ताजा खबर:
पुननिर्माण सँगै मुहार फेर्दै राइनासकोट लमजुङमा अब ब्यक्तीगत घटना दर्ता अनलाइनबाट अदुवाले उचित बजार नपाउँदा पूर्वी लमजुडका किसान चिन्तीत, ग्राहकको पर्खाइमा किसान लमजुङमा नेकपा एमाले र माओबादी केन्द्रविच सहकार्य लमजुडमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगतका काम धमाधम संचालन हुदै गिलुङका ग्रामिण महिलाका लागि निशुल्क स्वास्थ्य शिविर संचालन, ७७ महिला लाभान्वीत वृद्धाले कविता मै पोखे, जेष्ठ नागरिकका पिडा राधी विद्युतको ४ लाख १० हजार कित्ता आइपीओ खुला बेसीशहरस्थित आदर्श बालगृहका चारजना बालबालिकालाई परिवारमा पुनस्थापना, खिन्चोक छाउनी कप फुटबल प्रतीयोगिताको उपाधी सेभेनलक्की युवा क्लब हिलेबजारको पोल्टामा
अहिले प्रसारणमा :
महिला आवाज
केहि छिनमा :
मस्र्याङदी समाचार
स्थानिय खबर
लमजुङमा नेकपा एमाले र माओबादी केन्द्रविच सहकार्य

लमजुङमा नेकपा एमाले र माओबादी केन्द्रविच सहकार्य
added on Apr 28

प्रमुख प्रतिपक्षी दल एमाले र सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रबीच लमजुङमा चुनावी सहमती भएको छ । बैशाख ३१ गते हुने स्थानीय तह चुनावमा ‘संयुक्त मोर्चा’ बनाएर अघि बढ्न सहमत भएको दुवै राजनीतिक दलका नेताहरुले बताएका छन् । दुवै राजनीतिक दलले बेंसीसहरमा बिहिबार पत्रकार सम्मेलन गरी स्थानीय तहको चुनावमा नगरपालिका, गाउपालिका र वडा तहसम्म तालमेल गरेर जाने सहमत भएको घोषणा गरेको हो । माओवादी केन्द्रका जिल्ला इन्चार्ज पारसमणि पौडेल र नेकपा एमाले अध्यक्ष धनञ्जय दवाडीले संयुक्त हस्ताक्षरित प्रेस बक्तब्य जारी गरेका हुन । 

नेकपा एमालेका जिल्ला अध्यक्ष धनञ्दय दवाडीले बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनबाट जिल्लाको लोकतान्त्रीक गणतन्त्रको आन्दोलन र बाम आन्दोलनको लािग, जिल्लाको विकास लागि कोसेढुंगा साबित हुने बताउनुभयो । उहाँले संविधान जारी पछि पहिलो पटक हुन लागेको निर्वाचनमा अहिले तय गरेका निती, कार्यदिशाले  आगामी दिनको यात्रालाई अझ सहज र सरल बनाउने, नया इतिहास रच्ने उद्धेश्यले निर्वाचनमा दुई दलले सहकार्य गरेकोे बताउनुभयो । 
माओवादी केन्द्रका जिल्ला इन्चार्ज पारसमणि पौडेलले प्रेस बक्तब्य जारी गर्दै ‘राष्ट्र निर्माण र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणमा प्रतिवद्ध हुदै लमजुङ जिल्लाको समग्र विकास गर्न दुवै दल स्थानीय तहको निर्वाचन २०७४ मा संयुक्त मोर्चा बनाई निर्वाचनमा जान प्रतिवद्ध भएको कुरा जानकारी गराउनुभयो । 
उहाँले समृद्ध लमजुङ बनाउने संकल्पका साथ दुई दलबीच चुनावी तालमेलका लागि एकताबद्ध भएर अघि बढ्ने सहमति भएको बताउनुभयो । संविधानले स्थापित एजेण्डालाई कार्यान्वयन गर्न र स्थानीय तहमा जनताले चाहेको सरकार बनाउन दुई दल तयार भएको बताउनुभयो । 
 पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य मायानाथ अधिकारी, सांसद टुकाभद्र हमाल, जमीन्द्रमान घले,  भिष्म अधिकारी, नेकपा एमाले जिल्ला उपाध्यक्ष गुमानसिंह अर्याल, सचिव कृष्णप्रसाद अधिकारी, माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज बुद्धिराम गुरुङ, जिल्ला संयोजक मधु अधिकारी, सतिमाया तामाङ, हरिजंग तामाङ लगायतको उपस्थिति थियो ।
जिल्लामा रहेको गाउपालिका वा नगरपालिकामा ३ प्रमुख माओबादी केन्द्रले लिने, ५ गाउपालिकाहरुमा प्रमुख एमालेले लिने, ३ गाउपालिका वा नगरपालिकामा उपप्रमुख माओबादी केन्द्रले लिने, ५ प्रमुख वा उपप्रमुख एमाले पाटीले लिने सार्वजनिक गरेका हुन् ।  
 

कार्यक्रम तालिका
भुकम्पीय सुरक्षा 7.00PM - 7.30PM सयपत्री साँझ 8.30PM - 8.45PM विविसि नेपाली सेवा 8.45PM - 9.15PM संझनाको डायरी 9.15PM - 10.00PM मस्र्याङदी समाचार 6.30PM - 7.00PM नेपाल दर्पण 8.00PM - 8.30PM » सबै हेर्नुहोस्