ताजा खबर:
दिगो विकासका लक्ष्यहरुलाई कार्यन्वयन गर्न सबै लाग्नुपर्ने शिक्षामनित्र पौडेलको भनाई, शिक्षा नियमावली चाडै ल्याउने प्रतिबद्धता नेपाल पत्रकार महासँघ लमजुङको पदस्थापन सम्पन्न मानवसेवा आश्रमको छैटौँ शाखा लमजुङमा औपचारीक उदघाटन, केहि बर्षमै जिल्लामा सडक मानवको अन्त्य हुने विस्वास शुत्रबार विश्व क्षयरोग दिवस लमजुडमा पनी मनाइयो, लमजुङमा ९० जना क्षयरोगका विरामी, दुइको मृत्यु क्होलासोथर गाउँपालिकाको औपचारिक उद्घाटन, पर्यटन, सस्कृति र कृषिका निम्ती महत्वपूर्ण भएको स्थानिय विकास अधिकारी सिँग्देलको दावि ३० मेगावाटको न्यादी जलविद्युत आयोजना निर्माण शुरु, आयोजनाले प्रशारण लाईन आफै निर्माण गर्ने स्थानिय तहको निर्वाचनलाई केन्द्रीत गरी लमजुडमा इजाजत प्राप्त गरेका हातहतियार प्रहरीमा बुझाउन निर्देशन महिला समूहलाइ सात दिने तालिम कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनेको लमजुङ माछामा समेत आत्मनिर्भर हुदै करिब २९ करोडको लागतमा भाचोक खोला सह लगानी खानेपानी आयोजना निर्माण गरिदै, बेसीशहरबासीको खानेपानी समस्या दिने हल गर्ने लक्ष्य
अहिले प्रसारणमा :
नेपाल खबर
केहि छिनमा :
लोक तथा दोहरी गीतहरु
स्थानिय खबर
नेपाल पत्रकार महासंघ लमजुङ शाखाको अध्यक्षमा आश गुरुङ निर्वाचित,

नेपाल पत्रकार महासंघ लमजुङ शाखाको अध्यक्षमा आश गुरुङ निर्वाचित,
added on Feb 15

नेपाल पत्रकार महासंघ लमजुङ शाखाको अध्यक्षमा आश गुरुङ निर्वाचित भएका छन् । निकै कडा प्रतिपर्धामा दुई मतको फरकले परमेश्वर अधिकारीलाई हराउँदै गुरुङ अध्यक्षमा निर्वाचित भएका हुन् । 
कुल ६५ मत रहेकोमा आश गुरुङले ३३ मत प्राप्त गरेका थिए, भने परमेश्वर अधिकारीले ३१ मत प्राप्त गरेका थिए । एक मत बदर भएको थियो । 
महासंघको महिला उपाध्यक्षमा विमला अधिकारी र उपाध्यक्षमा कृष्ण बहादुर आले मगर चयन भएका छन् । यस्तै सचिवमा सन्देश पौडेल र सह सचिवमा समावेसी कोटाबाट श्यामशित्तल परियार निर्वाचित भएका छन । यस्तै खुल्ला तर्फ सह सचिवमा रविन्द्र लामिछाने र कोषाध्यक्षमा शान्ता कमली निर्विरोध चयन भएका छन् । 
यस्तैगरी सदस्यहरुमा जनजातीतर्फ भरत राना, दलिततर्फ सिताराम बसेल सर्वसम्मत निर्वाचित भएका थिए । महिला सदस्यमा सम्झना तामाङ, सदस्यहरुमा वेलिना थापा, निरज अधिकारी, शुशिला पौडेल र सिजन श्रेष्ठ निर्वाचित भएका छन् । 
यस्तै केन्द्रिय सभासदमा नविनराज कुईकेल, कृष्ण प्रसाद अधिकारी, कृष्ण केसी, मिलन शर्मा दनाई, रामजी राना र सृजना घिमिरे निर्वाचित भएका छन् । महिलातर्फ केन्द्रिय सभासदमा कमला केसी सर्वसम्मत निर्वाचित भएकी छन् । 
यस्तै प्रादेशिक सभासदमा युवराज श्रेष्ठ, आश गुरुङ, जनक श्रेष्ठ, अनुज अधिकारी, कल्पना शर्मा दनाई, विपिन्द्र रेग्मी र नारायण पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । 
अधिवेशनबाट निर्वाचित सदस्यहरुलाई निर्वाचन मुख्य अधिकृत सन्तोष पौडेलले सपथ ग्रहण गराउनुभएको थियो । 
 

कार्यक्रम तालिका
लोक तथा दोहरी गीतहरु 9.15AM - 10.00AM पप गीतहरु 10.30AM - 11.00AM महिला आवाजको पुन प्रसारण 11.00AM - 11.30AM नेपाली चलचत्रिका गीतहरु 11.30AM - 12.00PM हिन्दी गीतहरु 12.00PM - 1.00PM लमजुङ कल टाइम 1.00PM - 2.00PM » सबै हेर्नुहोस्