ताजा खबर:
लमजुडमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगतका काम धमाधम संचालन हुदै गिलुङका ग्रामिण महिलाका लागि निशुल्क स्वास्थ्य शिविर संचालन, ७७ महिला लाभान्वीत वृद्धाले कविता मै पोखे, जेष्ठ नागरिकका पिडा राधी विद्युतको ४ लाख १० हजार कित्ता आइपीओ खुला बेसीशहरस्थित आदर्श बालगृहका चारजना बालबालिकालाई परिवारमा पुनस्थापना, खिन्चोक छाउनी कप फुटबल प्रतीयोगिताको उपाधी सेभेनलक्की युवा क्लब हिलेबजारको पोल्टामा रेडियो मस्र्याङ्दीको आयोजनामा सूचनाको हक कार्यान्वयन सम्बन्धी अभिमुखिकरण ९० प्रतिशत नागरिकमा अझै शुचनाको हकको बारेमा जानकारी नभएको शूचना आयोगका आयुक्त तिम्सीनाको भनाई बेशीसहरको फुलबारी आमासमूह जिल्लाकै उत्कृष्ट आमा समूहको रुपमा सम्मानीत रेडियो मस्र्याङदीको ११ औँ स्थापना दिवसको अबसरमा शुभकामना आदानप्रदान तथा साँस्कृतीक कार्यक्रम सम्पन्न
अहिले प्रसारणमा :
केहि छिनमा :
स्थानिय खबर
रेडियो मस्र्याङ्दीको आयोजनामा सूचनाको हक कार्यान्वयन सम्बन्धी अभिमुखिकरण

रेडियो मस्र्याङ्दीको आयोजनामा सूचनाको हक कार्यान्वयन सम्बन्धी अभिमुखिकरण
added on Apr 17

लमजुडको अग्रणी सामुदायिक रेडियो मस्र्याडदीको ११ औँ स्थापना दिवस एवं बाषित्सबको अबसरमा आइतबार रेडियो कार्यलयमा शूचनाको हक कार्यन्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 
रेडियो संचालक समितीका अध्यक्ष गमप्रसाद गुरुडको अध्यक्षतामा भएको कार्यक्रममा निर्देशक मिना गुरुडले स्वागत मन्तब्य राख्नुभएको थियो । 
कार्यक्रममा राष्ट्रिय शूचना आयोगका शुचना आयुक्त यशोदा तिम्सीनाले महिलालाई राज्यको सहुलियत विषयक कार्यपत्र प्रस्तुत गनुभएको थियो । 
उहाँले महिलाको सुविधा सम्बन्धी छुटमा पारिश्रमीक आयमा, आयकरमा, उद्योग दर्तामा, उद्यमशीलता विकासमा, घर जग्गा रजिष्ट्रेशन दस्तुरमा, पति पत्नी दुबैका नाममा जग्गा दर्ता, लैगिंक हिंसाका पिडितहरुलाई सहायता, एकल महिला सुरक्षा सहायतक जस्ता विषयमा जानकारी गराउनुभएको थियो । 
यस्तै मानब बेचविखन तथा ओसारपसारबाट पिडितहरुलाई सहायता, घरेलु हिंसाका पिडितहरुलाई  सहायता, घरेलु हिंसाका पिडितहरुलाई जिल्ला सेवा केन्द्रबाट उपलब्द हुने सहायता, पैत्रीक सम्पती जस्ता विषयमा कार्यक्रमका सहभागिहरुलाई जानकारी गराउनुभएको थियो । 
कार्यक्रममा सहभागिहरुले शूचनाको हक सम्बन्धी विषयमा विभिन्न जिज्ञाशा समेत राखेका थिए । 
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सुशासन र शूचनाको हकले लोकतन्त्रलाई मजबुद बनाउने भन्दै संविधानले महत्वपुर्ण हकको रुपमा शूचनाको हकलाई दिएको बताउनुभयो । 
कानुनी ब्यवस्थाको प्रयोग गर्नेमा सबै सचेत हुनुपर्ने बताउनुभयो । नेपाली कांग्रेसका जिल्ला सभापति भेषबहादुर पौडेलले स्थानिय तहको निर्वाचन नजिकिदै गएको भन्दै यो समयमा संचारकर्मीहरुलाई सहि शूचना दिन आग्रह गर्नुभयो । उहाँले लोकतन्त्र भनेको विकास र समृद्धीको पक्षमा लाग्नुपर्ने भन्दै लोकतन्त्र रहेन भने सामुदायिक रेडियो, नरहने र शूचनाको हक पनि नरहने बताउनुभयो । जिल्लाको सम्भावनालाई उजागर गर्नुपर्ने भन्दै समृद्धीका लागि आ आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताउनुभयो । 
लमजुड उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार श्रेष्ठले कार्यक्रममा बोल्दै विकास, समृद्धीका लागि संचार अपरिहार्य रहेको बताउनुभयो । यस्तै बेशीसहर आमा समूह समन्वय समितीका अध्यक्ष लक्ष्मी अधिकारीले महिलाको क्षेत्रमा, महिलाको आवाज सामुदायिक रेडियोले सधै उठाउदै आएको बताउनुभयो । 
कार्यक्रमको सहजीकरण रेडियो मस्र्याड्दीका सचिव प्रेमकुमारी घलेले गर्नुभएको थियो । 
 

कार्यक्रम तालिका
विविध भजनहरु 5.30AM - 6.00AM कार्यक्रम मस्र्याङदी शुभप्रभात 7.00AM - 7.15AM कार्यक्रम उज्यालो पाइलाहरु 7.30AM - 8.00AM गुरुङभाषामा समाचार 8.00AM - 8.15AM कार्यक्रम नेपाल चौतारी 8.15AM - 9.00AM लोक तथा दोहरी गीतहरु 9.15AM - 10.00AM » सबै हेर्नुहोस्