ताजा खबर:
देश विकासमा विद्यार्थी बर्गको ठूलो भूमिका ः सभापति पौडेल मृगौलापीडित सिजन खत्रीलाई फेरी कतारबाट सहयोग, सहयोग रकम जुट्दै विकासक्रमलाई गति दिन तत्काल निर्वाचन आवश्यक : कुवँर जग्गा अभावमा अस्पताल भवन निर्माणकार्य अन्योलमा भूकम्प लगत संकलन कार्य लमजुङमा अन्तीम चरणमा÷लमजुङका विभिन्न गाउँमा गएका इन्जीनियर फर्कदै जिल्ला कारागार आत्मनिर्भर बन्ने थलोको रुपमा विकास हुदै, कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी बस्दै पत्रकारीताको क्षेत्रमा योगदान पुर्याएको भन्दै रेडियो मस्र्याड्दीका मिना गुरुड र पत्रकार पौडेललाई सम्मान नेपाल पत्रकार महासंघ लमजुङ शाखाको अध्यक्षमा आश गुरुङ निर्वाचित, लमजुड म्युजीक सोसाइटीले फागुन एक गतेलाई स्थापना दिबशको रुपमा मनाउने, नयाँ बर्ष २०७४ को अबसरमा सांगीतीक कार्यक्रम गर्ने मञ्जरी नाट्य समूह लमजुङद्धारा प्रदर्शन गरीएको फड्के नामक नाटक हेर्न दर्शकको घुइचो
अहिले प्रसारणमा :
गुरुङभाषामा समाचार
केहि छिनमा :
कार्यक्रम नेपाल चौतारी
स्थानिय खबर
तीनवटै तहको निर्वाचन कांग्रेसको नेतृत्वमा : सभापति देउवा

तीनवटै तहको निर्वाचन कांग्रेसको नेतृत्वमा : सभापति देउवा
added on Feb 12


निरज अधिकारी
माघ २९, गोरखा ।
पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल अहिले राजनीतिक र संवैधानिक हिसाबले अत्यन्तै महत्वपूर्ण मोडमा रहेको बताउनुभएको छ ।
नेपाली काँग्रेस गोरखा क्षेत्र नंं २ द्धारा हिजो पालुङटारमा आयोजीत बृहत आमसभालाई सम्बोधन गर्दै उहाँले संविधानले परिकल्पना गरेअनुसार तीनवटै तहको निर्वाचनपछि मात्र लोकतन्त्रले स्थायित्व प्राप्त गर्ने बताउनुभयो ।
काँग्रेसकै नेतृत्वमा राजनीतिक परिवर्तनका लागि भएका हालसम्मका सबै आन्दोलनले सफलता पाएको भन्दै उहाँले अब तीनवटै निकायको चुनाव पनि काँग्रेसकै नेतृत्वमा हुने बताउनुभयो । 
वन मन्त्री शंकर भण्डारीले तीनवटै तहको निर्वाचन गर्नुपर्ने अवस्था रहेको र सकेसम्म छिटो निर्वाचन गर्नुपर्ने विषयमा सरकार गम्भीर रहेको बताउनुभयो । राजनीतिक संक्रमण छिटो अन्त्य गरी मुलुकलाई समृद्धितर्फ लैजान काँग्रेस दृढ रहेको उहाँको भनाई थियो । 
स्वास्थ्यमन्त्री गगन थापाले मुलुकलाई राजनीतिक गतिरोधबाट निकास दिन सकेसम्म स्थानीय तहको निर्वाचन आवयक भएको बताउनुभयो । नेपाल अहिले राजनीतिक र संवैधानिक हिसाबले अत्यन्तै महत्वपूर्ण मोडमा रहेको भन्दै उहाँले तीनवटै चुनाव कांग्रेसकै नेतृत्वमा हुने समेत बताउनुभएको थियो ।
केन्द्रिय सदस्य तथा सांसद कमला पन्तले मुलुकलाई गतिरोधको अन्त्यबाट मुत्त गर्न र विकास अवसर सृजना गर्न तत्काल निर्वाचन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
 केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले कांग्रेस विकास केन्द्रित राजनिति तर्फ अग्रसर रहेकाले जनताको आवश्यकतालाई ध्यानमा राखी अघि बढ्ने बताउनुभयो । 
युवा नेता प्रदिप पौडेलले मुलुकका हरेक परिवर्तन तथा समाज रुपान्तरणमा विगत देखिनै नेपाली कांग्रेसको भुमिका महत्व पुर्ण रहेको भन्दै अव विकासका सुचकलाई पहिल्याई अघि बढ्न तयार रहेको बताउनुभयो । 
काग्रेस लमजुङका सभापति भेष बहादुर पौडेलले स्थानीय निकायको निर्वाचन नहुदा विकास निर्माणका कार्य पछि परेको भन्दै स्थानीय निकायको निर्वाचन सँगै विकासका क्षेत्रमा अघि बढ्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा कांग्रेस लमजुङका सचिव हरि बराल, कोषाध्यक्ष श्रीकान्त घिमिरे लगाएत लमजुङ, गोरखा, तनहुँका नेता कार्यकर्ताको उल्लेख उपस्थिति थियो । 
कांग्रेस क्षेत्र नं. २ का सभापति किरन रानाको अध्यक्षतामा भएको कार्यक्रममा लमजुङबाट समेत नागरिकहरुको उल्लेख सहभागीता थियो ।
 

 


कार्यक्रम तालिका
कार्यक्रम नेपाल चौतारी 8.15AM - 9.00AM लोक तथा दोहरी गीतहरु 9.15AM - 10.00AM राष्ट्रिय तथा अन्तराष्ट्रिय खवरहरुल 10.00AM - 10.30AM पप गीतहरु 10.30AM - 11.00AM नेपाली चलचत्रिका गीतहरु 11.00AM - 12.00PM हिन्दी गीतहरु 12.00PM - 1.00PM » सबै हेर्नुहोस्