• Today :
    Wednesday, October 18, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

समृद्धीको बिकल्प अब कृषि क्रान्तिमार्फत आर्थिक क्रान्ति : राज्यमन्त्री प्रसाई


 
-निरज अधिकारी
१७ भाद्र, सुन्दरबजार । समृद्ध नेपालका लागी अबको बिकल्प कृषि क्रान्तिमार्फत आर्थिक क्रान्ति रहेको कृषि राज्यमन्त्री सरिता प्रसाईले बताउनुभएको छ । लमजुङ कृषि क्याम्पसमा शनिबार भएको नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रममा बोल्दै उहाँले अधिकांश नेपालीको पेसा कृषि भएर पनि कृषिमा आत्मनिर्भर बन्न नसकेकोमा चिन्ता व्यक्त गर्दै कृषिमा आधुनिकीकरण र व्यवसायीकरण आवश्यक रहेको बताउनुभयो ।
कृषि क्षेत्रको विकासको लागि सबै पार्टी र सरकार गम्भीर हुनुपर्ने भन्र्दै विविधताको मुलुक नेपालले कृषि पेसालाई सम्मानित पेसा बनाउन सबै लाग्नुपर्ने उहाँले बताउनुभयो । मुलुकको अर्थ व्यवस्था बलियो बनाउने हो भने कृषि क्षेत्रलाई नै राज्यले महत्व दिनुपर्ने मन्त्री प्रसाइको भनाई थियो ।  
नेपालको प्रमुख समस्या बेरोजगारी भएको भन्दै उर्जा, जलस्रोत, पर्यटन र कृषिले रोजगारका बाटाहरु खोल्न सकिने उहाँले धारणा राख्नुभयो । 
यससँगै जिल्लाका अलैँची कृषकहरुसँगको भेटघाटमा उहाँले सरकारले शुरु गरेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना उत्तम रहेको भन्दै लमजुङलाई अलैँची जोन क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । यहाँको अलैँची नेपालकै गुणस्तर रहेको भन्दै उहाँले यस पेशालाई व्यवसायीक बनाएको खण्डमा अलैँची खेतीमा कृषकको भविष्य उज्वल रहेको उल्लेख समेत गर्नुभयो ।  
यसैबिच कृषि राज्यमन्त्री प्रसाईले शनिबार नै लमजुङको दुराडाँडामा निर्माणधीन एकिकृत आधुनिक कृषिबस्तिको अवलोकन समेत गर्नुभयो । इजरायलमा आधुनिक कृषिको प्रशिक्षण तथा काम गरि फर्केका युवाहरुले लमजुङको दुरडाँडामा शुरु गरेको यस कृषिबस्तिले कृषि क्षेत्रमा नयाँ आयम थप्न मद्धत पुग्ने उहाँले बताउनुभयो ।  
आधुनिक कृषिसँगै पर्यटकिय क्षेत्रको रुपमा विस्तार गर्नेगरि आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनीले उक्त परियोजना अघि बढाएको हो । यो संस्थामा युवाहरुले २ लाखदेखि १० लाख रुपैयाँसम्म लगानी गरेका छन् । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल