• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

भूसंरक्षण कार्यालयद्धारा किसानहरुलाई साँढे २ लाख विरुवा निशुल्क वितरण


 
१५ भाद्र, बेसीशहर । जिल्ला भूसंरक्षण कार्यालय लमजुङ्गले जिल्ला भरका किसानहरुलाई निशुल्क विरुवा वितरण गरेको छ ।
कार्यालयले भूसंरक्षण पर्यावरण सन्तुलन गर्नका लागि जिल्लाका दुई स्थान चिती र जितामा वहुउद्धेश्सिय नर्सरीबाट विरुवा वितरण गरेको हो । विशेषगरी वर्षातको समयमा वृक्षारोपण गर्न उपयुक्त हुने भएकाले साउन महिनाबाट विरुवा वितरण गरिएको जिल्ला भूसंरक्षण कार्यालयका प्रमुख हरिवंश आचार्यले वताउनुभयो । 
बृक्षारोपणका लागि इच्छुक व्यक्तिले सम्पर्क गरी नर्सरीबाट विरुवा लान सक्ने पनि उहाँले जानकारी दिनुभयो । नर्सरीमा विशेषगरी जमीनको सतहलाई संरक्षण गर्न सक्ने र पर्यावरणलाई सन्तुलित बनाइराख्ने  डाँलेघाँस र काठको रुपमा प्रयोगमा ल्याउन सकिने विरुवा राखिएको छ । 
प्रतिहेक्टर क्षेत्रफलमा वृक्षारोपण गरेमा सामुदायिक जग्गाको हकमा ३० हजार रुपैया र व्यक्तिगत जग्गाको हकमा २० हजार रुपैया भूसंरक्षण कार्यालयबाट अनुदान दिने प्रमुख आचार्यले वताउनुभयो । एकहेक्टरमा १६ सय रोपनी हुन्छ, प्रतिरोपनी ८० विरुवा रोप्नुपर्ने कार्यालयले जनाएको छ । 
कार्यालयका अनुसार मुख्यगरी  जिल्लाको चिति, राइनासको धमिलिकुवा, जिता र भोर्लेटार क्षेत्रका किसानले विरुवा ढुवानी गरेका छन् । पछिल्लो समय सदरमुकाम वेसीशहर क्षत्रेमा विरुवाको माग बढेको कार्यालयले जनाएको छ । जिल्लाका दुई नर्सरिबाट हालसम्म एक लाख ६० हजारको हाराहारीमा विरुवा वितरण भएको छ । जिल्ला भूसंरक्षण कार्यालयले यसवर्ष करिव साँढे २ लाख विरुवा वितरण गर्ने लक्ष्य राखेको छ ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल