ताजा खबर:
देश विकासमा विद्यार्थी बर्गको ठूलो भूमिका ः सभापति पौडेल मृगौलापीडित सिजन खत्रीलाई फेरी कतारबाट सहयोग, सहयोग रकम जुट्दै विकासक्रमलाई गति दिन तत्काल निर्वाचन आवश्यक : कुवँर जग्गा अभावमा अस्पताल भवन निर्माणकार्य अन्योलमा भूकम्प लगत संकलन कार्य लमजुङमा अन्तीम चरणमा÷लमजुङका विभिन्न गाउँमा गएका इन्जीनियर फर्कदै जिल्ला कारागार आत्मनिर्भर बन्ने थलोको रुपमा विकास हुदै, कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी बस्दै पत्रकारीताको क्षेत्रमा योगदान पुर्याएको भन्दै रेडियो मस्र्याड्दीका मिना गुरुड र पत्रकार पौडेललाई सम्मान नेपाल पत्रकार महासंघ लमजुङ शाखाको अध्यक्षमा आश गुरुङ निर्वाचित, लमजुड म्युजीक सोसाइटीले फागुन एक गतेलाई स्थापना दिबशको रुपमा मनाउने, नयाँ बर्ष २०७४ को अबसरमा सांगीतीक कार्यक्रम गर्ने मञ्जरी नाट्य समूह लमजुङद्धारा प्रदर्शन गरीएको फड्के नामक नाटक हेर्न दर्शकको घुइचो
अहिले प्रसारणमा :
गुरुङभाषामा समाचार
केहि छिनमा :
कार्यक्रम नेपाल चौतारी
प्रवासी समाचार
अमेरिकी राष्ट्रपतिबाट नेपाली समुदायको प्रशंसा

अमेरिकी राष्ट्रपतिबाट नेपाली समुदायको प्रशंसा
added on Jul 06

 Manisha-koirala-1

 

अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकामा रहेका नेपाली समुदायको प्रशंसा गरेका छन् । अमेरिकामा रहेका नेपालीहरुको संगठन एएनएको ३२ औं सम्मेलनमा सन्देश पठाउँदै राष्ट्रपति ओबामाले भनेका छन्-‘नेपालदेखि अमेरिका आई विभिन्न ओहोदामा रहेर सेनादेखि विभिन्न किसिमका पेशा व्यवसायमा संलग्न भइ हामीलाई सेवा पुर्या्उने नेपाली अमेरिकी समुदायको प्रशंसा गर्न चाहन्छु ।’

राष्ट्रपति ओबामाले डेमोक्रेटिक पार्टीका डल्लास जिल्ला अध्यक्ष नेपालीमुलका हरि शर्मामार्फत नेपाली समुदायलाई सन्देश पठाएका हुन् । एएनए उद्घाटन समारोहमा ओबामाले पठाएको सन्देश शर्माले पढेर सुनाए ।

समारोहमा ओबामाका एसिया प्यासिफिक आइल्याण्डका सल्लाहकार शेखर नरसिंहले पनि शुभकामना दिएका थिए । राष्ट्रपति ओबाका साथै अमेरिकी सिनेटर मार्क आर वार्नर तथा ह्वाइट हाउसको एसिया प्यासिफिक आइल्याण्डर्सकी कार्यकारी निर्देशक किरण अहुजाले पनि नेपाली समुदायलाई शुभकामना सन्देश पठाएका छन् । अमेरिकाका लागि कार्यबाहक राजदुत ऋषि राम घिमिरेले शुभकामना दिएका छन् ।

एनएनए सम्मेलनको रन्को

वासिङटन डिसीको शेराटन प्रिमियर तारे होटलमा शुक्रबारदेखि सुरु भएको सम्मेलनको वलिउड स्टार मनिषा कोइरालाले उद्घाटन गरिन् । ‘तपाईंको सानो सहयोगले पनि नेपालमा ठूलो सहयोग हुन्छ,’ उद्घाटन समारोहमा कोइरालाले भनिन् ‘नेपाली सभ्यता, संस्कृति र पहिचानलाई दुनियाँभर लैजानुस, नेपाली आमालाई कहिल्यै नभुल्नस् ।’

