ताजा खबर:
पुननिर्माण सँगै मुहार फेर्दै राइनासकोट लमजुङमा अब ब्यक्तीगत घटना दर्ता अनलाइनबाट अदुवाले उचित बजार नपाउँदा पूर्वी लमजुडका किसान चिन्तीत, ग्राहकको पर्खाइमा किसान लमजुङमा नेकपा एमाले र माओबादी केन्द्रविच सहकार्य लमजुडमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगतका काम धमाधम संचालन हुदै गिलुङका ग्रामिण महिलाका लागि निशुल्क स्वास्थ्य शिविर संचालन, ७७ महिला लाभान्वीत वृद्धाले कविता मै पोखे, जेष्ठ नागरिकका पिडा राधी विद्युतको ४ लाख १० हजार कित्ता आइपीओ खुला बेसीशहरस्थित आदर्श बालगृहका चारजना बालबालिकालाई परिवारमा पुनस्थापना, खिन्चोक छाउनी कप फुटबल प्रतीयोगिताको उपाधी सेभेनलक्की युवा क्लब हिलेबजारको पोल्टामा
अहिले प्रसारणमा :
महिला आवाज
केहि छिनमा :
मस्र्याङदी समाचार
स्थानिय खबर
लमजुङमा अब ब्यक्तीगत घटना दर्ता अनलाइनबाट

लमजुङमा अब ब्यक्तीगत घटना दर्ता अनलाइनबाट
added on Apr 30

 

लमजुडमा पनि अबदेखी ब्यक्तीगत घटना दर्ता अब अनलाइनबाट गरीने भएको छ । लमजुङको बेसीशहर नगरपलाकाले बिहिबार एक औपचारीक कार्यक्रमको आयोजना गरी ब्यक्तिगत घटना दर्ता अनलाइनबाट शुभारम्भ गरेको हो । लमजुङमै पहिलो पटक बेसीशहर नगरपालीकाले ब्यक्तिगत घटना अनलाइन बाट दर्ता गर्न शुरु गरेको छ ।
नेपाल अधिराज्य भरी २ सय ८६ वटा वडामा ब्यक्तिगत घटना अनलाइनबाट दर्ता हुँदै आएकोमा बेसीशहर २ सय ८७ औँ वडाको रुपमा अनलाइन दर्ता शुरु गरीएको हो । शुभारम्भ कार्यक्रममा बेसीशहर नगरपलीका वडा नम्बर २ का लिला बहादुर देउजाको नाति तिलक बहादुर देउजा तथा विज्ञान देउजाको छोरा शुभेच्छ नरसींह देउजाको जन्मदर्ता अनलाइनबाट गरी कार्यक्रमको शुभारम्भ गरीएको थियो ।
बसी बसी इन्टरनेटको माध्यमबाट पनि दर्ता गर्न सकिने भएकाले यो सेवा निकै प्रभाबकारी हुने बेसीशहर नगरपालीकाका कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार यसको अभिलेख भाबी पुस्ताले पनि सहजै रुपमा हेर्न सक्ने छन् । राज्यको स्थानीय निकायको परीकल्पना अनुसार सेवाग्राहीले सहज रुपमा सेवा लिन सक्ने उहाँको भनाई थियो । 
२०७१ साल चैत्र ११ गतेबाट नेपालमा ब्यक्तिगत घटना दर्ता अनलाइन बाट शुरु गरीएको जिल्ला समन्वय समिति लमजुङका फोकल पर्सन शिब रेग्मीले बताउनुभयो । उहाँका अनुसार काठमान्डौ र भक्तपुरको सवै वडामा यो कार्यक्रम लागु भएको छ । लमजुङमा यो कार्यक्रम शुभारम्भ गर्नुअघि बेसीशहर नगरपालीका अन्तर्गतका सवै  वडा सचिबहरुलाई ब्यक्तिगत घटना दर्ता अनलाइनबाट भर्न सिकाउनका लागि बैशाख ११ गतेदेखी १४ गतेसम्म ४ दिने  तालिम संचालन गरीएको थियो । 
अनलाइनबाट  ब्यक्तिगत घटना दर्ता नगराउँदा बिभिन्न खाले गुनासाहरु आउने परिपाटी रहेकाले  ब्यक्तिगत घटनाको अभिलेखलाई ब्यवस्थितगर्नपनी अनलाइन दर्ता सहज हुने रेग्मीले बताउनुभयो । यसबाट हरेक घटनाहरुको वास्तबीक तथ्याङक निकाल्न सहज हुनेछ । 
शुभारम्भ कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी तिर्थ बहादुर अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । उहाँले कार्यक्रममा बोल्दै यसलाई ब्यवस्थित बनाउन आग्रह गर्नुभयो । यसको प्रभाबकारी कार्यन्वन भएको खण्डमा जनताले सहज रुपमा सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्थानिय विकास अधिकारी डिल्लिराम सिग्देल, महिला तथा बालबालिका कार्यलय प्रमुख बिष्णुकुमारी लामिछाने, लगायत वडा सचिबहरु, सेवाग्रहीहरु र संचारकर्मीहरुको उपस्थिति रहेको थियो । 
 

कार्यक्रम तालिका
भुकम्पीय सुरक्षा 7.00PM - 7.30PM सयपत्री साँझ 8.30PM - 8.45PM विविसि नेपाली सेवा 8.45PM - 9.15PM संझनाको डायरी 9.15PM - 10.00PM मस्र्याङदी समाचार 6.30PM - 7.00PM नेपाल दर्पण 8.00PM - 8.30PM » सबै हेर्नुहोस्