ताजा खबर:
पुननिर्माण सँगै मुहार फेर्दै राइनासकोट लमजुङमा अब ब्यक्तीगत घटना दर्ता अनलाइनबाट अदुवाले उचित बजार नपाउँदा पूर्वी लमजुडका किसान चिन्तीत, ग्राहकको पर्खाइमा किसान लमजुङमा नेकपा एमाले र माओबादी केन्द्रविच सहकार्य लमजुडमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगतका काम धमाधम संचालन हुदै गिलुङका ग्रामिण महिलाका लागि निशुल्क स्वास्थ्य शिविर संचालन, ७७ महिला लाभान्वीत वृद्धाले कविता मै पोखे, जेष्ठ नागरिकका पिडा राधी विद्युतको ४ लाख १० हजार कित्ता आइपीओ खुला बेसीशहरस्थित आदर्श बालगृहका चारजना बालबालिकालाई परिवारमा पुनस्थापना, खिन्चोक छाउनी कप फुटबल प्रतीयोगिताको उपाधी सेभेनलक्की युवा क्लब हिलेबजारको पोल्टामा
अहिले प्रसारणमा :
महिला आवाज
केहि छिनमा :
मस्र्याङदी समाचार
स्थानिय खबर

लमजुडमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगतका काम धमाधम संचालन हुदै
added on Apr 25

लमजुड जिल्लामा यो आर्थिक बर्ष २०७३÷७४ देखी प्रधानमन्त्रि कृषि आधुनिकिरण परियोजना संचालनमा आएको छ ।  
१० बर्षे परियोजना अन्र्तगत जिल्लाका विभिन्न स्थानहरु छनौट गरी २ वटा ब्लक र २० वटा पकेट क्षेत्र बनाइएको छ । ब्लक हुन २ हजार रोपनीमा खेती हुनुपर्ने र पकेट क्षेत्र हुन २ सय रोपनीमा खेती हुनुपर्ने जिल्ला कृषि विकास कार्यलयका कृषि प्रसार अधिकृकत राजेश्वर सिलवालले बताउनुभयो । 
सिलवालका अनुसार ब्लकहरुमा २ वटा छनौट गरीएको जसमा अलैची र तरकारी खेतीलाई लिइएको छ ।  अलैची ब्लकमा जिल्लाको साबिकका गाविसहरु भुलभुले, घेर्मु, बाझाखेत रहेको छ भने तरकारी ब्लकमा चक्रतिर्थ, धमीलीकुवा र तार्कुघाट रहेको छ । तरकारी ब्लकको बजेट ६० लाख रहेको छ भने अलैची ब्लकको बजेट ७० लाख रहेको बताइएको छ । परियोजना अन्र्तगतका ब्लकहरुमा अहिले धमाधम काम अघि बढेको छ । ब्लक अन्र्तगत विभिन्न तालिम, संचालन, ब्लक संचालन समिती गठन भएको छ भने अन्य काम अघि बढ्ने क्रममा रहेको छ । यस्तै माटो परिक्षण सम्पन्न भएको छ भने अलैची ब्लकका लागि ५ लाख बराबरको सिंचाईका लागि पाइप किनी काम गरीने भएको छ । 
यस्तै, २० वटा पकेट क्षेत्रमा पनि १६ वटामा पकेट संचालन समिती गठन भएको छ भने बाँकी ४ वटा पकेट क्षेत्रमा गठन हुन बाँकी रहेको छ । समिती गठन भएपछि समितीले कार्ययोजना बनाएर ल्याउने र त्यही कार्ययोजनाको आधारमा जिल्ला कृषि विकास कार्यलय सँग सम्झौता भई सोही अनुसार काम अघि बढ्ने कृषि प्रसार अधिकृत सिलवालले बताउनुभयो । 
पकेट क्षेत्रका लागि एउटा पकेट क्षेत्रमा चालु अनुदानमा ५० हजार रुपैया र पुजीगत अनुदानमा २ लाख ८२ हजार बजेट रहेको जनाएको छ । पकेट क्षेत्रमा जिल्ला साबिकका सुन्दरबजार नगरपालिका, राइनास, मध्यनेपाल नगरपालिका लगायत साबिकका गाविसहरु बन्सार, श्रीमन्ज्याड, ढोडेनी, मालिड, उत्तरकन्या, गौडा, फलेनी, भलायखर्क, कोल्की, चिती, धुसेनी, दुराडाँडा, चन्द्रेश्वर लगायत रहेका छन् । 
 जिल्ला कृषि विकास कार्यलयका कृषि प्रसार अधिकृत सिलवालका अनुसार, जिल्लाका किसानहरुलाई ब्यवसायिकता तर्फ अघि बढाउने र आयात कम र निर्यात बढाउने उद्धेश्यका साथ प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना संचालमा ल्याइएको हो । 
दश बर्ष सम्म संचालन हुने परियोजनाको लागि कुल बजेट २ करोड ८ लाख रहेको छ । 
 

कार्यक्रम तालिका
भुकम्पीय सुरक्षा 7.00PM - 7.30PM सयपत्री साँझ 8.30PM - 8.45PM विविसि नेपाली सेवा 8.45PM - 9.15PM संझनाको डायरी 9.15PM - 10.00PM मस्र्याङदी समाचार 6.30PM - 7.00PM नेपाल दर्पण 8.00PM - 8.30PM » सबै हेर्नुहोस्