ताजा खबर:
देश विकासमा विद्यार्थी बर्गको ठूलो भूमिका ः सभापति पौडेल मृगौलापीडित सिजन खत्रीलाई फेरी कतारबाट सहयोग, सहयोग रकम जुट्दै विकासक्रमलाई गति दिन तत्काल निर्वाचन आवश्यक : कुवँर जग्गा अभावमा अस्पताल भवन निर्माणकार्य अन्योलमा भूकम्प लगत संकलन कार्य लमजुङमा अन्तीम चरणमा÷लमजुङका विभिन्न गाउँमा गएका इन्जीनियर फर्कदै जिल्ला कारागार आत्मनिर्भर बन्ने थलोको रुपमा विकास हुदै, कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी बस्दै पत्रकारीताको क्षेत्रमा योगदान पुर्याएको भन्दै रेडियो मस्र्याड्दीका मिना गुरुड र पत्रकार पौडेललाई सम्मान नेपाल पत्रकार महासंघ लमजुङ शाखाको अध्यक्षमा आश गुरुङ निर्वाचित, लमजुड म्युजीक सोसाइटीले फागुन एक गतेलाई स्थापना दिबशको रुपमा मनाउने, नयाँ बर्ष २०७४ को अबसरमा सांगीतीक कार्यक्रम गर्ने मञ्जरी नाट्य समूह लमजुङद्धारा प्रदर्शन गरीएको फड्के नामक नाटक हेर्न दर्शकको घुइचो
अहिले प्रसारणमा :
गुरुङभाषामा समाचार
केहि छिनमा :
कार्यक्रम नेपाल चौतारी
स्थानिय खबर
करोडौको लागानीमा व्यवसायीक चियाखेती

करोडौको लागानीमा व्यवसायीक चियाखेती
added on Feb 11

 

निरज अधिकारी
बन्सार, लमजुङ ।
पूर्वी लमजुङको बन्सार–३, दुवारगाउँका ओमलाल गुरुङले एक करोड भन्दा बढी लगानीमा गाउँमै व्यवसायीक चियाखेती शुरु गरेका छन् । २०६७ सालदेखि शुरुवात भएको चिया बगानले अहिले १ सय ५० रोपनी भन्दा बढी क्षेत्रफलमा ओगटी सकेको छ । 
‘यो बगानलाई अझै बिस्तार गर्ने योजनामा छु,’ गुरुङले भने, चियाखेतीलाई व्यवसायीक रुप दिन क्रिष्टा टि प्राली दर्ता गरेका छौँ । यो चियालाई ‘लमजुङ टी’ भनेर नामाकरण गरीएको उनले जानकारी दिए । 
यो चियाबगानमा अहिले ७ जनाले रोजगार पाएका छन् । गुम्ती जातको चिया लगाएका गुरुङ्ले यो चियाबाट राम्रै आम्दानी लिन सफल भएको बताए । निकै स्वादिष्ट हुने यो चिया लमजुङको बेसीशहर, काठमाडौं, पोखरा र ,बिदेशमा चिन, जर्मन लगायतका देशहरु निर्यात हुंदै आएको छ । 
पर्यटकीय रुपमा बिस्तारै फड्को मार्न थालेको यस स्थानमा निर्माण भएको चियाबगानले पर्यटकको मन लोभ्याउन थालेको छ । पर्यटकीय क्षेत्र बराहपोखरी, मेमेपोखरी र मनास्लु हिमालको काखैमा रहेको चियाबगानमा पर्यटकहरु आउन थालेका छन् । ईलामकै झल्को दिने गरी बनाइएको चियाबगानको जो कोहीलाई आकर्षण गर्ने सञ्चालक ओमलाल गुरुङ बताउँछन् । 
‘चियाबगानले यस क्षेत्रको पर्यटन बिकासका लागि एउटा खुड्किलो थपेको छ,’ सञ्चालक ओमलाल भन्छन् ‘अब आफ्नो ध्यान यसक्षेत्रको पर्यटन बिकास तर्फ केन्द्रित छ ।’
पारेदेवी यूवा क्लवका संस्थापक अध्यक्ष समेत रहेका गुरुङले झण्डै २ करोड एकल लगानीमा गाउँमै ईलीभेन साईजको खेलमैदान समेत निर्माण गरेका छन् । जहाँ हरेक बर्ष माघे संक्रान्तिको अवसरमा एक लाख पुरस्कार राशीको प्रतियोगीता हुँदै आएको छ । 
 

कार्यक्रम तालिका
कार्यक्रम नेपाल चौतारी 8.15AM - 9.00AM लोक तथा दोहरी गीतहरु 9.15AM - 10.00AM राष्ट्रिय तथा अन्तराष्ट्रिय खवरहरुल 10.00AM - 10.30AM पप गीतहरु 10.30AM - 11.00AM नेपाली चलचत्रिका गीतहरु 11.00AM - 12.00PM हिन्दी गीतहरु 12.00PM - 1.00PM » सबै हेर्नुहोस्