ताजा खबर:
लमजुडमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगतका काम धमाधम संचालन हुदै गिलुङका ग्रामिण महिलाका लागि निशुल्क स्वास्थ्य शिविर संचालन, ७७ महिला लाभान्वीत वृद्धाले कविता मै पोखे, जेष्ठ नागरिकका पिडा राधी विद्युतको ४ लाख १० हजार कित्ता आइपीओ खुला बेसीशहरस्थित आदर्श बालगृहका चारजना बालबालिकालाई परिवारमा पुनस्थापना, खिन्चोक छाउनी कप फुटबल प्रतीयोगिताको उपाधी सेभेनलक्की युवा क्लब हिलेबजारको पोल्टामा रेडियो मस्र्याङ्दीको आयोजनामा सूचनाको हक कार्यान्वयन सम्बन्धी अभिमुखिकरण ९० प्रतिशत नागरिकमा अझै शुचनाको हकको बारेमा जानकारी नभएको शूचना आयोगका आयुक्त तिम्सीनाको भनाई बेशीसहरको फुलबारी आमासमूह जिल्लाकै उत्कृष्ट आमा समूहको रुपमा सम्मानीत रेडियो मस्र्याङदीको ११ औँ स्थापना दिवसको अबसरमा शुभकामना आदानप्रदान तथा साँस्कृतीक कार्यक्रम सम्पन्न
अहिले प्रसारणमा :
केहि छिनमा :
फिचर न्यूज
‘होम स्टे’ले भ्याइनभ्याई

‘होम स्टे’ले भ्याइनभ्याई
added on Mar 05

बेलिना थापा

लमजुङ । घलेगाउँकी सीता गुरुङ (३१) लाई हिजोआज पाहुना स्वागत गर्न भ्याईनभ्याई छ । एक वर्षदेखी होम स्टे संचालन गर्दै आएकीे सीता अहिले पर्यटक आउने मौसम भएकोले व्यस्तता बढेको बताउँछिन् । फागुनमा मात्रै करिब डेढ सय पर्यटकहरुलाई घरमा बस्ने व्यवस्था मिलाएकी सीता यो कामले आनन्द दिएको बताउँछिन् । भन्छिन्, ‘पर्यटकको स्वागत गर्दा खुशी लाग्छ ।’

अहिले उनको घरमा आउनेमध्ये धेरैजसो विद्यार्थी छन् । जाडोको समयमा विद्यालय बन्द हुँदा विद्यार्थीहरुले घुम्न पाएको उनी बताउँछिन् । ‘भदौ असोजमा विदेशी पर्यटक धेरै हुन्छन्, अहिले चाँहि विद्यार्थीहरुको लर्को नै लागेको छ,’ उनी भन्छिन् ।

दक्षिण एशियाकै बहुचर्चित लमजुङको पर्यटकीय गाउँ अहिले आन्तरिक पर्यटकले भरिएको सीता बताउँछिन् । उनी फुर्सद हुँदा परिवारले गर्ने खेतीमा पनि सहयोग गर्छिन् । होम स्टेसँगै आफ्नो घर व्यवहार चलाउन सहज भएको उनको अनुभव छ । ‘सीजनमा महिनामै १५ हजारसम्म आम्दानी हुन्छ, अरुबेला पनि २÷३ हजार भइरहन्छ,’ उनी भन्छिन् ।

सिता झैं घलेगाउँका धेरै महिलाले होमस्टेलाई आम्दानीको माध्यम बनाएका छन् । अरुबेला घाँस दाउरा गर्दै दिन बिताउने ती महिला पर्यटक आउँदा स्वागत सत्कारमा व्यस्त भइहाल्छन् ।

विगत १० वर्षदेखी होमस्टे चलाउँदै आएकी हिराकाशी घलेले सञ्चालकहरुको रोल मिलाएर घर घरमा पर्यटकलाई राखिने बताउँछिन् । पालो अनुसार सबैको घरमा पर्यटक आउने हुँदा गाउँमा सबैलाई आम्दानीको स्रोत नै बनेको छ, होम स्टे ।

