• Today :
    Wednesday, October 18, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

दोस्रो चरणमा चल्यो बहिनी शिक्षाका लागी दिदि कार्यक्रम


 
१५ भाद्र, बेसीशहर । बहिनी शिक्षाका लागी दिदी कार्यक्रमको दोस्रो परीयोजना शुरु भएको छ । सन् २०१७ अप्रिल १ बाट दोस्रो चरणको परीयोजना शुरु भएको हो । ग्लोबल एक्सन नेपाल ईकाई कार्यलय बेसीशहर लमजुङले बिहिबार एक कार्यक्रमको आयोजना गरी सोही परीयोजनाको बारेमा जानकारी गराएको हो ।
बहिनी शिक्षाका लागी दिदी कार्यक्रम नेपालको चार जिल्ला सुर्खेत,पर्सा,धादिङ र लमजुसङका ग्रामिण भेगका संचालन भएको छ । यस कार्यक्रम मार्फत  सिमान्तकृत किशोरीहरुलाई आधारभुतबाट माध्यामिक शिक्षा र माध्यामिक बाट उच्चमाध्यामिक शिक्षामा स्थानान्तरण,दिगो जिविकोपार्जन वा शिक्षाको निरन्तरतालाई सवलिकरण गर्ने परिकल्पना गरेको छ ।
परियोजना अन्तर्गत चार जिल्लाका ५६ बिद्यालयमा कार्यक्रम संचालन भएका छन् । दोस्रो चरणको कार्यक्रमले ठुली दिदी सानी बहिनि अनुगमन,सहपाठी सिकाइ सहयता,कर्मचारी सहकार्य र शिक्षक र जिल्ला शिक्षा कार्यलय लाई प्रशिक्षण,स्वयंसेवी भुमिकामा विस्तृत विविधताद्धारा सामुदायिक संलग्नता,श्रोत साझेदारहरु र कार्यन्वयन साझेदारहरु वीच विशेषज्ञता साझेदारी जस्ता प्रयासहरुलाई समाबेस गरेको छ ।
बैनी शिक्षाका लागी दिदी कार्यक्रम को पहिलो चरण लमजुङमा २०१३ बाट २०१७ सम्म सफलतापुर्वक संचालन भएको थियो । लमजुङमा पहिलो चरणको कार्यक्रम सफल भएपछि यसलाई निरन्तरता दिनको लागी दोस्रो चरणको कार्यक्रम शुरु भएको छ । दोस्रो चरणको कार्यक्रम २०२१ मार्च ३१ सम्म चल्नेछ । यस कार्यक्रमको कुल १ करोड ७८ लाख ७१ हजार दुई सय रुपैयाँ रहेको छ ।
बिहिबार  बेसीशहरमा आयोजना गरीएको सरोेकारवाला अभिमुखीकरण कार्यक्रममा यस परियोजनाले  पहिलो चरणमा संचालन गरेको गतिबिधि  र दोस्रो चरणमा संचालन हुने कार्यक्रमहरुको बारेमा जानकारी गराइएको थियो । 
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा स्थानिय निकायमा निर्वाचित जनप्रतिनिधि,बिभिन्न बिद्यालयका प्रअहरु,संचारकर्मी लगायत सरोकारवाला निकायहरुको सहभागतिा रहेको थियो । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल