ताजा खबर:
दिगो विकासका लक्ष्यहरुलाई कार्यन्वयन गर्न सबै लाग्नुपर्ने शिक्षामनित्र पौडेलको भनाई, शिक्षा नियमावली चाडै ल्याउने प्रतिबद्धता नेपाल पत्रकार महासँघ लमजुङको पदस्थापन सम्पन्न मानवसेवा आश्रमको छैटौँ शाखा लमजुङमा औपचारीक उदघाटन, केहि बर्षमै जिल्लामा सडक मानवको अन्त्य हुने विस्वास शुत्रबार विश्व क्षयरोग दिवस लमजुडमा पनी मनाइयो, लमजुङमा ९० जना क्षयरोगका विरामी, दुइको मृत्यु क्होलासोथर गाउँपालिकाको औपचारिक उद्घाटन, पर्यटन, सस्कृति र कृषिका निम्ती महत्वपूर्ण भएको स्थानिय विकास अधिकारी सिँग्देलको दावि ३० मेगावाटको न्यादी जलविद्युत आयोजना निर्माण शुरु, आयोजनाले प्रशारण लाईन आफै निर्माण गर्ने स्थानिय तहको निर्वाचनलाई केन्द्रीत गरी लमजुडमा इजाजत प्राप्त गरेका हातहतियार प्रहरीमा बुझाउन निर्देशन महिला समूहलाइ सात दिने तालिम कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनेको लमजुङ माछामा समेत आत्मनिर्भर हुदै करिब २९ करोडको लागतमा भाचोक खोला सह लगानी खानेपानी आयोजना निर्माण गरिदै, बेसीशहरबासीको खानेपानी समस्या दिने हल गर्ने लक्ष्य
अहिले प्रसारणमा :
लोकतन्त्र मन्त्र
केहि छिनमा :
नेपाल खबर
प्रवासी समाचार
हङकङ सरकारद्वारा दुई नेपाली सम्मानित

हङकङ सरकारद्वारा दुई नेपाली सम्मानित
added on Jul 06

 सार्वजनिक र सामुदायिक सेवामा समर्पित भई स्थानीय अल्पसंख्यकका हितमा कार्य गरेबापत हङकङ सरकारले शर्मिला गुरुङलाई 'मेडल अफ अनर' ले सम्मानित गर्ने भएको छ । हङकङ स्थापना दिवसको १७ औं वाषिर्कोत्सवका अवसरमा मंगलबार उक्त घोषणा भएको हो । बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेको दिन जुलाई १ लाई प्रत्येक वर्ष स्थापना दिवसका रुपमा मनाइन्छ । सन् २००९ मा समेत सरकारले गुरुङलाई 'चिफ एक्ज्युकेटिभ कोमेन्डेसन फर कम्युनिटी सर्भिस' ले सम्मानित गरिसकेको छ । हङकङ सरकारबाट दोहोर्‍याएर सम्मान पाउने गुरुङ पहिलो नेपाली समेत बनेकी छन् । दक्षिण एसियाली स्वास्थ्य सहयोग कार्यक्रम अन्र्तगत युनाइटेड क्रिश्चियन नेदरसोल कम्युनिटी हेल्थ सर्भिसमा आवद्ध डाक्टर गुरुङ गृह मामिला विभाग अन्तर्गत जातीय सद्भाव प्रर्वद्धन कमिटिकी गैरसरकारी सदस्य हुन् । सरकारद्वारा संचालित स्वास्थ्य सम्बन्धी विभिन्न परियोजनाहरूमा यिनी सकृय रहदै आएकी छन् । यसअघि १३ औं वाषिर्कोत्सवका अवसरमा बुद्धिबहादुर थापालाई सोही मेडल प्रदान गरिएको थियो । सामुदायिक सेवामा सकृय योगदान गरेबापत अर्का नेपाली प्रदीप (दीप) थापालाई समेत हङकङ सरकारले 'चिफ एक्ज्युकेटिभ कोमेन्डेसन फर कम्युनिटी सर्भिस' ले सम्मानित गर्ने भएको छ । हङकङ नेपाली महासंघका अध्यक्ष थापा धरानका हुन् । छाता संगठन दाबी गरिएको महासंघमा स्थानीय ३३ संघसंस्था आवद्ध छन् । घोषित सम्मान चीनको राष्ट्रिय दिवसका दिन अक्टुबर १ मा हङकङका कार्यकारी प्रमुख लियोङ चिन युनले प्रदान गर्नेछन् । यसवर्ष हङकङ सरकारले विभिन्न पदक तथा सम्मान पत्रले विभूषित गर्ने २ सय ८३ जनाको नामावली मंगलबार सार्वजनिक राजपत्रमा उल्लेख छ ।

मेडल अफ अनरले सम्मानित गुरुङले स्वास्थ्यका क्षेत्रमा धेरै काम गर्नुपर्ने बताएकी छन् । 'पदक पाउँदा  आश्चर्यसँगै कामको कदर भएको महसुस गरेकी छु', पोखरा स्थायी घर भएकी गुरुङले भनिन्, 'यसले ममाथि अझबढी जिम्मेवारी थपिदिएको छ ।' यतै जन्मिएकी उनले हङकङ युनिभर्सिटीबाट पब्लिक हेल्थमा स्नाकोत्तर गरेकी छन् । वर्षौदेखि लगातार सामाजिक कार्यमा संलग्न रहेवापत सरकारले मुल्याङ्कन गरेको महासंघका अध्यक्ष प्रदीप थापाले बताए । पछिल्लोसमय नेपाली समुदाय र हङकङ सरकारबीच राम्रो सम्बन्ध विस्तार भएको समेत उनको भनाइ थियो । अध्यक्ष थापा लगायतको मुख्य सकृयतामा केही महिनाअघि २२ नेपाली दुव्र्यसनीहरूको उद्दार गरिएको थियो । पुष्पा गुरुङ, पुष्प राई, कुल प्रसाद गुरुङ, अरुणा गुरुङ, चुरा थापा र अहिलेका दुई समेत गरी 'चिफ एक्ज्युकेटिभ कोमेन्डेसन फर कम्युनिटी सर्भिस' बाट सम्मानित हुने नेपालीको संख्या सात पुगेको छ । त्योभन्दा माथिल्लो स्तरको मेडल अफ अनर पाउने शर्मिला गुरुङ र बुद्धिबहादुर थापा हुन् ।  

तस्बिरः शर्मिला गुरुङ- मेडल अफ अनर तथा प्रदीप थापा- चिफ एक्ज्युकेटिभ कोमेन्डेसन फर कम्युनिटी सर्भिस ।


कार्यक्रम तालिका
लोक तथा दोहरी गीतहरु 9.15AM - 10.00AM पप गीतहरु 10.30AM - 11.00AM महिला आवाजको पुन प्रसारण 11.00AM - 11.30AM नेपाली चलचत्रिका गीतहरु 11.30AM - 12.00PM हिन्दी गीतहरु 12.00PM - 1.00PM लमजुङ कल टाइम 1.00PM - 2.00PM » सबै हेर्नुहोस्