०५७ देखि होमस्टे सञ्चालनमा आएको उत्तरकन्या गाविसका वडा नम्बर १, २ र ३ घलेगाउँमा ३३ घरले पर्यटकलाई खाने, बस्ने सुविधा दिइरहेका छन् । सोही सेवामै लागेकी स्थानीय डिलमाया गुरुङ नेपाली र विदेशी दुवैखाले पर्यटकलाई त्यहिँ उत्पादन गरिएको कुखुराको मासु, ढिँडो, सिस्नु, गुन्द्रुक, भटमास जस्ता खानाका परिकार दिने गरेको बताउँछिन् । भन्छिन्, ‘पर्यटकले यहिँ फलाएका खाद्यान्न मन पराउँछन्, धेरैजसोले सिस्नुको साग र ढिँडो खान खोज्छन् ।’

विगतमा चिसो मौसममा आगन्तुकहरुको संख्या घट्ने गरेपनि यो वर्ष धेरै आएको घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष प्रेम घले बताउँछन् । उनका अनुसार चालु आर्थिक वर्ष ०७३÷७४ को हालसम्ममा २५ हजार भन्दा बढी पर्यटक घलेगाउँ पुगेका छन् । होम स्टे संचालकको रुपमा महिला पनि उल्लेख्य रहेकाले आर्थिक रुपमा पनि महिलालाई फाइदा पुगेको घलेको भनाई छ । उनका अनुसार गाउँमा पर्यटकको ओइरो लागेकाले पनि होम स्टे सञ्चालन तर्फ महिलाहरु निकै उत्साहित भएका हुन् ।

लमजुङको सदरमुकाम बेशीसहरबाट दुई घण्टामा घलेगाउँ पुग्न सकिन्छ ।  समुद्री सतहबाट २ हजार १ सय मिटर उचाइमा रहेको घलेगाउँबाट देखिने मनास्लु, अन्नपूर्ण ४, गंगापूर्ण, हर्क गुरुङ पिक लगायतका हिमालले त्यहाँ पुग्ने जोसुकैलाई लोभ्याउने गरेको छ । यसबाहेक उत्तरकन्या मन्दिर, चियाबगान, भेडीगोठ समेत पर्यटकीय आर्कषणका रुपमा रहेका छन् ।

हिमालको काखमा रहेको र झन्डै सातसय वर्ष पुरानो इतिहास भएको घलेगाउँमा हिमाली दृश्यावलोकनसँगै सुधारिएको होम स्टे, परम्परागत गुरुङ संस्कृति झल्कने घाँटु, सोरठी, सेर्गा, कृष्ण चरित्र लगायतका नृत्य, नमुना चिया बगानको अवलोकन, गुरुङ खाना, सूर्योदय र सूर्यास्तको दृश्यावलोकन, पर्यटन संग्रहालय अवलोकन गर्न सकिन्छ । यस्तै, सामूहिक भेडापालन, बोटानिकल गार्डेन र भ्यु टावर पनि पर्यटकलाई आर्कषण गर्छन् ।

पर्यटकको आगमनसँगै घलेगाउँस्थित दलित बस्तीमा पनि २ वटा सुधारिएको होमस्टे सञ्चालन गरिएको छ  । गाउँको तीन ठाउँमा उद्यान निर्माण समेत गरिएको छ ।


कार्यक्रम तालिका
विविध भजनहरु 5.30AM - 6.00AM कार्यक्रम मस्र्याङदी शुभप्रभात 7.00AM - 7.15AM कार्यक्रम उज्यालो पाइलाहरु 7.30AM - 8.00AM गुरुङभाषामा समाचार 8.00AM - 8.15AM कार्यक्रम नेपाल चौतारी 8.15AM - 9.00AM लोक तथा दोहरी गीतहरु 9.15AM - 10.00AM » सबै हेर्नुहोस्