• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

उद्योगी व्यवसायीहरुलाई शेयर धितोपत्र खरिद विक्रीबारे अभिमुखीकरण


 
२० भाद्र, लमजुङ । लमजुङका उद्योगी व्यवसायीहरुलाई शेयर धितोपत्र खरिद विक्रीबारे अभिमुखीकरण गराइएको छ । जिल्लामा रहेको एकमात्र शेयर बिक्री कारोबार संस्था सुन्धरा सेक्यूरिटी लिमिटेडले मंगलबार सदरमुकाम बेसीशहरमा जिल्लाका उद्योग व्यवसायीहरुलाई शेयर कारोबार बारे अभिमुखीकरण सँगै शेयर बजारबारे जानकारी गराएको हो । 
सो अवसरमा संस्थाका प्रबन्धक सुवास न्यौपानेले नेपालमा शेयर बजारको अवस्था, शेयरमा लगानी गर्दाको फाइदा र खरिद विक्री कसरी गर्ने भन्ने वारे उद्योगी व्यवसायीलाई जानकारी गराए । जिल्लामा वित्तिय संस्थाका साथै जलविद्युतको प्रचुर संभावना भएको र जिल्लावासीको लगानीलाई शेयर बजारले सुरक्षित सहयोग गर्ने हुदाँ सुन्धरा सेक्यूरिटीले बेसीशहरमा कारोवार शुरु गरेको उनले जानकारी दिए । 
सेक्यूरिटबाट अहिले ४ किसिमका शेयरको खरिद विक्री गर्न सकिने छ । कारोवार प्रतिनिधि दिपक चौलागाईले शेयरको वारेमा बजारमा धेरै प्रकारको हल्ला फैलिने हुदाँ शयेर खरिद विक्री गर्दा धेरै सतकर्ता अपनाउनुपर्ने बताए ।
शेयर खरिद गर्दा नगद नभई वोनस वढी दिने, संस्था वा कम्पनीको शेयर किन्दा राम्रो शेयरको कारोवार डिम्याट खाताबाट हुने वारेमा पनि उनले जानकारी गराए । 
कार्यक्रममा सहभागीहरुले शेयर खरिदविक्री, नामसारी, राइटशेयर, वोनस शेयर, आदिका वारेमा जिज्ञास राखेका थिए ।
लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले जिल्लामा जलविद्युतको राम्रो संभावना भएको र जलविद्युत कम्पनीहरुमा शेयर हालेपछिको प्रक्रिका वारेमा ज्ञान नभएकोले धेरै दुख भएको बताए । उनले जिल्लावासीको लगानीलाई सही स्थानमा सदुपयोग गर्न सेक्यूरटी संग सहकार्य गरेर अघि बढ्ने बताए ।
लमजुङमा सुन्धरा सेक्यूरिटी लिमिटेडले शयेर धितोपत्रको कारोवार गर्दै आएको छ । शेयर खरिद गर्दा १० कित्ताभन्दा माथि खरिद गर्नुपर्ने हुन्छ भने खरिदविक्रि वापत १ सय देखि ४ हजार १२५ सम्म २५ रुपैयका दरले, ४ हजार १२५ देखि ५० हजार सम्म ०.६ प्रतिशत, ५० हजार १  देखि २० लाख सम्म ०.५ प्रतिशत र २० लाख १ देखि माथि ०.४ प्रतिशत सेवा शुल्क लिने गरिन्छ ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल