• Today :
    Wednesday, July 26, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

३४ लाखमा देलेग डोदेन थायेलिङ गुम्बा निर्माण


 
२८ बैशाख, बेसीशहर ।
जिल्लाको सदरमुकाम बेसीशहरमा देलेग थायेलिङ गुम्बाको निर्माण गरिएको छ । नेपाल तामाङ घेदुङ बेसीशहर एकाइको नेतृत्वमा ३४ लाख रुपैँयाको लागतमा सो गुम्बा निर्माण गरिएको हो । 
गुम्बा निर्माणमा बिदेशबाट ७ लाख, अन्य सरकारी तथा गैरसरकारी संस्थाहरुबाट १८ लाख सहयोग भएको थियो । बाँकी रकम नेपाल तामाङ घेदुङ बेसीशहर एकाइले सहयोग गरेको देलेग थायेलिङ गुम्बा ब्यावस्थापन समितिका अध्यक्ष बुद्धिमान तामाङले बताए । 
सम्पुर्ण बौद्ध धर्मावलम्बीहरु र बौद्ध  मार्गीहरुको आस्थाका केन्द्र बनाई सभ्य र व्यवस्थित रुपमा गुम्बा संचालन गर्ने लक्ष्यका साथ गुम्बा निर्माण गरीएको उनले जानकारी दिए । 
बुद्धिमानका अनुसार २०६७ सालमा भवन निर्माण गरिएको र पुनः गुम्बा नै निर्माण गर्ने उद्धेश्य सहित गुम्बा निर्माण अभियानमा समिति जुटेको थियो । 
‘धर्म र संस्कृतिलाई विकास को माध्यम बनाऔँ, गुम्बालाई शिक्षाको केन्द्र बनाउँ’ भन्ने नाराका साथ निर्माण गरीएको सो गुम्बाको उद्घाटनका यहि बैशाख २६ गते उदघाटन गरियो । 
गुम्बा उद्घाटन संगै  ३ दिवसीय कार्यक्रमको आयोजना गरी बुद्ध पुर्णीमा धुमधामले मनाइएको छ । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल