• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

अग्रज पत्रकार दनाईलाई मातृशोक


 
नेपाल पत्रकार महासंघका केन्दीय सभासद (पार्षद्) एवं लमजुङ आवाज साप्ताहिकका प्रकाशकरसम्पादक मिलन शर्मा दनाइलाई मातृशोक परेको छ । उहाँको आमा चेतकुमारी दनाईको शनिबार दिउँसो ७० बर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो । बेंसीसहर नगरपालिका वडा नम्बर ९, बेंसीशहर शेरा दनाईँफाँट निवासी दनाईँ लामो समयदेखि बिरामी पर्नुभएको थियो ।
काठमाडौँ र पोखरामा उपचार पछि यही साता मात्र घर आउनुभएको दनाईँको शनिबार दिउँसो १ बजेतिर निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
हाको कर्पुरेश्वर मन्दिर नजिकैको मस्र्याङ्दी नदी किनारमा अन्तिम संस्कार गरिएको छ । चेतकुमारीका श्रीमान, मिलनसहित ३ छोरा र २ छोरी रहेका छन् ।
नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष आश गुरुङले हिजो एक शोक बक्तब्य जारी गर्दै दिवगंत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना ब्यक्त गर्नुभएको छ । यस्तै नेपाल प्रेस युनियनका अध्यक्ष परमेश्वर अधिकारीले पनि सोक बक्तब्य जारी गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना ब्यक्त गर्नुभएको छ ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल