ताजा खबर:
पुननिर्माण सँगै मुहार फेर्दै राइनासकोट लमजुङमा अब ब्यक्तीगत घटना दर्ता अनलाइनबाट अदुवाले उचित बजार नपाउँदा पूर्वी लमजुडका किसान चिन्तीत, ग्राहकको पर्खाइमा किसान लमजुङमा नेकपा एमाले र माओबादी केन्द्रविच सहकार्य लमजुडमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगतका काम धमाधम संचालन हुदै गिलुङका ग्रामिण महिलाका लागि निशुल्क स्वास्थ्य शिविर संचालन, ७७ महिला लाभान्वीत वृद्धाले कविता मै पोखे, जेष्ठ नागरिकका पिडा राधी विद्युतको ४ लाख १० हजार कित्ता आइपीओ खुला बेसीशहरस्थित आदर्श बालगृहका चारजना बालबालिकालाई परिवारमा पुनस्थापना, खिन्चोक छाउनी कप फुटबल प्रतीयोगिताको उपाधी सेभेनलक्की युवा क्लब हिलेबजारको पोल्टामा
अहिले प्रसारणमा :
महिला आवाज
केहि छिनमा :
मस्र्याङदी समाचार
स्थानिय खबर
अदुवाले उचित बजार नपाउँदा पूर्वी लमजुडका किसान चिन्तीत, ग्राहकको पर्खाइमा किसान

अदुवाले उचित बजार नपाउँदा पूर्वी लमजुडका किसान चिन्तीत, ग्राहकको पर्खाइमा किसान
added on Apr 28

उत्पादीत अदुवाले बजार नपाउँदा लमजुडको पूर्वी भेगका किसान चिन्तित बनेका छन् । सामूहिक रुपमा अदुवा खेतीमा लागेका पूर्वी लमजुङको राईनास नपा–७ का महारुद्र आमा समूहलाई अदुवाले बजार नपाउँदा समस्या परेको हो । 
सामूहिक रुपमा अदुवा खेतीमा लागेका यस समूहका महिलाहरुले पहिलो बर्षमै झण्डै ७ क्वीन्टल अदुवा उत्पादन गरेको समूहका अध्यक्ष तिर्थ कुमारी हटुवालले बताउनुभयो । ‘उत्पादीत अदुवाले उचित मुल्य र बजार नपाउँदा समस्या बढेको छ,’ उहाले भन्नुभयो, ‘व्यत्ति अनुसार अदुवाको मुल्य फरक पर्छ ।’
३० जना महिलाहरुको समूहले २ रोपनी जग्गामा समूहिक रुपमा अदुवा लगाएका थिए । सामूहिक रुपमा अदुवा खेती गर्ने भएपछि जिल्ला कृषि विकास कार्यालयबाट ३७ हजार रुपैँया सहयोग भएको समूहका कोषाध्यक्ष कल्पना भट्राईले बताउनुभयो । अदुवा राम्रो उत्पादन भएपनि उचित बजार नपाउँदा झनै समस्या बढेको र अदुवाले राम्रो बजार लिएको खण्डमा तरकारी खेती बिस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो । 
जिल्लामा यतिवेला ५० देखी ७० रुपैँया किलोसम्म अदुवा बिक्री हुँदै आएको छ । जिल्लामा आव २०७२÷७३ मा २ सय ७० हेक्टर क्षेत्रफलमा २५ सय ६५ मेट्रिक टन अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत रामचन्द्र सेढाईले जानकारी दिनुभयो । 
पकेट क्षेत्रको रुपमा विकास नभएपनि अदुवा जिल्लाको प्राय सबै ठाउँहरुमा हुने गरेको जिल्ला कृषि विकास कार्यालय लमजुङले जनाएको छ । 
 

कार्यक्रम तालिका
भुकम्पीय सुरक्षा 7.00PM - 7.30PM सयपत्री साँझ 8.30PM - 8.45PM विविसि नेपाली सेवा 8.45PM - 9.15PM संझनाको डायरी 9.15PM - 10.00PM मस्र्याङदी समाचार 6.30PM - 7.00PM नेपाल दर्पण 8.00PM - 8.30PM » सबै हेर्नुहोस्