ताजा खबर:
लमजुडमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगतका काम धमाधम संचालन हुदै गिलुङका ग्रामिण महिलाका लागि निशुल्क स्वास्थ्य शिविर संचालन, ७७ महिला लाभान्वीत वृद्धाले कविता मै पोखे, जेष्ठ नागरिकका पिडा राधी विद्युतको ४ लाख १० हजार कित्ता आइपीओ खुला बेसीशहरस्थित आदर्श बालगृहका चारजना बालबालिकालाई परिवारमा पुनस्थापना, खिन्चोक छाउनी कप फुटबल प्रतीयोगिताको उपाधी सेभेनलक्की युवा क्लब हिलेबजारको पोल्टामा रेडियो मस्र्याङ्दीको आयोजनामा सूचनाको हक कार्यान्वयन सम्बन्धी अभिमुखिकरण ९० प्रतिशत नागरिकमा अझै शुचनाको हकको बारेमा जानकारी नभएको शूचना आयोगका आयुक्त तिम्सीनाको भनाई बेशीसहरको फुलबारी आमासमूह जिल्लाकै उत्कृष्ट आमा समूहको रुपमा सम्मानीत रेडियो मस्र्याङदीको ११ औँ स्थापना दिवसको अबसरमा शुभकामना आदानप्रदान तथा साँस्कृतीक कार्यक्रम सम्पन्न
अहिले प्रसारणमा :
केहि छिनमा :
स्थानिय खबर
९० प्रतिशत नागरिकमा अझै शुचनाको हकको बारेमा जानकारी नभएको शूचना आयोगका आयुक्त तिम्सीनाको भनाई

९० प्रतिशत नागरिकमा अझै शुचनाको हकको बारेमा जानकारी नभएको शूचना आयोगका आयुक्त तिम्सीनाको भनाई
added on Apr 17

राष्ट्रिय शुचना आयोजका शूचना आयुक्त यशोदा तिम्सीनाले जति शूचना नागरिकले लिनुपर्ने हो त्यो मात्रामा शूचना लिन नसकेको बताउनुभएको छ । उहाले लमजुङको अग्रणी सामुदायिक रेडियो मस्र्याडदीको ११ औँ स्थापना दिवस एवं बाषित्सबको अबसरमा आइतबार आयोजना गरीएको शूचनाको हक कार्यन्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै सो कुरा ब्यक्त गर्नुभएको हो । 
तिम्सीनाले १० प्रतिशत नागरिकमा मात्र शूचना लिनुपर्छ भन्ने कुरा जानकारी भएको र बाँकी ९० प्रतिशत नागरिकहरुलाई शूचनाको हकको बारेमा जानकारी प्राप्त नभएको बताउनुभयो । 
शूचनाको शक्ती ठुलो हुने भएकाले जसले शूचना लिन्छ त्यो ब्यक्ती शक्तीशाली हुने भन्दै तिम्सीनाले जतिसक्दो शूचना लिन आग्रह गर्नुभयो । 
शूसुचित हनुबाट बंचीत भएका कारण २००७ सालदेखी ७३ साल सम्म देशमा संक्रमण, कुसाशन जस्ता अप्ठ्याराहरु आएको समेत बताउनुभयो । उहाँले कानुनी रुपमा दिएका जति पनि अधिकार छन्, त्यसको बारेमा जानकारी नराख्नु र कार्यन्वयन निकायले ध्यान नदिदा झन् समस्या बढेको बताउनुभयो । 
कानुनी रुपमा नागरिका लागि प्रयाप्त अधिकार दिएपनि त्यसको बारेमा स्वंय नागरिक जानकार नहुनु ठुलो समस्या रहेको भन्दै महिलाका लागि पनि अधिकार धेरै दिएकाले त्यसलाई कार्यन्वयन तर्फ लाग्नुपर्ने बताउनभुयो । 
नागरिकले छिटो छरितो रुपमा शूचना पाउन भनेर अहिले प्रत्येक सरकारी कार्यलयमा एक जना शुचना अधिकारी तोकीएको भन्दै शूचना अधिकारी सँग शूचना माग्ने अधिकार शुनुश्चीत गरेकाले जतिसक्दो धेरै शुचना प्राप्त गर्न आग्रह गर्नुभयो । कतिपय अबस्थामा भने शूचना लिने ब्यक्ती केही जानकार नहुनु र शूचना दिनेलाई पनि केही जानकारी नभएको  अबस्था रहेको बताउनुभयो । 
शूचनामा आफ्नो पहुच सबैले बढाउन पर्ने भन्दै तिम्सीनाले सामुदायिक खलल पुर्याउने, अन्तराष्ट्रिय खलल पुर्याउने खालको शुचना, मुद्धा अनुसन्धान भैरहेको कुरा जस्ता ५ वटा कुरा मात्र माग्न नपाइने र अरु सबै शूचना लिन मिल्ने बताउनुभयो । 
स्थानिय मुद्धालाई चासो दिनुभन्दा पनि अन्य कुरामा चासो दिएका नागरिकले बढी प्राथमीकता स्थानिय मुद्धालाई नै दिनुपर्ने बताउनुभयो । शूचनाको हक कार्यन्वयका लागि यस सम्बन्धी जानकारी सबैमा पुर्याउनुपर्नेमा जोड दिदै जसले बुझेको छ उसले समुदायका अन्य नागरिकलाई सुचुचित गराउनुपर्ने बताउनभयो । अहिलेको नागरिकको रुची सिंहदरबारले के गदैछ भन्ने मात्र रहको भन्दै आफ्ना मुद्धामा भने बेखबर रहेको उहाँको भनाई थियोे । 
शुचना आयुक्त तिम्सीनाले राष्ट्रिय सरोकारका मुद्धा र आफ्ना मुद्धामा स्पष्ट नभएसम्म जति समस्या छन्, त्यसको समाधान नहुने समेत बताउनुभयो । 

कार्यक्रम तालिका
विविध भजनहरु 5.30AM - 6.00AM कार्यक्रम मस्र्याङदी शुभप्रभात 7.00AM - 7.15AM कार्यक्रम उज्यालो पाइलाहरु 7.30AM - 8.00AM गुरुङभाषामा समाचार 8.00AM - 8.15AM कार्यक्रम नेपाल चौतारी 8.15AM - 9.00AM लोक तथा दोहरी गीतहरु 9.15AM - 10.00AM » सबै हेर्नुहोस्