ताजा खबर:
पुननिर्माण सँगै मुहार फेर्दै राइनासकोट लमजुङमा अब ब्यक्तीगत घटना दर्ता अनलाइनबाट अदुवाले उचित बजार नपाउँदा पूर्वी लमजुडका किसान चिन्तीत, ग्राहकको पर्खाइमा किसान लमजुङमा नेकपा एमाले र माओबादी केन्द्रविच सहकार्य लमजुडमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगतका काम धमाधम संचालन हुदै गिलुङका ग्रामिण महिलाका लागि निशुल्क स्वास्थ्य शिविर संचालन, ७७ महिला लाभान्वीत वृद्धाले कविता मै पोखे, जेष्ठ नागरिकका पिडा राधी विद्युतको ४ लाख १० हजार कित्ता आइपीओ खुला बेसीशहरस्थित आदर्श बालगृहका चारजना बालबालिकालाई परिवारमा पुनस्थापना, खिन्चोक छाउनी कप फुटबल प्रतीयोगिताको उपाधी सेभेनलक्की युवा क्लब हिलेबजारको पोल्टामा
अहिले प्रसारणमा :
महिला आवाज
केहि छिनमा :
मस्र्याङदी समाचार
स्थानिय खबर
रेडियो मस्र्याङदीको ११ औँ स्थापना दिवसको अबसरमा शुभकामना आदानप्रदान  तथा साँस्कृतीक कार्यक्रम सम्पन्न

रेडियो मस्र्याङदीको ११ औँ स्थापना दिवसको अबसरमा शुभकामना आदानप्रदान तथा साँस्कृतीक कार्यक्रम सम्पन्न
added on Apr 14