 

Ana

 

एएनएका अन्तरिम अध्यक्ष छेवाङ शेर्पा लामाले एएनए अझ शसक्त बन्दै गएको बताए । सन् २००२ देखि नवीकरण नभएको एएनएलाई सन् २०१२ मा नवीकरण गर्नु आफ्नो कार्यकालकै सबैभन्दा ठूलो उपलब्धि भएको उनले बताए । एनएनए ३२ औं सम्मेलनका संयोजक हेमन्त श्रेष्ठले उत्तरअमेरिकामा रहेका नेपालीहरुका लागि एनएनए सम्मेलन पर्वका रुपमा स्थापित भएको धारणा राखे ।

एएनएका संस्थापक अध्यक्ष डा. हरि शर्माले नेपाली शिक्षा, संस्कृतिको जगेर्नाका लागि आफूहरुले ३२ बर्षअघि एएनए स्थापना गरेको स्मरण गराए । कार्यक्रममा एनएनए हिरो २०१४ बाट नेपाली महिलाअधिकारकर्मी विष्णुकुमारी थापा, गिनिज बुकमा नाम लेखाउन सफल कृष्ण पाण्डे, समाजसेवी सरोज प्रजापति र १५ पटक सगरमाथा सफल आरोहण गरेका दोर्जी (लम्बु) शेर्पालाई सम्मान गरिएको थियो । सम्मेलनका सहसंयोजक लक्ष्मण प्रधान, कलाकार माल्भिका सुब्बा लगायतले समारोहलाई सम्बोधन गरे । सम्मेलनमा विभिन्न फोरम, सांस्कृतिक कार्यक्रम, फेशन शो, फिल्म प्रदर्शन लगायतका कार्यक्रम भइरहेको छ ।

नेपालीहरुको जेष्ठ नागरिक क्लब

सम्मेलनमा अमेरिकामा रहेका नेपाली जेष्ठ नागरिकहरुका लागि क्लब बनाउने घोषणा गरिएको छ । यसको शुरुवात भर्जिनियाको आर्लिङटन र मेरिल्याण्डको मन्गोमेरी काउन्टीबाट गरिनेछ । नेपाल सिनियर्स कल्चर सेन्टर नाम दिइएको परियोजनाको संचालन नेपाली अमेरिकन नर्स एशोसिएशन(सान) अमेरिकन नेपाली सिनियर्स क्लब र नेपाः पासा पुच अमेरिकायबीचको समन्वयमा हुने भएको छ ।

 

ana-1

 

नेपाली जेष्ठ नागरिकका समस्याप्रति कसैको ध्यान नदिइरहेको अबस्थामा समुदायका अगुवा कार्यकर्ताहरुको पहलमा यो कार्यको शुरु गर्न लागिएको हो । सानका सल्लाहकार रिता तिवारीका अनुसार नौ जनाको समूहद्धारा यो परियोजना संचालन गर्न लागिएको । यी नौ जना बोर्ड अफ डाइरेक्टर्सले फरक फरक जिम्मेवारी लिएर क्लबको ब्याबस्थापन गर्नेछन् । उक्त बोर्ड अफ डाइरेक्टरमा रिता तिवारी, सरोज प्रजापति, प्रेम संग्रौला, मन्जु संग्रौला, शान्ति श्रेष्ठ, मगन श्रेष्ठ, राम मालाकार लगायतको संलग्नता रहेको छ । सम्मेलनमा एक हजार भन्दा ज्यादा सहभागीहरुले दर्ता गराइसकेको जानकारी आयोजकले दिएको छ ।


कार्यक्रम तालिका
कार्यक्रम नेपाल चौतारी 8.15AM - 9.00AM लोक तथा दोहरी गीतहरु 9.15AM - 10.00AM राष्ट्रिय तथा अन्तराष्ट्रिय खवरहरुल 10.00AM - 10.30AM पप गीतहरु 10.30AM - 11.00AM नेपाली चलचत्रिका गीतहरु 11.00AM - 12.00PM हिन्दी गीतहरु 12.00PM - 1.00PM » सबै हेर्नुहोस्