ताजा खबर:
लमजुडमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगतका काम धमाधम संचालन हुदै गिलुङका ग्रामिण महिलाका लागि निशुल्क स्वास्थ्य शिविर संचालन, ७७ महिला लाभान्वीत वृद्धाले कविता मै पोखे, जेष्ठ नागरिकका पिडा राधी विद्युतको ४ लाख १० हजार कित्ता आइपीओ खुला बेसीशहरस्थित आदर्श बालगृहका चारजना बालबालिकालाई परिवारमा पुनस्थापना, खिन्चोक छाउनी कप फुटबल प्रतीयोगिताको उपाधी सेभेनलक्की युवा क्लब हिलेबजारको पोल्टामा रेडियो मस्र्याङ्दीको आयोजनामा सूचनाको हक कार्यान्वयन सम्बन्धी अभिमुखिकरण ९० प्रतिशत नागरिकमा अझै शुचनाको हकको बारेमा जानकारी नभएको शूचना आयोगका आयुक्त तिम्सीनाको भनाई बेशीसहरको फुलबारी आमासमूह जिल्लाकै उत्कृष्ट आमा समूहको रुपमा सम्मानीत रेडियो मस्र्याङदीको ११ औँ स्थापना दिवसको अबसरमा शुभकामना आदानप्रदान तथा साँस्कृतीक कार्यक्रम सम्पन्न
अहिले प्रसारणमा :
केहि छिनमा :
स्थानिय खबर
सुकमान स्मृति रनिङ कप सिउरुङको पोल्टामा

सुकमान स्मृति रनिङ कप सिउरुङको पोल्टामा
added on Apr 11

मस्र्याङ्दी गाउ“पालिका ३, ढगैंमा आयोजित १६ औं सुकमान स्मृति रनिङ कप फुटवल प्रतियोगिताको पुरुषतर्फ यसबर्ष मस्र्याङ्दी गाउ“पालिका ३, सिउरुङस्थित शिलादेवी युवा क्लवले प्रथम उपाधी जितेको छ । 
फाइनल खेलमा मस्र्याङ्दी गाउ“पालिका वडा नं. ४, शिलढुंगास्थित सप्तकन्या देवी युवा क्लवलाई २ का विरुद्ध ५ गोल गरी शिलादेवी सिउरुङले पुरुषतर्फको फुटवल प्रतियोगितामा रनिङ कपसहित नगद ३५ हजार रुपैया“, मेडल र प्रमाणपत्र पाएको छ । दोस्रो स्थानमा चित्त बुझाएको सप्तकन्यादेवी शिलढुंगाले २० हजार रुपैया“ नगद, मेडल र प्रमाणपत्र पाएको छ । यस्तै, महिलातर्फ आयोजक मनास्लु युवा क्लव ढगैं प्रथम भएको छ । मस्र्याङ्दी गाउ“पालिका ६, नाइ“चेस्थित जनकल्याण युवा क्लव दोस्रो भएको छ । प्रथम हुने मनास्लु ढगैंले ६ हजार रुपैया“, रनिङ कप, मेडल र प्रमाणपत्र साथै दोस्रोमा चित्त बुझाएको जनकल्याण नाइ“चेले ४ हजार रुपैया“, मेडल र प्रमाणपत्र पाएको छ । 
साविकको खुदी गाविसका तत्कालीन गाविस अध्यक्ष स्वर्गीय सुकमान गुरुङको स्मृतिमा ढगैंस्थित मनास्लु युवा क्लवले आयोजना गरेको फुटवल प्रतियोगिताको पुरुषतर्फ ३५ टीमको सहभागिता रहेको थियो । महिला फुटवल प्रतियोगितामा ४ टीमले सहभागिता जनाएको थियो । फुटवल खेल २२ गतेदेखि सुरु भएर २८ गते सोमबार सम्पन्न भएको हो । फुटवल प्रतियोगितामा पुरुषतर्फ आयोजक मनास्लु युवा क्लवका पूर्णबहादुर गुरुङ उत्कृष्ट खेलाडी घोषित भएका छन् । शिलादेवी युवा क्लव सिउरुङका आषिक गुरुङले खेल अवधिभर ८ गोल गरी सर्वाधिक गोलकर्ताको उपाधी पाएका छन् । महिलातर्फ जनकल्याण युवा क्लव नाइ“चेका यमुना गुरुङ उत्कृष्ट खेलाडी घोषित भएका छन् । आयोजक मनास्लु युवा क्लवका कल्पना गुरुङले खेल अवधिभर २ गोल गरी सर्वाधिक गोलकर्ताको उपाधी पाएका छन् ।
 

कार्यक्रम तालिका
विविध भजनहरु 5.30AM - 6.00AM कार्यक्रम मस्र्याङदी शुभप्रभात 7.00AM - 7.15AM कार्यक्रम उज्यालो पाइलाहरु 7.30AM - 8.00AM गुरुङभाषामा समाचार 8.00AM - 8.15AM कार्यक्रम नेपाल चौतारी 8.15AM - 9.00AM लोक तथा दोहरी गीतहरु 9.15AM - 10.00AM » सबै हेर्नुहोस्