ताजा खबर:
पुननिर्माण सँगै मुहार फेर्दै राइनासकोट लमजुङमा अब ब्यक्तीगत घटना दर्ता अनलाइनबाट अदुवाले उचित बजार नपाउँदा पूर्वी लमजुडका किसान चिन्तीत, ग्राहकको पर्खाइमा किसान लमजुङमा नेकपा एमाले र माओबादी केन्द्रविच सहकार्य लमजुडमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगतका काम धमाधम संचालन हुदै गिलुङका ग्रामिण महिलाका लागि निशुल्क स्वास्थ्य शिविर संचालन, ७७ महिला लाभान्वीत वृद्धाले कविता मै पोखे, जेष्ठ नागरिकका पिडा राधी विद्युतको ४ लाख १० हजार कित्ता आइपीओ खुला बेसीशहरस्थित आदर्श बालगृहका चारजना बालबालिकालाई परिवारमा पुनस्थापना, खिन्चोक छाउनी कप फुटबल प्रतीयोगिताको उपाधी सेभेनलक्की युवा क्लब हिलेबजारको पोल्टामा
अहिले प्रसारणमा :
महिला आवाज
केहि छिनमा :
मस्र्याङदी समाचार
स्थानिय खबर
पुननिर्माण सँगै मुहार फेर्दै राइनासकोट

पुननिर्माण सँगै मुहार फेर्दै राइनासकोट
added on Apr 30

 
निरज अधिकारी-
गोर्खा भूकम्पले क्षतविक्षत बनेको लमजुङको ऐतिहासिक राईनासकोट गाउँको पुननिर्माण सँगै मुहार फेरिएको छ । ऐतिहासिक स्थल रहेकाले राईनासकोटमा पुननिर्माणसँगै पर्यटन प्रबद्र्धनका लागी होमस्टेको तयारी थालिएको छ । स्थानीयबासीले गाउँमै सहयोग भित्रयाएर पुननिर्माणसँगै पर्यटकलाई आकर्षित गर्न होमस्टे अवधारणाको तयारी अघि बढाएका हुन् । 
भुकम्पले भत्काएका राईनासकोटका घरहरु मध्ये होमस्टे सञ्चालनका लागि १४ घरमा आधुनिक तवरबाट पुनःनिर्माण गरिएको छ । स्थानीय महत्व झल्कने गरी बनाईएको आधुनिक घरमा स्थानीयवासी र अमेरीकी नागरिक नतसा वाजनियाकको लगानी छ । विगत २१ बर्षदेखी नेपालमा रहेकी नतसाले विभिन्न संघ संस्था र व्यत्तिबाट सहयोग जुटाएर पुननिर्माणमा सहयोग गरेको बताइन् । 
राईनासकोटमा आधुनिक तवरबाट १४ घर, १ आरोग्य भवन र १ सामुदायिक भवन निर्माणका लागि करिब १ करोड ५० लाख रकम नतसाले स्थानीयलाई सहयोग गरेकी छन् । नतसाले भनीन् ‘राइनासकोट पुननिर्माण कार्य लगभग सकियो,’ ‘अब काभ्रे, रामेछाप र गोरखामा १ सय २५ घर निर्माण गर्ने तयारीमा छु ।’
गाउँमा पुनःनिर्माण सकेलगत्तै होमस्टेको अबधारणा शुरु गरिहाल्ने स्थानीय समेत रहेका सर्बोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलीयाले बताए । ‘ऐतिहासिक स्थल भएकाले पर्यटकीय स्थलको रुपमा विकास गर्ने मुख्य लक्ष्य हो, होमस्टेको प्रबद्र्धन गर्ने पूर्ण तयारी भैसक्यो, उनले भने । ओलियाका अनुसार बर्षा अगाडीनै गाउँलेहरुलाई सुरक्षित घरमा राख्ने तयारी छ ।
राईनासकोटमा पुननिर्माणसँगै वाताबरणमैत्री अबधारणा पनि सँगसँगै शुरु भईरहेको  छ । वातबरणमैत्री अवधारणा अनुसार गोबरग्यासँ, धुवाँरहित चुल्हो, फोहोरमैला र पानीको ब्यवस्थापनका लागि कार्यहरु भईरहेको छ । प्रत्येक घरमा सोलार प्यानल जडान गरिदैछ ।
प्रत्येक घरहरुमा गाउँले तवरबाट पींढी, फलैंचा, आकासेपानीको ब्यवस्थापनका लागि ट्याङक जडान, सडक बत्ती जडान कार्य समेत अघि बढाइएको छ । राईनासकोटमा रहेका केही पुरानाघरहरु भने पौराणीक महत्व झल्काउन पहिलैकै स्वरुपमा सुरक्षितसँग छन् । 
गुरुङ जातीको वस्ती रहेको राईनासकोटमा उनीहरुको कला, संस्कृतिलाई जोगाउन संग्राहलय समेत स्थापना गरीदैछ । त्यस्तै बैशाख १२ गतेको भुकम्पलाई सम्झना गर्दै स्मारक समेत निर्माण गरीएको छ । 
राईनासकोटको पुनःनिर्माणसँगै एग्रोटुरीजम अबधारणा पनि सँगसँगै अघि बढ्ने भएको छ । एग्रोटुरीजम अबधारणा अनुसार प्रत्येक घरमा ग्रीन हाउस, कृषि र पशुपालनको पनि शुरुवात हुनेछ । 
राइनासकोट लमजुङ प्रबेशद्धार पाउँदीबाट तीन घण्टाको पैदल यात्रा र दुईघण्टाको सवारी यात्रापछि पुग्न सकिन्छ । यहाँबाट १ सय ८० डिग्रीको विन्दुबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, पिक ट्वान्टी नाइन, गणेश, माछापुच्छ्रे, लमजुङ लगायत गरी १८ वटा हिमश्रङखलाहरु देख्न सकिन्छ । यहाँ बाइसेचौबिसे राज्य शासनमा निर्माण गरिएको ऐतिहासिक राइनसकोट किल्ला, स्थानिय कालिका, कोटेश्वर महादेब, थानीमाई मन्दिर र अन्य कोट, किल्ला र गढी लगायतका इतिहास बोकेका स्थलहरु जीर्ण अवस्थामा छन् ।
क्याप्सन : पुननिर्माण पश्चात लिइएको राईनासकोट गाउँको तस्बिर ।
 

कार्यक्रम तालिका
भुकम्पीय सुरक्षा 7.00PM - 7.30PM सयपत्री साँझ 8.30PM - 8.45PM विविसि नेपाली सेवा 8.45PM - 9.15PM संझनाको डायरी 9.15PM - 10.00PM मस्र्याङदी समाचार 6.30PM - 7.00PM नेपाल दर्पण 8.00PM - 8.30PM » सबै हेर्नुहोस्