• Today :
    Saturday, August 19, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

मौन अवधिमा के गर्न पाइन्छ, के गर्न पाइँदैन ?


 

 

आइतबार हुने स्थानीय निर्वाचनका लागि शुक्रबार बिहानदेखि नै मौन अवधि सुरु भइसकेको छ। मतदान सुरु हुने ४८ घन्टाअघि मौन अवधि सुरु हुन्छ । निर्वाचन आचारसंहिता २०७२ अनुसार मौन अवधिमा दलहरूले प्रचारप्रसार गर्न र भोट माग्न पाउँदैनन्। आचारसंहिताले मौन अवधिमा गर्न नहुने कामहरू सूचीकृत गरेको छ। मौन अवधिमा दल वा उम्मेद्वारले एसएमएसमार्फत वा सामाजिक सञ्जाल प्रयोग गरेर पनि भोट माग्न पाउँदैनन्। 'एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने,' आचारसंहितामा लेखिएको छ।

मौनअवधिमा उम्मेद्वारले निर्वाचन चिन्ह भएका टोपी, टि-सर्ट, स्टिकर, झोला लगायत सामग्री बाँड्न पनि पाउँदैनन्। यो अवधिमा उम्मेद्वारको पक्षमा कुनै किसिमको प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ।

मौनअवधिमा गर्न नहुने काम गरेमा एक लाख रूपैयाँसम्म जरिवाना हुने निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए। उम्मेद्वारले आचारसंहिता उल्लंघन गरे उम्मेद्वारी खारेज गर्नसक्नेसम्मको व्यवस्था गरेको छ।
'ऐनले एक लाख रूपैयाँसम्म जरिवाना गर्न सक्छ,' उनले भने, 'उम्मेद्वारले उल्लंघन गरे उम्मेद्वारी खारेज गर्न सक्छ।' कुनै उम्मेद्वार निर्वाचित भइसकेपछि पनि निर्वाचनअघि आचारसंहिता उल्लंघन गरेको ठहर भए उसको पदसमेत खारेज हुन सक्छ ।