ताजा खबर:
दिगो विकासका लक्ष्यहरुलाई कार्यन्वयन गर्न सबै लाग्नुपर्ने शिक्षामनित्र पौडेलको भनाई, शिक्षा नियमावली चाडै ल्याउने प्रतिबद्धता नेपाल पत्रकार महासँघ लमजुङको पदस्थापन सम्पन्न मानवसेवा आश्रमको छैटौँ शाखा लमजुङमा औपचारीक उदघाटन, केहि बर्षमै जिल्लामा सडक मानवको अन्त्य हुने विस्वास शुत्रबार विश्व क्षयरोग दिवस लमजुडमा पनी मनाइयो, लमजुङमा ९० जना क्षयरोगका विरामी, दुइको मृत्यु क्होलासोथर गाउँपालिकाको औपचारिक उद्घाटन, पर्यटन, सस्कृति र कृषिका निम्ती महत्वपूर्ण भएको स्थानिय विकास अधिकारी सिँग्देलको दावि ३० मेगावाटको न्यादी जलविद्युत आयोजना निर्माण शुरु, आयोजनाले प्रशारण लाईन आफै निर्माण गर्ने स्थानिय तहको निर्वाचनलाई केन्द्रीत गरी लमजुडमा इजाजत प्राप्त गरेका हातहतियार प्रहरीमा बुझाउन निर्देशन महिला समूहलाइ सात दिने तालिम कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनेको लमजुङ माछामा समेत आत्मनिर्भर हुदै करिब २९ करोडको लागतमा भाचोक खोला सह लगानी खानेपानी आयोजना निर्माण गरिदै, बेसीशहरबासीको खानेपानी समस्या दिने हल गर्ने लक्ष्य
अहिले प्रसारणमा :
लोकतन्त्र मन्त्र
केहि छिनमा :
नेपाल खबर
स्थानिय खबर
राजनैतिक अस्थिरताका कारण पुँजी पलायन : पूर्व अर्थमन्त्री महत

राजनैतिक अस्थिरताका कारण पुँजी पलायन : पूर्व अर्थमन्त्री महत
added on Feb 11


निरज अधिकारी
२६ माघ, लमजुङ ।
पूर्व अर्थमन्त्री डा. रामशरण महतले देशको राजनैतिक अस्थिरता कै कारणले पुँजी पालयन भएको बताएका छन् । राजनैतिक दलहरुले आर्थिक सम्बृद्धिको कुरा गरेतापनि त्यो ब्यवहारमा ल्याउन नसक्नु दुखद पक्ष भएको उनको भनाइ थियो ।
नेपाल प्रेस युनियन लमजुङ शाखाले बुधबार बेसीशहरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै डा. महतले भने, ‘मुलुकमा लगानीको बातावरण बन्न सकिरहेको छैन्, विदेशी उद्योगी व्यवासायीले नेपालमा लगानी गर्न चाहदा चाहदै पनि नगरिरहेको अवस्था छ ।’
मुलुकमा लगानी गर्ने बातावरण बनाएर र पुँजी प्रवद्र्धन गर्ने नीति बनाउन सके नेपालमा अरबौ लगानी भित्राउन सक्ने नेता महतले दाबी थियोे । लगानीका लागि सरकारको अस्थिर नीति नै मुख्य बाधक भएको नेता महतको भनाई छ । 
ठुला बडा र पहुचवालाले जति सुकै भं्रष्टाचार गरे पनि सजाय भोग्नु नपर्ने तर पहुच नभएका व्यतिmले सानो गल्ती गर्ने बित्तिकै सजायको भागिदार हुने प्रवृति गलत भएको उनले बताए । 
पत्रकारहरुको जिज्ञासामा उनले वित्तीय पारदर्शीतामा देखिएको चुनौतिको सामना गर्दै सरकारी सम्पत्तिको उपयोगमा ध्यान दिनुपर्ने बताए । राजस्व सङ्कलन प्रभावकारी बनाउन, चुहावट नियन्त्रण र सरकारको खर्चलाई पारदर्शी बनाउन लागेमा मात्र वित्तिय प्रगति हासिल गर्न सकिने उनको धारणा थियो ।
उनले वित्तीय व्यवस्थापनलाई सुदृढ र प्रभावकारी बनाउन विद्यमान पद्दत्तिको परिमार्जन र कर्मचारीको क्षमता अभिवृद्धि गरिनुपर्ने खाँचो औंल्याए ।
 

कार्यक्रम तालिका
लोक तथा दोहरी गीतहरु 9.15AM - 10.00AM पप गीतहरु 10.30AM - 11.00AM महिला आवाजको पुन प्रसारण 11.00AM - 11.30AM नेपाली चलचत्रिका गीतहरु 11.30AM - 12.00PM हिन्दी गीतहरु 12.00PM - 1.00PM लमजुङ कल टाइम 1.00PM - 2.00PM » सबै हेर्नुहोस्