने प्रतिबद्धता नेपाल पत्रकार महासँघ लमजुङको पदस्थापन सम्पन्न मानवसेवा आश्रमको छैटौँ शाखा लमजुङमा औपचारीक उदघाटन, केहि बर्षमै जिल्लामा सडक मानवको अन्त्य हुने विस्वास शुत्रबार विश्व क्षयरोग दिवस लमजुडमा पनी मनाइयो, लमजुङमा ९० जना क्षयरोगका विरामी, दुइको मृत्यु क्होलासोथर गाउँपालिकाको औपचारिक उद्घाटन, पर्यटन, सस्कृति र कृषिका निम्ती महत्वपूर्ण भएको स्थानिय विकास अधिकारी सिँग्देलको दावि ३० मेगावाटको न्यादी जलविद्युत आयोजना निर्माण शुरु, आयोजनाले प्रशारण लाईन आफै निर्माण गर्ने स्थानिय तहको निर्वाचनलाई केन्द्रीत गरी लमजुडमा इजाजत प्राप्त गरेका हातहतियार प्रहरीमा बुझाउन निर्देशन महिला समूहलाइ सात दिने तालिम कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनेको लमजुङ माछामा समेत आत्मनिर्भर हुदै करिब २९ करोडको लागतमा भाचोक खोला सह लगानी खानेपानी आयोजना निर्माण गरिदै, बेसीशहरबासीको खानेपानी समस्या दिने हल गर्ने लक्ष्य
अहिले प्रसारणमा :
नेपाल खबर
केहि छिनमा :
लोक तथा दोहरी गीतहरु
फिचर न्यूज
बेशीसहर ५ तालफाटँका एक विक दम्पती तरकारी खेतीमा रमाउदै

बेशीसहर ५ तालफाटँका एक विक दम्पती तरकारी खेतीमा रमाउदै
added on Jan 04

बेलिना थापा, बेशीसहर । 
बेशीसहर नगरपालिका वडा नम्बर ५ टारगाउँ तालफँटका एक विक दम्पती तरकारी खेतीमा ब्यस्त छन् । उनीहरु, हुन् बिरबहादुर विक अनी चिजा विक । ती दम्पतीको मेहेनत देखेर प्रशंसा नगर्ने कोही छैन । 
९ बर्ष साउदीअरबमा काम गरेका विरबहादुर विक, विदेशमा पनि तरकारी खेती गर्ने गर्थे  । विदेशमा दुख हुनुका साथै आफ्नो परिवार सँग साथमा हुन नपाउदा दुखी बनेका उनी गाउँमै फर्कीएर तरकारी खेतीतर्फ लागेका हुन् । २०४५ सालदेखी तरकारी खेती गर्दै आएका ६१ बर्षिय विरबहादुर र ३९ बर्षिय चिजा आजभोली तरकारीमै रमाइरहेका छन् । बेलुका तरकारी टिपेर राख्ने अनी विहानै ६ बजे दुवै जना दुई डोको तरकारी बोकेर सदरमुकाम बेशीसहर आइपुग्छन् तरकारी विक्रीका लागि । 
करिब एक घण्टाको समय लगाएर बजारमा आई तरकारी विक्री गर्ने गरेका छन् । विक दम्पतीको बारीमा अहिले, काउली, बन्दा, घिउ सिमी, रायो साँग, तोरी साँग, खोले साँग, गाजर, गोलभेडा धनिया जस्ता प्रशस्त तरकारीका बोटहरु छन् । ५ रोपनी जग्गामा तरकारी गरेका दम्पतीले तरकारीबाट फाइदा लिदै आएका छन् । आफुहरुले ताजा तरकारी बेशीसहर बजारमा बिक्री गर्न ल्याउने भएकाले पनि बजारको समस्या नरहेको विरबहादुर बिक बताउनुहुन्छ  ।
विक दम्पतीले तरकारी खेती बाहेक ८ हलको धान खेती पनि गरेका छन् । केही जग्गा आफ्नै भएपनि केही बन्दकीमा लिएर खेती गरीदै आएको विकले बताउनुभयो ।  सिजन अनुसार तरकारी खेती गर्दै आएका विक दम्पतीले दुइटा भैसी, १३ वटा बाख्राहरु पनि पाल्दै आएका छन् । 
दम्पतीको काममा बुहारी विबा विक, नातीहरु आशिक र साखिलले पनि सहयोग गर्दै आएका छन् । उनका छोरा बिरेन्द्र विकको भने २०६२ सालमा गाडी दुर्घटनामा परि २५ बर्षको उमेरका ज्यान गएका थिए । साउदीमा रहेका विरबहादुर आफ्नो छोराको खबर पाएपछि घर फर्केका थिए । घरमा कमाउने मान्छ्े नभएपछि आफु बुढाबुढीले तरकारी खेती लगाउने विचार बनाएको विक बताउनुहुन्छ । विकले आफ्नो दुई नातीको भविष्यको लागि, भरणपोषणका लागि दुख गर्दै आएको बताउछन् । उनका नातीहरु आशिक १० कक्षामा र साखिल ६ कक्षामा बालकल्याण मावि भकुण्डेमा अध्ययन गर्दैआएका छन् । 
सनिबारको समयमा नातीहरुले पनि आफ्नो काममा सहयोग गर्दै आएको हुजरआमा चिजा विकले बताइन् । उनले तरकारी बारीमा काम गर्दा तरकारी बोकेर बजार बिक्रीका लागि लैजादा आनन्द लाग्ने बताउनुभयो । 
विक दम्पतीले मासिक रुपमा घरखर्च कटाएर ४० हजार रुपैया बचत गर्दै आएका छन् । 
समय समयमा खेताला लगाएर तरकारी खेती गर्दै आएका दम्पतीलाई जिल्ला कृषि विकास कार्यलयले पनी ४० हजार अनुदान उपलब्द गराएको थियो । विक दम्पतीले विदेशमा भन्दा स्वदेशमै आफ्नै परिवार सँग बसेर काम गर्दाको फरक अनुभव हुने बताउछन् । 
 

कार्यक्रम तालिका
लोक तथा दोहरी गीतहरु 9.15AM - 10.00AM पप गीतहरु 10.30AM - 11.00AM महिला आवाजको पुन प्रसारण 11.00AM - 11.30AM नेपाली चलचत्रिका गीतहरु 11.30AM - 12.00PM हिन्दी गीतहरु 12.00PM - 1.00PM लमजुङ कल टाइम 1.00PM - 2.00PM » सबै हेर्नुहोस्