• Today :
    Wednesday, October 18, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

खुलेन तीन दिन बित्दापनि बेसीशहर–चामे सडक, यात्रुलाई सास्ती


 
२० भाद्र, बेसीशहर । गत शनिबार राती गएको पहिरोका कारण अवरुद्ध बनेको बेसीसहर चामे सडकखण्ड तीन दिन बितिसक्दा पनि खुल्न सकेको छैन । सडकखण्ड अन्तर्गत मर्स्यांदी गाउँपालिका वडा नं ३ अर्खलेबेसी नजिकै खसेको पहिरो पन्छाउन बढी क्षमताको डोजर उपलब्ध नहुँदा सडक खुलाउन नसकिएको हो ।
सडकको भीरखण्डमा पहिरो सँगै खसेको निकै ठूलो चट्टान सानो डोजरले हटाउन नसकेको र तुरुन्तै ठूलो क्षमताको ‘चेन डोजर’को व्यवस्था गर्न नसक्दा तीन दिनसम्म पनि पहिरो पन्छाउन नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी तीर्थबहादुर अधिकारीले बताउनुभयो । सडकभन्दा करिब ३० मिटर माथि बाट खसेको पहिरोले करिब ३० मिटर दुरीमा फैलिएको र सवारी आवागमन समेत रोकिएको सप्रजिअ अधिकारीले बताउनुभयो । संभव हुँदासम्म छिटो पहिरो हटाउन डिभिजन सडक कार्यालयलाई निर्देशन दिईएको पनि उहाँले बताउनुभयो ।
सानो डोजरले पहिरो पन्छाउन नसक्ने देखिएपछि बेसीसहरका व्यवसायी शंकर बस्नेतको ‘चेन डोजर’ व्यवस्था गरिएको तर अपरेटर बाहिर गएकाले तुरुन्तै डोजर प्रयोग गर्न नसकिएको डिभिजन सडक कार्यालय दमौलीका ईञ्जिनियर गौतम श्रेष्ठले बताउनुभयो । ‘यो विषयमा हामी गम्भीर छौं, तर मेशिन चलाउने अपरेटर नभएकाले समस्या भएको उहाँले जानकारी दिनुभयो । 
निकै ठूलो चट्टान खसेकाले पहिरो पन्छाउन समेत समय लाग्न सक्ने उहाँको भनाई भनाई छ । पहिरो खसेको जमिन कमजोर रहेको र थप पहिरो खस्न सक्ने भएकाले व्लाष्टिङ्ग नगरिएको पनि ईञ्जिनियर श्रेष्ठले बताउनुभयो ।
पहिरोले सडक अवरुद्ध बनाएपछि आईतबार विहानै देखि स्थानीय बासिन्दा सँगै लमजुङ–मनाङ आवतजावत गर्ने पैदल यात्रुलाई निकै कठिनाई भएको छ । पैदलयात्रुहरु जोखिम मोल्दै पहिरो छिचोलेर ओहोर दोहोर गर्न थालेकाले सर्तकता अपनाउन स्थानीयलाई आग्रह समेत गरिएको छ ।
पहिरोका कारण ताघृङ, छापागाउँ, रामबजार, अर्खले, श्रीचौर, जगतबजार, वडारविसौना, घेर्मु लगायतका गाउँका बासिन्दालाई आवतजावतमा निकै समस्या भएको छ ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल