ताजा खबर:
देश विकासमा विद्यार्थी बर्गको ठूलो भूमिका ः सभापति पौडेल मृगौलापीडित सिजन खत्रीलाई फेरी कतारबाट सहयोग, सहयोग रकम जुट्दै विकासक्रमलाई गति दिन तत्काल निर्वाचन आवश्यक : कुवँर जग्गा अभावमा अस्पताल भवन निर्माणकार्य अन्योलमा भूकम्प लगत संकलन कार्य लमजुङमा अन्तीम चरणमा÷लमजुङका विभिन्न गाउँमा गएका इन्जीनियर फर्कदै जिल्ला कारागार आत्मनिर्भर बन्ने थलोको रुपमा विकास हुदै, कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी बस्दै पत्रकारीताको क्षेत्रमा योगदान पुर्याएको भन्दै रेडियो मस्र्याड्दीका मिना गुरुड र पत्रकार पौडेललाई सम्मान नेपाल पत्रकार महासंघ लमजुङ शाखाको अध्यक्षमा आश गुरुङ निर्वाचित, लमजुड म्युजीक सोसाइटीले फागुन एक गतेलाई स्थापना दिबशको रुपमा मनाउने, नयाँ बर्ष २०७४ को अबसरमा सांगीतीक कार्यक्रम गर्ने मञ्जरी नाट्य समूह लमजुङद्धारा प्रदर्शन गरीएको फड्के नामक नाटक हेर्न दर्शकको घुइचो
अहिले प्रसारणमा :
गुरुङभाषामा समाचार
केहि छिनमा :
कार्यक्रम नेपाल चौतारी
स्थानिय खबर
लमजुङ जिल्ला अदालतमा राखीएको बैतनीक वकिलको कार्यकक्षमा सेवाग्राहीको संख्या बढ्दो

लमजुङ जिल्ला अदालतमा राखीएको बैतनीक वकिलको कार्यकक्षमा सेवाग्राहीको संख्या बढ्दो
added on Feb 11

लमजुड जिल्ला अदालतमा स्थापना गरीएको बैतनीक वलिकको कार्यकक्षामा सेवा लिन आउने सेवाग्राहीको संख्यामा बृद्धी भएको छ । 
आजभोली बैतनीक वकिलको कार्यकक्षामा हरेक दिन २ जना सम्म सेवा लिन आउने गरेका छन् । देशका सबै जिल्लामा सुरुवात गरेसँगै लमजुड जिल्ला अदालतमा पनि सो ब्यवस्था गरीएको जिल्ला अदालतले जनाएका् छ । अदालतका अधिबत्ता बैतनीक वकिल यज्ञप्रसाद पौडेलका अनुसार आर्थिक अबस्था कम्जोर भएका नागरिक, असहाय, महिला, दलितहरु जो अन्यायमा परी न्यायको खोजीमा रहेका हुन्छन् उनीहरुको कानुनी सहायतका लागि काम गर्दै आएको बताउनुभयो । 
न्याय दिलाउनका लागि बैतनीक वकिलले बहस, छलफल, मुद्धा लेख्ने काम गर्दै आएको पौडेलले बताउनुभयो । उनीहरुले सो काम निशुल्क रुपमा गरेका हुन्छन् । 
सम्बन्धीत ब्यक्तीले अदालतमा दिएको निबेदन अनुसार, अदालतले बैतनीक वकिललाई सो विषयमा पत्र दिने गर्छ भने त्यो सँगै वकिलले काम अघि बढाउने गरेको पौडेलले बताउनुभयो । सो ब्यवस्था लागु भएसँगै अदालतमा बिपन्न बर्ग, महिला,, असहाय दलित जस्ता सेवाग्राहीहरु आफ्नो समस्या लिएर आउने गरेको छ । पौडेलले पिडितहरुको लागि सहज होस् भनेर काम गर्दै आएको भन्दै अदालतमा पाउने कानुनी सहायताको बारेमा गाउँगाउँ सम्म जानकारी गराउन आबश्यक रहेको बताउनुभयो । 
जिल्ला अदालतले सहर लगायत गाउँगाउँ सम्मका समस्यामा रहेका नागरिकहरुलाई निशुल्क कानुनी सहायता लिन आग्रह गरेको छ । राज्यले सबै जिल्लामा, हरेक पुरनाबेदन अदालत र सर्बोच्च अदालतमा पनि बैतनीक वकिलको ब्यवस्था गरेको छ ।
 

कार्यक्रम तालिका
कार्यक्रम नेपाल चौतारी 8.15AM - 9.00AM लोक तथा दोहरी गीतहरु 9.15AM - 10.00AM राष्ट्रिय तथा अन्तराष्ट्रिय खवरहरुल 10.00AM - 10.30AM पप गीतहरु 10.30AM - 11.00AM नेपाली चलचत्रिका गीतहरु 11.00AM - 12.00PM हिन्दी गीतहरु 12.00PM - 1.00PM » सबै हेर्नुहोस्