ताजा खबर:
पुननिर्माण सँगै मुहार फेर्दै राइनासकोट लमजुङमा अब ब्यक्तीगत घटना दर्ता अनलाइनबाट अदुवाले उचित बजार नपाउँदा पूर्वी लमजुडका किसान चिन्तीत, ग्राहकको पर्खाइमा किसान लमजुङमा नेकपा एमाले र माओबादी केन्द्रविच सहकार्य लमजुडमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगतका काम धमाधम संचालन हुदै गिलुङका ग्रामिण महिलाका लागि निशुल्क स्वास्थ्य शिविर संचालन, ७७ महिला लाभान्वीत वृद्धाले कविता मै पोखे, जेष्ठ नागरिकका पिडा राधी विद्युतको ४ लाख १० हजार कित्ता आइपीओ खुला बेसीशहरस्थित आदर्श बालगृहका चारजना बालबालिकालाई परिवारमा पुनस्थापना, खिन्चोक छाउनी कप फुटबल प्रतीयोगिताको उपाधी सेभेनलक्की युवा क्लब हिलेबजारको पोल्टामा
अहिले प्रसारणमा :
महिला आवाज
केहि छिनमा :
मस्र्याङदी समाचार
स्थानिय खबर
गिलुङका ग्रामिण महिलाका लागि निशुल्क स्वास्थ्य शिविर संचालन, ७७ महिला लाभान्वीत

गिलुङका ग्रामिण महिलाका लागि निशुल्क स्वास्थ्य शिविर संचालन, ७७ महिला लाभान्वीत
added on Apr 25

 लमजुङको क्व्होलासोँथर गाउँपालिका वडा नम्बर ९ (साबिक गिलुङ गाविस) विकट गाउँमा महिलाहरुको आङ खस्ने, पाठेघरको मुखमा हुने क्यान्सरसम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा ७७ जना महिलाहरुले पाठेघरको जाँच गराएका थिए ।
जाँच गर्नेहरुमध्ये २ जना महिलामा आङ खस्ने समस्या, २ जना महिलामा पाठेघरको मुखमा क्यान्सर हुने सम्भावना देखिएकोे र १ जनाको पाठेघरमा मासु पलाएको फेला परेको गण्डकी अस्पताल पोखराका स्त्री रोग विशेषज्ञ डा. तारा गुरुङले बताउनुभयो । 
गुरुङका अनुसार क्यान्सरको सम्भावना देखिएको २ जना र पाठेघरमा मासु पलाएको १ जनालाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरामा  ‘रिफर’ गरिएको छ । शिविरमा स्वास्थ्य जाँचका लागि गिलुङ, भोजे, पसगाउँ लगायतका ठाउँबाट महिलाहरु पुगेका थिए ।
शिविरमा आएकी ८१ वर्षिया विष्णुमायाँ गुरुङले गाउँमा आफुले पहिलो पटक सेवा पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि महिला लक्षीत कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो । त्यस्तै ६१ वर्षिया सिता विकले आफुले गाउँमा यो सेवा पहिलोपटक लिएको बताउनुभयो । विकट गाउँ भएर आफुहरु सामन्य रोगको उपचाारका लागी पनि समसया खेप्नुपरेको गुनासो गर्का थिए ।  बिरामी हुँदा समयमा यातायातको व्यावस्था हुदैन । शिविरमा आएका अधिकांश महिलाहरुले शिविर प्रभावकारी भएको र आगामी दिनमा पनि यस्तो कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् ।
शिविरमा पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखराका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर तारा गुरुङ लगायतको टोलीले स्वास्थ्य सेवा प्रदान गरेका थिए । जिल्ला समन्वय समिति लमजुङका स्थानीय  विकास अधिकारी डिल्लीराम सिग्देलले आर्थिक अवस्था कमजोर भएका ग्रामिण क्षेत्रका महिलाहरुलाई लक्षित गरी निःशुल्क शिविरको आयोजना गरिएको बताउनुभयो । 
जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख दुर्गादत्त चापागाईले विशेषगरी बृद्धाहरुमा पाठेघरको समस्या देखिएको बताउनुभयो । उहाँले आङ् खस्ने समस्याको उपचारको लागि नेपाल सरकारले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेकाले आङ् खस्ने समस्या भएका महिलाहरुलाई स्वास्थ्य सेवा लिन आग्रह गर्नुभयो । 
्यस्तै, पश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य सेवा निर्देशनालयका क्षेत्रिय निर्देशक डा. तारानाथ पौडेलले नेपाली महिलाहरुमा आङ् खस्ने समस्या बढ्दै गएकाले यस्ता समस्या भएमा लाज नमानी उपचार गर्न महिलाहरुलाई आग्रह गर्नुयभोे । उहाँले आङ् खस्ने समस्या भएका महिलाहरुलाई आफ्नो समस्या लुकाएर नराख्न समेत आग्रह गर्नुभयोे । जिल्ला समन्वय समिति लमजुङको आयोजना र जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा सो शिविर सञ्चालन गरिएको हो ।
 

कार्यक्रम तालिका
भुकम्पीय सुरक्षा 7.00PM - 7.30PM सयपत्री साँझ 8.30PM - 8.45PM विविसि नेपाली सेवा 8.45PM - 9.15PM संझनाको डायरी 9.15PM - 10.00PM मस्र्याङदी समाचार 6.30PM - 7.00PM नेपाल दर्पण 8.00PM - 8.30PM » सबै हेर्नुहोस्