ताजा खबर:
देश विकासमा विद्यार्थी बर्गको ठूलो भूमिका ः सभापति पौडेल मृगौलापीडित सिजन खत्रीलाई फेरी कतारबाट सहयोग, सहयोग रकम जुट्दै विकासक्रमलाई गति दिन तत्काल निर्वाचन आवश्यक : कुवँर जग्गा अभावमा अस्पताल भवन निर्माणकार्य अन्योलमा भूकम्प लगत संकलन कार्य लमजुङमा अन्तीम चरणमा÷लमजुङका विभिन्न गाउँमा गएका इन्जीनियर फर्कदै जिल्ला कारागार आत्मनिर्भर बन्ने थलोको रुपमा विकास हुदै, कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी बस्दै पत्रकारीताको क्षेत्रमा योगदान पुर्याएको भन्दै रेडियो मस्र्याड्दीका मिना गुरुड र पत्रकार पौडेललाई सम्मान नेपाल पत्रकार महासंघ लमजुङ शाखाको अध्यक्षमा आश गुरुङ निर्वाचित, लमजुड म्युजीक सोसाइटीले फागुन एक गतेलाई स्थापना दिबशको रुपमा मनाउने, नयाँ बर्ष २०७४ को अबसरमा सांगीतीक कार्यक्रम गर्ने मञ्जरी नाट्य समूह लमजुङद्धारा प्रदर्शन गरीएको फड्के नामक नाटक हेर्न दर्शकको घुइचो
अहिले प्रसारणमा :
गुरुङभाषामा समाचार
केहि छिनमा :
कार्यक्रम नेपाल चौतारी
स्थानिय खबर
घलेगाउँमा आन्तरिक पर्यटकको लर्को

घलेगाउँमा आन्तरिक पर्यटकको लर्को
added on Feb 11


निरज अधिकारी
 घलेगाउँ, लमजुङ ।
दक्षिण एशियाकै बहुचर्चीत लमजुङको पर्यटकीय गाउँ घलेगाउँमा पछिल्लो समय आन्तरिक पर्यटकको लर्को लागेको छ । विगतमा चिसो मौसममा पर्यटक संख्या घट्ने गरेपनि यो वर्ष भने पर्यटक आगमन संख्यामा कुनै कमी नआएको घलेगाउँ पर्यटन विकास समितिका कार्यालय सचिव दिर्घ घलेले बताए । 
‘जाडो समय भएपनि घलेगाउँ आउने पर्यटकको दर बढेको छ, दैनिक दुई सय बढी आन्तरिक पर्यटक घलेगाउँ आउँछन् । बाह्य पर्यटकको आगमन भने १५ प्रतिशत मात्र छ । उनले भने ।
चालू आव ०७३÷७४ को हालसम्म २५ हजार भन्दा बढी पर्यटक घलेगाउँ पुगेको समितिले राखेको तथ्याङ्कले देखाउँछ् । गत आवमा ३५ हजार पर्यटक घलेगाउँ पुगेका थिए । 
आँखै अगाडी हिमशृङ्खला, गाउँको अर्गानिक परिकार, र होमस्टेले गर्दा पनि घलेगाउँमा पर्यटकको दर बढ्दो रहेको छ । एक सय २० घरधुरी रहेको घलेगाउँमा ३३ घरमा होमस्टे सञ्चालन गरिएको छ, भने ५ घरमा होमस्टे निर्माण हुँदैछ ।
गाउँस्थित दलित बस्तीमा पनि २ वटा सुधारिएको होमस्टे रहेको छ । ‘दलित बस्तीमा रहेका होमस्टेमा पनि पर्यटक आगमन राम्रो रहेको घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष प्रेम घलेले बताए ।
२०५७ साल बाट होमस्टे सञ्चालनमा आएको घलेगाउँमा ३३ घरले नियमित सेवा दिइरहेका छन् । घलेगाउँमा हाल दैनिक २ सय भन्दा बढी पाहुनालाई सेवा दिन सक्ने क्षमता रहेको समितिले जनाएको छ ।
घलेगाउँमा पर्यटकको आगमनसँगै स्थानीय बासिन्दाको आर्थिक स्तर पनि उकासिँदै गएको छ । लमजुङको सदरमुकाम बेसीसहरबाट मोटरमा दुई घण्टामा घलेगाउँ पुग्न सकिन्छ । समुद्री सतहबाट २ हजार १ सय मिटर उचाइमा रहेको घलेगाउँबाट देखिने मनास्लु, अन्नपूर्ण ४, गंगापूर्ण, हर्क गुरुङ पिकलगायत हिमालले त्यहाँ पुग्ने जो सुकैलाई लोभ्याउने गरेको छ । यसका अलवा घलेगाउँ पुग्ने पर्यटकले उत्तरकन्या मन्दिर, चियाबगान, भेडीगोठसमेत हेर्न पाउँछन् ।
हिमालै हिमालको काखमा रहेको झन्डै सातसय वर्ष पुरानो घलेगाउँमा हिमाली दृष्यावलोकन, सुधारिएको होमस्टेसँगै परम्परागत गुरुङ संस्कृति झल्कने घाँटु, सोरठी, सेर्गा, कृष्ण चरित्र लगायतका नृत्य, नमुना चिया बगानको अवलोकन, गुरुङ खाना, सूर्योदय र सूर्यास्तको दृष्यावलोकन गर्न सकिन्छ । यस्तै सामूहिक भेडापालनको अवलोकन, बोटानिकल गार्डेन र भ्यु टावर आदि घलेगाउँका आकर्षणहरु हुन । घलेगाउँमा पर्यटकलाई थप आकर्षित गर्न तीन ठाउँमा पार्क निर्माण समेत गरिएको छ ।
पर्यटक तान्दै पर्यटन संङ्ग्रालय
घलेगाउँमा निर्र्माण गरिएको पर्यटन संग्रालयले समेत पर्यटक आकर्षण बढाएको छ । घलेगाउँ पुग्ने अधिकांश पर्यटक संग्रालयमा पुग्ने समेत संग्रालय संरक्षण समितिका संयोजक पूर्ण बहादुर गुरुङले बताए । 
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना  एक्यापको २ लाख सहयोग र स्थानीयको जनश्रमदानबाट उत्त संग्रालय निर्माण गरिएको हो । संग्रालयमा बिशेष गरी गुरुङ जातीको परम्परागत पोसाक, हतियारहरु, बाजा, झयाली लगाएतका ऐतिहाशिक सामाग्रीहरु राखिएको छ । 
पर्यटकीय गाउँ घलेगाउँमा स्पोर्टस घर ‘खेलकुद सामाग्री राख्ने घर’ को समेत निर्माण थालिएको छ । घलेगाउँ घर भई हाल वेलायतमा कार्यरत नवराज घले र रन बहादुर गुरुङको पहलमा स्पोटर््स घर निर्माणका लागी १३ लाख सहयोग भएको छ । 
 
तस्बिरहरु : घलेगाउँको दृश्य, भेडिगोठ, निर्माणधिक स्पोर्टस हाउस ।
 

कार्यक्रम तालिका
कार्यक्रम नेपाल चौतारी 8.15AM - 9.00AM लोक तथा दोहरी गीतहरु 9.15AM - 10.00AM राष्ट्रिय तथा अन्तराष्ट्रिय खवरहरुल 10.00AM - 10.30AM पप गीतहरु 10.30AM - 11.00AM नेपाली चलचत्रिका गीतहरु 11.00AM - 12.00PM हिन्दी गीतहरु 12.00PM - 1.00PM » सबै हेर्नुहोस्