• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

मोडेल हस्पिटलले शुरु गर्यो हाडजोर्नी विशेषज्ञबाट सेवा, अन्य थप सेवा विस्तार गर्दै


 
२० भाद्र, बेसीशहर । लमजुङ मोडल हस्पिटल प्रा. लीले हाडजोर्नी तथा नसारोग सम्वन्धी विशेषज्ञद्धारा सेवा सुरु गरेको छ । हाडजोर्नी तथा नसारोगका विरामीहरुलाई मध्यनजर गर्दै यस अघि मासिक रुपमा सेवा प्रदान  गर्दै आएको मोडेल हस्पिटलले अहिले नियमित रुपमा विशेषज्ञ सेवा सुरु गरेको हो । 
हस्पिटलको नियमीत सेवालाई प्रभावकारी वनाउन यहि भदौ महिनाबाट उक्त सेवा सुरु गरिएको लमजुङ मोडल हस्पिटलका निर्देशक ईश्वर श्रेष्ठ जोशीले वताउनुभयो । 
टिचिङ्ग अस्पतालबाट आउनुभएका हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. आशिक बज्राचार्यले भाचिएका हाड प्लाष्टर गर्ने, पिन वा प्लेट राख्ने तथा पुराना निकाल्ने लागायत लामो समयदेखि ढाडजोर्नी दुख्ने समस्याको उपचार तथा चेक जाँच गर्ने निर्देशक जोशीले जानकारी दिनुभयो । हस्पिटलमा आउने विरामीहरुलाई हाडजोर्नी तथा नरारोग सम्वन्धि आवश्यक परामर्श पनि प्रदान डा बज्राचार्याले वताउनुभयो । 
आगामि दिनमा नियमित रुपमा बालरोग, छला तथा मुटुरोग सम्वन्धी विशेषज्ञ सेवा विस्तार गर्ने योजना रहेको निर्देशक जोशीले वताउनुभयो । साथै इण्डोसकोपी सेवा पनि विस्तार गर्ने उहाँले वताउनुभयो । 
लमजुङ मोडल हस्पिटलमा स्त्री तथा प्रसुती रोग र हाडजोर्नी तथा नासरोग विशेषज्ञ सेवा सगैं जनरल सर्जन लगायत नियमीत रुपमा इमरजन्सी, ओपिड, सेवाहरु  संचालन भैरहेको छ । हस्पिटलले हाल २ जना विशेषज्ञ डाक्टर र १ जना मेडिकल अफिसरबाट सेवा दिदै आएको जनाएको छ । 
मासिक रुपमा भने अन्य ३ जना चिकित्सकमार्फत छाला तथा यौनरोग, मानसिक तथा छारे रोग लगायतको स्वास्थ्य समस्याको विशेषज्ञ शेवा प्रदान गर्दै आएको छ । हस्पिटलले सुरक्षित गर्भपतन सेवा सगै यहि महिनाबाट निशुल्क सुत्केरी सेवा पनि सुरु गरेको छ । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल