ताजा खबर:
दिगो विकासका लक्ष्यहरुलाई कार्यन्वयन गर्न सबै लाग्नुपर्ने शिक्षामनित्र पौडेलको भनाई, शिक्षा नियमावली चाडै ल्याउने प्रतिबद्धता नेपाल पत्रकार महासँघ लमजुङको पदस्थापन सम्पन्न मानवसेवा आश्रमको छैटौँ शाखा लमजुङमा औपचारीक उदघाटन, केहि बर्षमै जिल्लामा सडक मानवको अन्त्य हुने विस्वास शुत्रबार विश्व क्षयरोग दिवस लमजुडमा पनी मनाइयो, लमजुङमा ९० जना क्षयरोगका विरामी, दुइको मृत्यु क्होलासोथर गाउँपालिकाको औपचारिक उद्घाटन, पर्यटन, सस्कृति र कृषिका निम्ती महत्वपूर्ण भएको स्थानिय विकास अधिकारी सिँग्देलको दावि ३० मेगावाटको न्यादी जलविद्युत आयोजना निर्माण शुरु, आयोजनाले प्रशारण लाईन आफै निर्माण गर्ने स्थानिय तहको निर्वाचनलाई केन्द्रीत गरी लमजुडमा इजाजत प्राप्त गरेका हातहतियार प्रहरीमा बुझाउन निर्देशन महिला समूहलाइ सात दिने तालिम कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनेको लमजुङ माछामा समेत आत्मनिर्भर हुदै करिब २९ करोडको लागतमा भाचोक खोला सह लगानी खानेपानी आयोजना निर्माण गरिदै, बेसीशहरबासीको खानेपानी समस्या दिने हल गर्ने लक्ष्य
अहिले प्रसारणमा :
लोकतन्त्र मन्त्र
केहि छिनमा :
नेपाल खबर
स्थानिय खबर
आर्थिक अभावका कारण भकुण्डेकी एक बालिकामा कुपोषण, निशुल्क उपचारका लागि पोखरा रिफर

आर्थिक अभावका कारण भकुण्डेकी एक बालिकामा कुपोषण, निशुल्क उपचारका लागि पोखरा रिफर
added on Feb 11

आर्थिक अभावका कारण भकुण्डेकी एक बालिकामा कुपोषण देखीएको छ । बेशीसहर नगरपालिका स्थित भकुण्डेकी डेढ महिनाकी जस्मीन बुढापृथीलाई कुपोषण देखा परेको हो । 
गर्भवती अबस्थामा राम्रो खानपान, अनि सुत्केरी भएपछि पनि खानपानमा ध्यान नपुर्याएका कारण बालिकामा कुपोषण भएको जिल्ला साुमदायिक अस्पताल बेशीसहरले जनाएको छ । 
 १६ बषर््ामा टेक्दै गरेकी आमा अन्जु बुढापृथी र १७ बर्षिय बाबु गोबीन्द बुढापृथीको पहिलो सन्तान जस्मीन हुन्  । अन्जु र गोबीन्दको एक बर्ष पहिले फोनबाट नै माया बसेपछि उनीहरुले भागी विवाह गरेका थिए । माइती गोर्खा पालुङटार भएकी अन्जु विवाह प्रश्चात् केही समयमै गर्भवती भएकी थिइन् । कक्षा ९ सम्म मात्र अध्ययन गरेकी उनलाई गर्भवती समयमा के खाने के नखाने भन्ने बारेमा केही जानकारी मात्र थियो । उनले जानकारी भएसम्मको खानेकुरा किन्नको लागि पनि आर्थिक समस्या थियो । 
गर्भवतीको समयमा खानुपर्ने पौष्ट्रीक आहारको अभावका कारण नै अहिले उनको छोरी यस्तो अबस्थामा छन् । 
अन्जुको छोरीलाई जिल्ला सामुदायिक अस्पतालमा सल्यक्रियाद्धारा निकालीएको थियो । जन्मदा स्वास्थ्य राम्रै देखीए पनि घरमा लगेको २१ दिनपछि छोरीको स्वास्थ्यमा समस्या देखा पर्न थालेको हो । आफुले झोलीलो खानेकुरा खाने गरेको बताएपनि आफ्नो दुध सुक्दै गएको उनले बताइन् । 
आफ्नो दुध सुक्दै गएपछि बच्चालाई भैसीको दुध खुवाएका थिए । केही समय सम्म भैसीको दुध ख्वाए पन छोरीको ज्यानमा हाड छाला मात्र जस्तो देखीन थालेको, बृद्ध जस्तो देखीन थालेको उनले बताइन् । यस्तो समस्यामा के गर्नुपर्छ भन्ने बारेमा खासै जानकारी नपाएकी अन्जुलाई गाउँका केही ब्यक्तीले अस्पताल जान आग्रह गरेपनि मात्र अस्पताल आएकी हुन् । 
अस्पताले भने उपचारका लागि ल्याउन ढिलो भएको बताएको थियो । बालिकाको अबस्था गम्भीर रहेको भन्दै जिल्ला सामदायिक अस्पतालको सल्लाह अनुसार जिल्ला जनस्वास्थय कार्यलय लमजुड, सुआहारा कार्यक्रमको समन्वयमा बालिकालाई गण्डकी  हस्पीटल पोखरा लगिएको छ । 
 पोखरा रिफर गरीएको बालिकाको आमा  र हजुरआमाको यातायात खर्चका लागि अस्पतालमा आएका केही विरामीहरु, अन्य ब्यक्तीहरुले रकम संकलन गरी सहयोग गरेका छन् । 
घरको आर्थिक अबस्था कम्जोर भएकी बालिकाको उपचार सफल बनाउनका लागि पोखरा पठाइएको सुआहारा कार्यक्रमकी सुपरभाइजर मिना देउजाले बताउनुभयो । 
बालिकाको घरमा, आमा अन्जु, हजुरआमा र फुपु बस्दै आएका छन् । अन्जुको श्रीमान भने छोरीको जन्म भएसँगै घरमा नफर्कीको अन्जुले बताइन् । उनका श्रीमान भने चिसापानी भन्ने ठाउँमा बस्दै आएका छन् । 
 

कार्यक्रम तालिका
लोक तथा दोहरी गीतहरु 9.15AM - 10.00AM पप गीतहरु 10.30AM - 11.00AM महिला आवाजको पुन प्रसारण 11.00AM - 11.30AM नेपाली चलचत्रिका गीतहरु 11.30AM - 12.00PM हिन्दी गीतहरु 12.00PM - 1.00PM लमजुङ कल टाइम 1.00PM - 2.00PM » सबै हेर्नुहोस्