ताजा खबर:
दिगो विकासका लक्ष्यहरुलाई कार्यन्वयन गर्न सबै लाग्नुपर्ने शिक्षामनित्र पौडेलको भनाई, शिक्षा नियमावली चाडै ल्याउने प्रतिबद्धता नेपाल पत्रकार महासँघ लमजुङको पदस्थापन सम्पन्न मानवसेवा आश्रमको छैटौँ शाखा लमजुङमा औपचारीक उदघाटन, केहि बर्षमै जिल्लामा सडक मानवको अन्त्य हुने विस्वास शुत्रबार विश्व क्षयरोग दिवस लमजुडमा पनी मनाइयो, लमजुङमा ९० जना क्षयरोगका विरामी, दुइको मृत्यु क्होलासोथर गाउँपालिकाको औपचारिक उद्घाटन, पर्यटन, सस्कृति र कृषिका निम्ती महत्वपूर्ण भएको स्थानिय विकास अधिकारी सिँग्देलको दावि ३० मेगावाटको न्यादी जलविद्युत आयोजना निर्माण शुरु, आयोजनाले प्रशारण लाईन आफै निर्माण गर्ने स्थानिय तहको निर्वाचनलाई केन्द्रीत गरी लमजुडमा इजाजत प्राप्त गरेका हातहतियार प्रहरीमा बुझाउन निर्देशन महिला समूहलाइ सात दिने तालिम कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनेको लमजुङ माछामा समेत आत्मनिर्भर हुदै करिब २९ करोडको लागतमा भाचोक खोला सह लगानी खानेपानी आयोजना निर्माण गरिदै, बेसीशहरबासीको खानेपानी समस्या दिने हल गर्ने लक्ष्य
अहिले प्रसारणमा :
नेपाल खबर
केहि छिनमा :
लोक तथा दोहरी गीतहरु
प्रवासी समाचार
तमू प्ये ल्हु संघ युएईद्धारा दुबईमा तमु भाषाको कक्षा संचालन गर्ने

तमू प्ये ल्हु संघ युएईद्धारा दुबईमा तमु भाषाको कक्षा संचालन गर्ने
added on Aug 24

देवीजंग तमु पोखरा, ०७ भाद«
मौलिक प्ये ताँ ल्हु ताँ संरक्षणका लागि विदेशमा सक्रिय संस्था तमू प्ये ल्हु संघ युएई शाखाले युएईमा रहनुभएका तमूहरुलाई तमू भाषामै कक्षा संचालन गर्ने भएको छ । तमू भाषा नजानेका तर प्ये ताँ ल्हु ताँप्रति आस्था राख्ने युएईमा रहनुभएका तमूहरुलाई तमू भाषाको कक्षा संचालन गर्ने शाखाका अध्यक्ष एक्काजंग प्ल्हेँ तमुले जानकारी दिनुभयो । नेपालका ७५ जिल्ला, भारत, भूटान र बर्माबाट दुबई गई बसेका तमूहरुलाई प्ये ताँ ल्हु ताँ संरक्षणमा सहभागि गराउदै तमू भाषा कक्षा संचालन गर्ने अध्यक्ष तमूले वताउनुभयो ।
शाखाका अध्यक्ष एक्काजंग प्ल्हेँ तमुको अध्यक्षतामा शाखाको शुक्रवार वसेको वैठकले शाखामा नवप्रवेश सदस्यहरुलाईसमेत स्वागत गरेको छ । शाखामा प्रवेश हुन आउनेहरु खड्का वहादुर तमु, भूपाल तमू, शिव लम तमू, दिपेन्द« तमू, मनोज तमू, भिम तमू, खुशीमान तमू, र शुशिला तमूलाई शाखाले स्वागत गरेको हो ।
यसैवीच शाखाका उपाध्यक्ष मुक्ति टु तमुको नेतृत्व र तमु प्ये ल्हु संघ र युवा समितिको समन्वयमा यही असोज दोश्रो हप्तामा लमजुङको उत्तर कन्या गाविस वडा नम्वर ०७ घले गाउँ फुल्म्रो, कंडेल्हुमा हुन लागेको वृहत खेकी चोकी भेलालाई सफल पार्न युएई शाखाको तर्फबाट २५ हजार संलकन गरेको छ । शाखाका सदस्यहरुबाट २५ हजार संकलन भएको र संकलन कार्य भइरहेको अध्यक्ष तमूले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कार्यलाई सफल पार्नका लागि तमू प्ये ल्हु संघका अन्य शाखाहरुसंग समन्वय भइरहेको र आर्थिक सहयोगको लागि पनि संकलन कार्य भइरहेको वताउनुभयो ।
लमजुङ सम्पर्क समितिका अध्यक्ष राजु घलेको विशेष अतिथ्यामा भएको वैठक शाखाका सचिव सपना टु तमुले संचालन गर्नुभएको हो ।
 
  •  
     

 


कार्यक्रम तालिका
लोक तथा दोहरी गीतहरु 9.15AM - 10.00AM पप गीतहरु 10.30AM - 11.00AM महिला आवाजको पुन प्रसारण 11.00AM - 11.30AM नेपाली चलचत्रिका गीतहरु 11.30AM - 12.00PM हिन्दी गीतहरु 12.00PM - 1.00PM लमजुङ कल टाइम 1.00PM - 2.00PM » सबै हेर्नुहोस्