• Today :
    Wednesday, October 18, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

ग्रामिण उत्पादनमुखी अर्थतन्त्रमा बैंक भन्दा सहकारी संस्थाहरुको भूमिका महत्वपूर्ण : ढकाल


 

जनकल्याण साकोसको २ करोड ३ लाख मुनाफा 

३० भाद्र, बेसीशहर । नेफस्कूनका केन्द्रिय महासचिव चन्द्र प्रसाद ढकालले ग्रामिण उत्पादनमुखी अर्थतन्त्रमा बैंक भन्दा सहकारी संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । बेसीशहर स्थित जनकल्याण साकोसको ११ औँ बार्षिक साधारणसभाको उदघाटन गर्दै उहाँले उत्पादनको क्षेत्रमा सहकारीको लगानी महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले देशभर नै सहकारीले ग्रामिण सामाजिक एकता र सद्भाव कायम गराउँदै उत्पादनमुखी क्षेत्रको लगानीमा जोड दिएको भन्दै लमजुङका सहकारी पनि त्यसतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो । 
सहकारीले उद्यमशिलतासँगै लगानीमा जोड दिनुपर्ने उहाँको भनाई थियो । सहकारीको योगदानकै कारण ग्रामिण जनतालाई बैकिङ प्रणालीमा जोड्न सहज भएको भन्दै उहाँले नीजि बैंक भन्दा सहकारीको माध्यमबाट गाउँमा हुने कारोबार महत्वपूर्ण मानिएको बताउनुभयो । 
कार्यक्रममा डिभिजन सहकारी कार्यालय दमौलीका प्रमुख नारायण कार्की, बेसीशहर नगरपालिकाका उपप्रमुख लक्ष्मी अधिकारी लगाएतले बोल्दै सहकारीको माध्यमबाट सामान्य आर्थिक आय भएका व्यक्तिको जीवन परिवर्तन हुनेमा विश्वास व्यक्त गर्नुभयो । 
संस्थाले आव २०७३÷०७४ मा ५२ करोड ८५ लाख ७२ हजार १ सय ३० रुपैँया बराबरको कुल कारोबार गर्न सफल भएको छ । संस्थाको कुल मुनाफा २ करोड ३ लाख १० हजार ४ सय ७० छ । जुन अघिल्लो आवको तुलनामा १ सय २३ प्रतिशत बढी हो । 
संस्थाको शेयर पुँजी ५ करोड ६६ लाख १० हजार २ सय छ, भने ऋण लगानी ४६ करोड ८ लाख ५२ हजार ४ सय २७ रहेको छ । संस्थाले गतबर्ष ४६ करोड ९४ लाख ५६ हजार ६ सय २२ रुपैँया बराबरको कारोबार गर्न सफल भएको थियो । जसबाट ९१ लाख कुल मुनाफा भएको संस्थाका प्रबन्धक लिलाधर पौडेलले बताउनुभयो । 
कुल ९ हजार ४८ जना सदस्य संख्या रहेको यस संस्थाले सदस्य राहतकोषको समेत व्यवस्था गरेको छ । कार्यक्रमको अवसरमा उत्कृष्ट कारोबार सदस्य सम्मान लगाएतका कार्यक्रम गरिएको थियो । संस्थाका अध्यक्ष रनजंङ घलेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव ताराराज घलेले गर्नुभएको थियो ।   
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल