ताजा खबर:
लमजुडमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगतका काम धमाधम संचालन हुदै गिलुङका ग्रामिण महिलाका लागि निशुल्क स्वास्थ्य शिविर संचालन, ७७ महिला लाभान्वीत वृद्धाले कविता मै पोखे, जेष्ठ नागरिकका पिडा राधी विद्युतको ४ लाख १० हजार कित्ता आइपीओ खुला बेसीशहरस्थित आदर्श बालगृहका चारजना बालबालिकालाई परिवारमा पुनस्थापना, खिन्चोक छाउनी कप फुटबल प्रतीयोगिताको उपाधी सेभेनलक्की युवा क्लब हिलेबजारको पोल्टामा रेडियो मस्र्याङ्दीको आयोजनामा सूचनाको हक कार्यान्वयन सम्बन्धी अभिमुखिकरण ९० प्रतिशत नागरिकमा अझै शुचनाको हकको बारेमा जानकारी नभएको शूचना आयोगका आयुक्त तिम्सीनाको भनाई बेशीसहरको फुलबारी आमासमूह जिल्लाकै उत्कृष्ट आमा समूहको रुपमा सम्मानीत रेडियो मस्र्याङदीको ११ औँ स्थापना दिवसको अबसरमा शुभकामना आदानप्रदान तथा साँस्कृतीक कार्यक्रम सम्पन्न
अहिले प्रसारणमा :
केहि छिनमा :
स्थानिय खबर
बेसीशहरस्थित आदर्श बालगृहका चारजना बालबालिकालाई परिवारमा पुनस्थापना,

बेसीशहरस्थित आदर्श बालगृहका चारजना बालबालिकालाई परिवारमा पुनस्थापना,
added on Apr 18

वेसीशहरमा रहेको आदर्श महिला तथा वालविकास केन्द्रमा आश्रित ४ जना बालबालीकालाई  सोमबार प्रशासन र पत्रकारहरुको रोहवरमा परिवारमा पुनस्थापना गराईएको छ । सोमबार एक कार्यक्रको आयोजना गरि साविकको कोल्की गाउँ विकास समिति वडा नं ०२ निवासी १६ वर्षिय मसिनु गुरुङ र १७ वर्षिय पृथ्वी गुरुङलाई आमा वुद्धिमायाँ गुरुङ, उदिपुर खत्रिचौरका १६ वर्षिय निशा परियारलाई काकी निरु परियार र मालिङ ८ घर भएका १७ वर्षिय सफल ठाडाँ मगरलाई कान्छा हजुरवुवा  कुमानसिंह थापा मगरको जिम्मेवारिमा परिवारमा पुनस्थापना गरिएको हो । 
कार्यक्रममा अभिभावकको तर्फबाट बोल्दै निशाकी काकी निरु परियारले निशालाई उनका आमाबाबाले सानै उमेरमा छोडेर गएपनि आफूले आमाको भूमिका निर्वाह गर्ने संकल्प गर्नुभयो । उहाँले निशा र मनिसालाई आर्थिक अवस्थाले भ्याएसम्म उच्च शिक्षा प्रदान गर्ने प्रतिवद्धता जनाउनुभयो । 
बालबालिकाले आगामी दिनमा आफुहरुजस्तै अभिभावक गुमाएका बालबालीकाको लागी सहयोग गर्ने बताएका छन् । प्रमुख अथिती सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले वालवालिकालाई प्रशंसा पत्र प्रदान गर्दे पौडेलले वालगृहवाट सिकेका कुरालाई व्यवहारमा लागु गर्न र आफ्नो पढाइलाई निरन्तरता दिन आग्रह समेत गर्नुभएको छ । उहाँले बच्चा जन्माउनु मात्र ठूलो कुरा नभई जन्माएपछि उचित पारिवारिक वातावरण दिनुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रम संस्थाका अध्यक्ष सानुमायाँ गुरुङले लामो समयदेखि बालगृहमै बसेका बालबालीकासँग छुट्नुपर्दा नरमाइलो अनुभुती भएको र  वालवालिकाहरुलाई वालगृहको ढोका सधै खुल्ला रहेको वताउनुहुदै आगमी दिनमा उच्च शिक्षाका लागि सक्दो सहयोग संस्थाले गर्ने वताउनुभयो  ।  कार्यक्रम संस्थाका अध्यक्ष सानुमायाँ गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव हुमा गुरुङले गर्नुभएको थियो । 
१४ वर्षयता देखि बालगृहमा आश्रीत बालबालिकालाई यस वर्ष एस ई ई परिक्षा दिए पश्चात पारिबारमा पुनस्थापना गराइएको हो । बालगृहमा १७ जना बालबालिका रहेकोमा ४ जनालाई परिवारमा पुनस्थापना गरेपश्चात बालगृहमा अव १३ जना बालबालीका आश्रीत रहेका छन् । 
 

कार्यक्रम तालिका
विविध भजनहरु 5.30AM - 6.00AM कार्यक्रम मस्र्याङदी शुभप्रभात 7.00AM - 7.15AM कार्यक्रम उज्यालो पाइलाहरु 7.30AM - 8.00AM गुरुङभाषामा समाचार 8.00AM - 8.15AM कार्यक्रम नेपाल चौतारी 8.15AM - 9.00AM लोक तथा दोहरी गीतहरु 9.15AM - 10.00AM » सबै हेर्नुहोस्