ताजा खबर:
पुननिर्माण सँगै मुहार फेर्दै राइनासकोट लमजुङमा अब ब्यक्तीगत घटना दर्ता अनलाइनबाट अदुवाले उचित बजार नपाउँदा पूर्वी लमजुडका किसान चिन्तीत, ग्राहकको पर्खाइमा किसान लमजुङमा नेकपा एमाले र माओबादी केन्द्रविच सहकार्य लमजुडमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगतका काम धमाधम संचालन हुदै गिलुङका ग्रामिण महिलाका लागि निशुल्क स्वास्थ्य शिविर संचालन, ७७ महिला लाभान्वीत वृद्धाले कविता मै पोखे, जेष्ठ नागरिकका पिडा राधी विद्युतको ४ लाख १० हजार कित्ता आइपीओ खुला बेसीशहरस्थित आदर्श बालगृहका चारजना बालबालिकालाई परिवारमा पुनस्थापना, खिन्चोक छाउनी कप फुटबल प्रतीयोगिताको उपाधी सेभेनलक्की युवा क्लब हिलेबजारको पोल्टामा
अहिले प्रसारणमा :
महिला आवाज
केहि छिनमा :
मस्र्याङदी समाचार
स्थानिय खबर

बेशीसहरमा उपभोत्ता सचेतना कार्यक्रम सम्पन्न, स्थानिय स्तरसम्म उपभोत्तालाई सचेतना बढाउन आबश्यक रहेको कार्यक्रमका सहभागिको जोड
added on Apr 14

सदरमुकाम बेशीसहरमा उपभोत्ता सचेतना कार्यक्रम सम्पन्न भएको छ ।  नेपाल सरकार आपुर्ती ब्यवस्थापन तथा उपभोत्ता हित संरक्षण विभाग र राष्ट्रिय उपभोत्ता मञ्चको साझेदारी कार्यक्रम अन्र्तगत बेशीसहरमा कार्यक्रम संचालन गरीएको हो । 
राष्ट्रिय उपभोत्ता मंच लमजुड जिल्ला कार्य समितीका अध्यक्ष डम्बरबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको प्रमुख आथित्य रहेको थियो । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथी तिवारीले सदरमुकाम बेशीसहरमा बजार अनुगमन भैरहे पनि जिल्लाका ग्रामीण क्षेत्रमा भने विभिन्न बाध्यता र सिमाना अनुसार अनुगमन हुन नसकेको बताउनुभयो । उहाँले पछिल्लो समय जिल्लामा उद्योगब्यवसायि, उपभोत्ताहरु जागरुक हुदै जानुका साथै चेतनाको स्तर र कानुन कार्यन्वयनको सम्बन्धमा पनि सुधार भएको बताउनुभयो । 
स्थानिय स्तरसम्म कार्यक्रम संचालन गरी नागरिकलाई शुसुचित गराउनका लागि सबैले ध्यान दिनुपर्ने भन्दै बजारलाई स्वस्थय र गुणस्तरीय बनाउनतर्फ लाग्न सबैलाई आग्रह गर्नुभयो । 
कार्यक्रममा राष्ट्रिय उपभोत्ता मञ्च केन्द्रीय कार्य समितीका सचिव गोबीन्द सुबेदीले कृषि उत्पादनको अबस्था, औषधी तथा स्वास्थ्य बजारको अबस्था, ढक तराजुको अबस्था, शिक्षा सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 
यस्तै उपभोत्ता अधिकार सम्बन्धी प्रमुख कानुनहरु, चुनौतीहरुको बारेमा पनि जानकारी गराउनुभएको थियो । कार्यक्रममा केन्द्रीय कार्य समितीका महासचिव एवं अधिबक्ता पुष्पराज पौडेलले उपभोत्ता र उपभोत्ता अधिकार, उपभोत्ता संरक्षण ऐन, उपभोत्ता आन्दोलनको सुरुवात, नेपालमा उपभोत्ता अधिकार संरक्षण सम्बन्धी कानुनी ब्यवस्था, राज्यको सिद्धान्त नितीको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 
यस्तै आपूर्ती ब्यवस्थापन  तथा उपभोत्ता हित संरक्षण विभागका निमित्त महानिर्देशक लक्ष्मण श्रेष्ठले उपभोत्ता हित संरक्षणको क्षेत्रमा कानुनी, संगठनात्मक एवं अनुगमन ब्यवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 
कार्यक्रममा लमजुड उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश थापाले बोल्दै सचेत उपभोत्ता हुन जरुरी रहेको बताउनुभयो । उहाले छिटो भन्दा छिटो केन्द्रीय कार्यसमितीबाट अनुगमनको माग गर्दै अनुगमनले उपभोत्तालाई सचेत गराउनुका साथै ब्यवसायिलाई पनि सिढृढ बनाउने बताउनुभयो । 
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं उपभोत्ता हित संरक्षण मंच लमजुडका अध्यक्ष किसान संगीत नेपालीले उत्पादक, क्रेता र विक्रेता सबै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले  सबै ब्यक्तीहरु उपभोत्ता रहकेो भन्दै आफु ब्यवसायि मात्र हो, उपभोत्ता होइन भन्ने शोच नराख्न पनि आग्रह गर्नुभयो । 
कार्यक्रममा सहभागिहरुले बजार अनुगमन दशै तिहारमा मात्र हुने, बजार केन्द्रीत हुने भन्दै गुनासा राखेका थिए । उनीहरुले उपभोत्ता मर्कामा परेको भन्दै उपभोत्ता सचेतना कार्यक्रम गाउँगाउँसम्म पुर्याउन आग्रह गरेका थिए । 
कार्यक्रममा राष्ट्रिय उपभोत्ता मंच केन्द्रीय कार्य समितीका अध्यक्ष प्रेमलाल महर्जन, सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेल, जिल्ला कृषि विकास कार्यलयका प्रमुख कृष्णभद्र अधिकारी, प्रहरी नायब उपरिक्षक समिरचन्द्र खरेल, राष्ट्रिय अनुसन्धान प्रमुख बासु कलौनी, जिल्ला शिक्षा कार्यलयका श्रीप्रसाद भट्टराई, बेशीसहर नगरपालिकाका कार्यक्रम अधिकृत सन्तोष दनाई लगायत उपभोत्ताहरु, ब्यवसायिको उपस्थिती रहेको थियो । 
राष्ट्रिय उपभोत्ता मंच लमजुडका उपाध्यक्ष भुपाल दनाइले धन्यावाद ज्ञापन गर्नुभएको कार्यक्रमको सहजीकरण सचिव नबराज पहाडीले गर्नुभएको थियो । 

कार्यक्रम तालिका
भुकम्पीय सुरक्षा 7.00PM - 7.30PM सयपत्री साँझ 8.30PM - 8.45PM विविसि नेपाली सेवा 8.45PM - 9.15PM संझनाको डायरी 9.15PM - 10.00PM मस्र्याङदी समाचार 6.30PM - 7.00PM नेपाल दर्पण 8.00PM - 8.30PM » सबै हेर्नुहोस्