ताजा खबर:
दिगो विकासका लक्ष्यहरुलाई कार्यन्वयन गर्न सबै लाग्नुपर्ने शिक्षामनित्र पौडेलको भनाई, शिक्षा नियमावली चाडै ल्याउने प्रतिबद्धता नेपाल पत्रकार महासँघ लमजुङको पदस्थापन सम्पन्न मानवसेवा आश्रमको छैटौँ शाखा लमजुङमा औपचारीक उदघाटन, केहि बर्षमै जिल्लामा सडक मानवको अन्त्य हुने विस्वास शुत्रबार विश्व क्षयरोग दिवस लमजुडमा पनी मनाइयो, लमजुङमा ९० जना क्षयरोगका विरामी, दुइको मृत्यु क्होलासोथर गाउँपालिकाको औपचारिक उद्घाटन, पर्यटन, सस्कृति र कृषिका निम्ती महत्वपूर्ण भएको स्थानिय विकास अधिकारी सिँग्देलको दावि ३० मेगावाटको न्यादी जलविद्युत आयोजना निर्माण शुरु, आयोजनाले प्रशारण लाईन आफै निर्माण गर्ने स्थानिय तहको निर्वाचनलाई केन्द्रीत गरी लमजुडमा इजाजत प्राप्त गरेका हातहतियार प्रहरीमा बुझाउन निर्देशन महिला समूहलाइ सात दिने तालिम कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनेको लमजुङ माछामा समेत आत्मनिर्भर हुदै करिब २९ करोडको लागतमा भाचोक खोला सह लगानी खानेपानी आयोजना निर्माण गरिदै, बेसीशहरबासीको खानेपानी समस्या दिने हल गर्ने लक्ष्य
अहिले प्रसारणमा :
नेपाल खबर
केहि छिनमा :
लोक तथा दोहरी गीतहरु
प्रवासी समाचार
जेठा दाइको शव लिएर फिरे तीन भाइ

जेठा दाइको शव लिएर फिरे तीन भाइ
added on Oct 29

अफगानिस्तान (जलालावाद), कार्तिक ११ - लमजुङ, बेसीशहरबाट धन कमाउन अफगानी भूमीमा आएका गुरुङ परिवारका चारमध्ये जेठा छोराको आकस्मिक निधन भएपछि आफ्ना दाजुको शव लिएर तीन भाइ घर फिरेका छन् ।

अघिल्लो दिनसम्म फुटबल खेलमा रमाइरहेका ३४ बर्षे राजेन्द्र गुरुङको भोलीपल्टै आकस्मिक निधन होला भन्ने कसैलाई लागेको थिएन । तर भैदियो यस्तै । जलालावाद रोडस्थित ग्रिन भिलेजको शिविरमा तीन बर्षदेखि सुरक्षाकर्मीका रुपमा कार्यरत राजेन्द्र आइतबार राती 'सुतेको सुत्यै' अवस्थामा भेटिए । त्यो नसोचेको घटनालगत्तै एउटै कम्पनीमा कार्यरत माइला, साइला र कान्छा भाइ क्रमशः मीन, भीम र भेखराज गुरुङले तत्कालै कम्पनीबाट आकस्मिक बिदा मात्रै लिएनन्, एक साताको प्रकृया पुरा गरेर सोमबार मात्रै ठूल्दाइको शव नेपाल पुर्याएका छन् ।

काबुल आसपासमा रहेका बाहिरी मुलुकबाट आएका बिशिष्ट सेवाग्राही र कर्मचारीको बसोबास स्थल गि्रनभिलेजका सुरक्षा प्रबन्धक प्रकाश केसीका अनुसार मृतक राजेन्द्रको शव घरफिर्ता लैजानमा केही कागजी प्रकृयाको ढिलाइका कारण एक साता लागेको हो । राजेन्द्रको शव लिएर शाइला भाइ भीम सोमबार मात्रै काबुलबाट दुबइ हुादै काठमाडौं पुगेका छन् । परिवारको जेठो सदस्यको परदेशमा एकाएक निधन भएपछि आफन्त र परिवारजनमा सान्त्वना बााढ्न अरु दुइ भाइ भने अघिल्लो साता लमजुङ गैसकेका छन् ।

चार दाजुभाइमध्ये जेठा राजेन्द्र २०११ को सेप्टेम्बरमा काबुल आएका हुन्, त्यसअघि भिम २००९ को डिसेम्बर, मीन २०११ को जुलाइ र भेखराज २०१२ केा जनवरीमा यता आएका हुन् । अहिलेसम्म संयुक्त परिवारमा बस्दै आएका दाजुभाइले परिवारको समुन्नतीमा मिलीजुली काम गर्दै आएको गि्रनभिलेजका प्रबन्धक केसीले बताए । उनका अनुसार कम्पनी नियमानुसार सबै प्रकारको क्षतीपुर्ती र नेपाली कामदारका तर्फबाट दिइने आर्थिक सहयोग पनि गुरुङ परिवारलाई छिट्टै पठाइनेछ । ग्रिन भिलेजमा मात्रै २ सयभन्दा बढी नेपाली कामदार सुरक्षाकर्मी हैसियतमा कार्यरत छन् ।  

"राजेन्द्र बिगतमा झण्डै ८ बर्ष साउदी अरबमा कार्यरत थिए भन्ने बुझेको हुा, अहिले गाउामा बस्ने छोराको पढाइ र श्रीमती तथा बाआमाको घरखर्चका लागि उनी काममा जुटिरहेका थिए",केसीले भने । मृतकको परिवारको हितका लागि गि्रनभिलेजमा कार्यरत नेपाली कामदारले मिलेर झण्डै ८ लाख रुपैंया आर्थिक सहयोग पठाउन लागिएको उनले बताए । यसरी सुत्दा सुत्दै मर्ने नेपालीबारे खाडी मुलुकबाट खबर आउने गरेपनि अफगानिस्तानमा पहिलोपटक यो घटना देखिएको उनले बताए । 

 

कार्यक्रम तालिका
लोक तथा दोहरी गीतहरु 9.15AM - 10.00AM पप गीतहरु 10.30AM - 11.00AM महिला आवाजको पुन प्रसारण 11.00AM - 11.30AM नेपाली चलचत्रिका गीतहरु 11.30AM - 12.00PM हिन्दी गीतहरु 12.00PM - 1.00PM लमजुङ कल टाइम 1.00PM - 2.00PM » सबै हेर्नुहोस्