जिल्लाकै अग्रणी सामुदायिक रेडियो मस्र्याडदी ९५ मेगाहर्जले आफनो ११ औँ स्थापना दिवस तथा बार्षिकोत्सवको अबसरमा शुत्रबार देखि विविध कार्यक्रम शुरु गरेको छ । 
स्थापना दिबश एवं बाषित्सबको अबसरमा शुत्रबार पहिलो दिन नया बर्ष २०७४ को शुभकामना आदानप्रदान, चियापन तथा साँस्कृतीक कार्यक्रम सम्पन्न गरेको छ । 
सामुदायिक रेडियो मस्र्याड्दी ९५ मेगाहर्जका अध्यक्ष गमप्रसाद गुरुडको अध्यक्षतामा भएको कार्यक्रममा सांसद जमिन्द्रमान घलेको प्रमुख आथित्य रहेको थियो । 
कार्यक्रममा बोल्दै प्रमुख अथिती घलेले सामुदायिक रेडियो मस्र्याड्दीले दुरदराजमा रहेका नागरिकका लागि सचेतना दिनुका साथै समाजमा रहेका विकृती, विसंगतीलाई निर्मुल गर्ने अभियानमा शुचना सम्प्रेशणको माध्यमबाट अघि बढेको भन्दै प्रशंसा गर्नुभयो । 
उहाँले राम्रो कुरालाई राम्रो र नराम्रो कुरा विरुद्धको अभियानमा लागि समाजमा योगदान पुर्याएको भन्दै कमीकमजोरीलाई  भने सच्याई अघि बढ्न आग्रह गर्नुभयो । 
सांसद घलेले अर्को प्रशंगमा बोल्दै तोकीएकै मितीमा स्थानिय तहको निर्वाचन सम्पन्न हुनुपर्नेमा जोड दिदै कुनै पनि बहानामा निर्वाचनको मिती सार्ने काम गर्न नहुने बताउनुभयो । स्थानिय तहको निर्वाचन संविधान कार्यन्वयनको महत्वपुर्ण चरण भएको र सबै जनताले सेवा पाउनका लागि निर्वाचन आबश्यक रहको बताउनुभयो । 
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति भेषबहादुर पौडेलले नया बर्षको शुभकाममना ब्यक्त गर्दै आगामी दिनमा पनि रेडियोले समुदायको निम्ती निरन्तर लाग्न आग्रह गर्नुभयो । उहाँले जनताले आफ्ना अधिकार प्रयोग गर्ने अबसर पाउनका लागि स्थानिय तहको चुनाब आबश्यक रहेको भन्दै आफ्ना अधिकारलाई पुर्ण रुपमा प्रयोग गरी समुन्नत समाज निर्मााणका लागि तत्पर रहन आग्रह गर्नुभयो । 
नेकपा एमालेका जिल्ला अध्यक्ष धनञ्दय दवाडीले पछिल्लो समय सामुदायिक रेडियोहरु उत्कृष्ट रेडियो हुदै गएको भन्दै रेडियोले समुदायका महिला, दलित, न्युन बर्गिय, बालबालिकाको आवाज उठाउनुपर्नेमा जोड दिनुभयो । 
यस्तै नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक मधु अधिकारीले आवाज विहिनहरुको आवाज भन्ने गरेको रेडियोले सझै समुदायकै निम्ती काम गर्नुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पाटीका कोषाध्यक्ष खड्कबहादुर गुरुड, संघीय समाजबादी फोरमका राजबहादुर गुरुड, लमजुड उद्योग वाणिज्य संघका महासचिव श्रीकृष्ण लामिछाने, तमु ह्युला छोजधी गुरुड राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य प्रेम घले, नेपाल पत्रकार महासंघ लमजुड शाखाका सचिव सन्देश पौडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दै रेडियोलाई अझै प्रभावकारी बनाउनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा रेडियोका कर्मचारीहरुले साँस्कृतीक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । 
रेडियोले स्थापनाकाल देखि नै समुदायसंग मिलेर विभिन्न चेतनामूलक कार्यक्रम गर्दै आएकोमा यस बर्ष पनि आजबाट १० गते सम्म विविध कार्यक्रहरु संचालन गरि दिवस मनाउन लागेको हो । 
यस्तै बैशाख ३ गते सूचनाको हक कार्यान्वयन सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिने भएको छ, भने  बैशाख ६ गते उत्कृष्ट होमस्टे काउलेपानीमा आन्तरीक पर्यटन प्रवद्र्धन र विपद व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिने योजना बनाइएको रेडियोका निर्देशक मिना गुरुङले बताउनुभयो  । 
यस्तै बैशाख ७ गते स्थानीय निर्वाचनमा महिला सहभागिताको सवाल कार्यक्रम गरिनेछ, भने, बैशाख ९ गते ः ५० वर्ष उमेर समूह माथिका व्यक्तिहरु विच कविता प्रतियोगीता आयोजना गरिने छ । बैशाख १० गते भने संस्थाको कार्यालयमै मावि स्तरीय चित्रकला प्रतियोगीता सञ्चालन गरिने कार्यक्रम तय भएको छ । 
सामुदायिक बिकास तथा सञ्चार केन्द्र (सीसीडीसी) द्धारा २०६४ साल बैशाख १ गते स्थापना भएको् यस रेडियोले जिल्लाको सामुदायिक बिकास, सचेतना र सशक्तिकरणको लागि सशक्त सञ्चार माध्यमको रुपमा भूमिका खेल्दैै सामुदायको आवाजको सम्बोधन, स्थानीय सूचना र ज्ञानको अदानप्रदान गरिरहेको छ ।  
रेडियोले स्थानीय समुदायको उच्च कदर र जिम्मेवारी बहन गर्दै समुदायकै सामूहिक हकहित, समग्र विकास र समाज परिवर्तनका पक्षमा अनुसन्धान, अधिकारमुखी वकालत, समुदायको न्यायोचित सेवा र दिगो विकासका लागि सूचना, संचार र ज्ञान व्यवस्थापनको कार्यलाई निरन्तरता दिदै आएको छ । 
शुरुवातमा दैनिक ४ घण्टाबाट प्रसारण शुरु गरेको रेडियोले हाल दैनिक १७ घण्टा स्थानिय, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय समाचार, समय सापेक्षा अन्तरवार्ता, संम्बाद, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, जलवायु, वातावरण संरक्षण, विपद व्यवस्थापन जस्ता सन्देशमूलक रेडियो कार्यक्रमका साथै बालबालिका, महिला, प्रौढ र युवा वर्ग लक्षित मनरोञ्जनात्मक कार्यक्रमहरु पनि उत्पादन र प्रसारण गर्दे आएको छ । सामुदायिक रेडियो मस्र्याड्दीका अध्यक्ष गमप्रसाद गुरुडले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रममा संचालन निर्देशक मिना गुरुडले गर्नुभएको थियो भने उपाध्यक्ष धर्मराज श्रेष्ठले समापन गर्नुभएको थियो । 
 

कार्यक्रम तालिका
भुकम्पीय सुरक्षा 7.00PM - 7.30PM सयपत्री साँझ 8.30PM - 8.45PM विविसि नेपाली सेवा 8.45PM - 9.15PM संझनाको डायरी 9.15PM - 10.00PM मस्र्याङदी समाचार 6.30PM - 7.00PM नेपाल दर्पण 8.00PM - 8.30PM » सबै हेर्नुहोस्