• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

दोस्रो बेसीशहर महोत्सव हुने


 
१५ भाद्र, बेसीशहर । बेसीशहरमा दोस्रो बेसीशहर महोत्सव हुने भएको छ । लमजुङ उद्योग वाणिज्य संघ बेसीशहर इकाईको आयोजनामा आगामी माघ अन्तिम साता वा फागुन पहिलो साता महोत्सव गर्ने तयारी भएको  छ । इकाईका अध्यक्ष प्रदिप बस्नेतको अध्यक्षतामा बिहिबार बसेको कार्यसमिति बैठकले सो निर्णय गरेको हो । 
जिल्लाको पर्यटन, संस्कृति, उद्योग व्यवसायलाई प्रबद्र्धन गर्न संघले यसअघि पनि बेसीशहर महोत्सव सञ्चालन गरेको थियो । प्रथम बेसीशहर महोत्सवबाट प्राप्त मुनाफाबाट बजार क्षेत्रमा सिसी क्यामेरा जडान गरिनुका साथै अन्य विभिन्न रचनात्मक कार्यहरु समेत गरिएको थियो । 
जिल्लाको उद्योग, ब्यापार, पर्यटन, जलविद्युत क्षेत्र एवं कला, संस्कृतिको संरक्षणका लागि महोत्सवको आयोजना गरिन लागेको संघका अध्यक्ष बस्नेतको भनाई छ ।
सोहि बैठकले लमजुङ उद्योग वाणिज्य संघ बेसीशहर ईकाईको कार्य समिति सदस्य पदमा घना फेन्सी एण्ड कस्मेटीक पसलका प्रोपाईटर घना दनाईलाई मनोनीत समेत गरेको छ । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल