• Today :
    Wednesday, October 18, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

बेसीशहर–चामे सडक थप जोखिम, अर्खलेमा चट्टान सहितको पहिरो


 
१८ भाद्र, बेसीशहर । सडकमा चट्टान सहितको पहिरो झरेपछि लमजुङ–मनाङ यातायात अवरुद्ध भएको छ । मस्र्याङदी गाउँपालिका वडा नम्वर ३ खुदीको अर्खलेमा पहिरो झरेको हो ।
आइतबार राति पहिरो झरेर सडक पुरिएपछि यातायात अवरुद्ध भएको खुदी प्रहरी चौकीका प्रमूख एवं प्रहरी सहायक निरिक्षक हरिबहादुर थापाले जानकारी दिनुभयो । सडकमा पहराका ठूला ठूला चट्टानहरु झरेका छन् ।
पहिरोले सडक अवरुद्ध भएपछि आइतबार सञ्चारकर्मी सहित निमित्त प्रमूख जिल्ला अधिकारी तिर्थबहादुर अधिकारी र सडक डिभिजन कार्यालयका इन्जिनियर गौतम श्रेष्ठले स्थलगत अवलोकन गर्नुभएको थियो ।
यातायात अवरुद्ध भई लमजुङ मनाङका यात्रुहरु र उत्तरी लमजुङका ताघ्रिङ, घेर्मुका यात्रुहरुलाई सास्ती भएको भन्दै तत्काल पहिरो पन्छाउन सडक डिभिजन कार्यालयलाई निर्देशन दिनुभयो ।
ठूला–ठूला चट्टान सहितको पहिरो झरेको हुँदा सानो एक्साभेटरले पहिरो पन्छाउन नसकेको इन्जिनियर श्रेष्ठले बताउनुभयो । डिभिजन कार्यालयमा ठूलो एक्साभेटर नभएकोले खोजिगरी आज सोमबार मात्रै पहिरो हटाईने बताउनुभयो ।
उहाँले सिँगो पहरा खसेको भन्दै पन्छाउनको लागि निकै जोखिम रहेको बताउनुभयो । उहाँका अनुसार अझै पहिरो खस्ने सम्भावना रहेको र ठूलो चट्टानले साविकको ठाँउ छोडेको छ । 
यातायात अवरुद्ध भएपछि मनाङ पुग्नेहरु अलपत्र परेका छन् । मनाङसहित जिल्लाको उत्तरी भेगमा रहेका ताघ्रिङ, घेर्मुका यात्रुहरुलाई पनि समस्या भएको छ । अन्नपूर्ण पदमार्गमा आएका पर्यटकहरुपनि पहिरोका कारण समस्यामा परेका छन् ।
पहिरो सँगै रुख ढल्दा उत्तरी लमजुङमा लागिएको विद्युत तार पनि चुँडिएको छ । विद्युत तार चुँडिएपछि घेर्मुर ताघ्रिङका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल