ताजा खबर:
पुननिर्माण सँगै मुहार फेर्दै राइनासकोट लमजुङमा अब ब्यक्तीगत घटना दर्ता अनलाइनबाट अदुवाले उचित बजार नपाउँदा पूर्वी लमजुडका किसान चिन्तीत, ग्राहकको पर्खाइमा किसान लमजुङमा नेकपा एमाले र माओबादी केन्द्रविच सहकार्य लमजुडमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगतका काम धमाधम संचालन हुदै गिलुङका ग्रामिण महिलाका लागि निशुल्क स्वास्थ्य शिविर संचालन, ७७ महिला लाभान्वीत वृद्धाले कविता मै पोखे, जेष्ठ नागरिकका पिडा राधी विद्युतको ४ लाख १० हजार कित्ता आइपीओ खुला बेसीशहरस्थित आदर्श बालगृहका चारजना बालबालिकालाई परिवारमा पुनस्थापना, खिन्चोक छाउनी कप फुटबल प्रतीयोगिताको उपाधी सेभेनलक्की युवा क्लब हिलेबजारको पोल्टामा
अहिले प्रसारणमा :
महिला आवाज
केहि छिनमा :
मस्र्याङदी समाचार
फिचर न्यूज
वृद्धाले कविता मै पोखे, जेष्ठ नागरिकका पिडा

वृद्धाले कविता मै पोखे, जेष्ठ नागरिकका पिडा
added on Apr 23


निरज अधिकारी
९ बैशाख, बेसीशहर ।

मानव धर्म मानव कर्म, 
स्खलन हुदाँ त्यसको मर्म !
बुझन् बुझाउन सन्देश बोकी हिड्ने यात्री,
चेतना यात्री !!
राईनास नगरपालिका ८ निवासी कृष्णराज ओलियाले जेष्ठ नागरिकलाई चेतनाको यात्री सम्झेर लेखेका कविताको हरफ हो यो । सर्वोदय सेवा आश्रमका संस्थापक अध्यक्ष समेत रहेका ५१ बर्षिय ओलीयाले चेतना यात्री शिर्षकको कवितामा अर्को हरफ यसरी लेखेका छन् । 
गुरुकुल शिक्षा, नैतिक दिक्षा, 
स्वालम्वी शिक्षा स्वाभिमानी दिक्षा ! 
स्खलन हुँदै आधुनीक शिक्षा नैतिकता विहिन दिक्षा,
पराहवलम्वी शिक्षा अभिमानी दिक्षा !
दुरदर्शा व्यत्त पुर्नजागन गर्न सन्देश बोकि हिड्ने यात्री, 
चेतना यात्री !!
कवि ओलियाले मात्र होईन, शनिबार बेसीशरहमा झण्डै एक दर्जन कवि÷कवियत्रीले जेष्ठ नागरिकको पिडा र समाजमा जेष्ठ नागरिक प्रति गरीने व्यवहालाई केन्द्रित गर्दै लेखिएका कविता सुनाए । कविता मार्फत उनिहरुले पछिल्लो समयमा जेष्ठ नागरिक माथि घटेका पिडा पोखे । जेष्ठ नागरिकलाई  सरकार र दातृ निकायले गरेको व्यवहारमा समेत व्यङ्ग्य गरे । 
बेसीशहरमा स्थापना भएको सामुदायिक रेडियो मस्र्याङ्दीको ११ औँ स्थापना दिवस तथा बार्षिकोत्सबको अवसरमा आयोजीत कविता प्रतियोगीतामा कवि÷कवियत्रीहरुले मार्मिक कविता सुनाएका थिए । 
प्रतियोगितामा राईनास ८ का कृष्णराज ओलीया पहिलो, चिति साहित्य समाज लमजुङका अध्यक्ष रुद्रनिधी तिवारी दोस्रो र पत्रकार तथा साहित्यकार नवराज पहाडी तेस्रो हुन सफल भए । यस्तै बेसीशहरका देवीदास बराल र सीतादेवी पौडेल सान्त्वना भए । उनिहरुलाई नगदका साथ आकर्षक पुरस्कार प्रदान गरिएको रेडियो मस्र्याङ्दीका निर्देशक मिना गुरुङले बताईन् । 
जेष्ठ नागरिक र समाज शिर्षकमा गरिएको प्रतियोगितामा ५० बर्ष नाघेका वृद्धाहरुलाई मात्र सहभागिता गराईएको थियो । कविता सुनेर बसेका निमित्त प्रमुख जिल्ला अधिकारी तिर्थबहादुर अधिकारीले कविता मार्फत जेष्ठ नागरिकले पाएको पिडा महशुष गरेको बताए । उनले भने, समाजमा जेष्ठ नागरिलाई गरिने व्यवहारलाई कविताले व्यङ्ग्य गरेको छ । 
मस्र्याङ्दी बहुमुखी क्याम्पसका सह प्राध्यापक आनन्द घिमिरेले लमजुङ सहित्य, कला र  लोकसंस्कृतिमा धनि रहेको बताए । वृद्ध÷वृद्धाहरुले कवितामा देखाएको जोशले युवा पुस्तालाई समेत आकर्षित गर्ने उनको भनाई छ । 
प्रतियोगितामा साहित्यकार रुपिन्द्र प्रभावी र त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक समालोचक एवं साहित्यकार राजीन पनेरुले निर्णयकको भुमिका निभाएका थिए । रेडियोका कार्यक्रम संयोजक केदार बोहोराले स्वागत गरेको कार्यक्रमको संचालन रेडियो मस्र्याङ्दीको साहित्य सरोबर कार्यक्रमका प्रस्तोता तेजनारायण अधिकारीले गरेका थिए । 
क्याप्सन  : आफनो कविता प्रस्तुत गर्दै कवि कृष्णराज ओलिया
 

कार्यक्रम तालिका
भुकम्पीय सुरक्षा 7.00PM - 7.30PM सयपत्री साँझ 8.30PM - 8.45PM विविसि नेपाली सेवा 8.45PM - 9.15PM संझनाको डायरी 9.15PM - 10.00PM मस्र्याङदी समाचार 6.30PM - 7.00PM नेपाल दर्पण 8.00PM - 8.30PM » सबै हेर्नुहोस्