ताजा खबर:
पुननिर्माण सँगै मुहार फेर्दै राइनासकोट लमजुङमा अब ब्यक्तीगत घटना दर्ता अनलाइनबाट अदुवाले उचित बजार नपाउँदा पूर्वी लमजुडका किसान चिन्तीत, ग्राहकको पर्खाइमा किसान लमजुङमा नेकपा एमाले र माओबादी केन्द्रविच सहकार्य लमजुडमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगतका काम धमाधम संचालन हुदै गिलुङका ग्रामिण महिलाका लागि निशुल्क स्वास्थ्य शिविर संचालन, ७७ महिला लाभान्वीत वृद्धाले कविता मै पोखे, जेष्ठ नागरिकका पिडा राधी विद्युतको ४ लाख १० हजार कित्ता आइपीओ खुला बेसीशहरस्थित आदर्श बालगृहका चारजना बालबालिकालाई परिवारमा पुनस्थापना, खिन्चोक छाउनी कप फुटबल प्रतीयोगिताको उपाधी सेभेनलक्की युवा क्लब हिलेबजारको पोल्टामा
अहिले प्रसारणमा :
महिला आवाज
केहि छिनमा :
मस्र्याङदी समाचार
स्थानिय खबर

राधी विद्युतको ४ लाख १० हजार कित्ता आइपीओ खुला
added on Apr 18

राधी विद्युत कम्पनी लिमिटेडको ४ लाख १० हजार कित्ता साधारण शेयर निष्कासन खुला भएको छ ।  आइपीओ छिटोमा वैशाख १९ गते र ढिलोमा जेठ २  गते बन्द हुनेछ । प्रति शेयर १ सय अङ्कित मूल्य रहेको कम्पनीको न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार कित्ता शेयर दरखास्त दिन सकिन्छ । शेयरको निष्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैङ्किङ लिमिटेड रहेको छ ।  
कम्पनीको प्रतिशेयर १ सयको अङ्कित दरमा ४ लाख १० हजार कित्ता लमजुङ जिल्लाको अति प्रभावित क्षेत्र घेर्मु गाविस वडा नम्बर ५ का वासिन्दाहरुलाई २ लाख ४६ हजार कित्ता शेयर र न्यून प्रभावित क्षेत्र ताघ्रिङ गाविस मस्र्याङदी गाँउपालिका वडा नंः ४ का वासिन्दाहरुलाई १ लाख ६४ कित्ता शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले अति प्रभावित क्षेत्रका वासिन्दाहरुलाई ६० प्रतिशत र न्यून प्रभावित क्षेत्रका वासिन्दाहरुलाई ४० प्रतिशत विक्री गर्न लागेको हो ।
हाल कम्पनीको अधिकृत पूँजी रू. १ अर्ब ५० करोड र जारी पूँजी रू. ४१ करोड  रहेको छ । जारी पूँजीमध्ये रू. ३० करोड ७५ लाख संस्थापक शेयरधनीबाट चुक्ता भएको छ । आइपीओमा इच्छुक व्यक्तिहरुले शेयर रजिष्ट्रारका साथमा नबिल बैङ्क लिमिटेड लमजुङ शाखा, ओम डेभलपमेण्ट बैङ्क लमजुङ शाखा, कैलाश विकास बैङ्क र राधी हाइड्रोपावर लमजुङबाट  आवेदन दिन तथा दरखास्त बुझाउन  सकिन्छ ।
 

कार्यक्रम तालिका
भुकम्पीय सुरक्षा 7.00PM - 7.30PM सयपत्री साँझ 8.30PM - 8.45PM विविसि नेपाली सेवा 8.45PM - 9.15PM संझनाको डायरी 9.15PM - 10.00PM मस्र्याङदी समाचार 6.30PM - 7.00PM नेपाल दर्पण 8.00PM - 8.30PM » सबै हेर्नुहोस्