• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

यस वर्ष मनाङमा स्याउ उत्पादन दश प्रतिशतले वृद्धि


 
निरज अधिकारी-
३१ भाद्र, बेसीशहर । हिमालपारीको जिल्ला मनाङमा स्याउको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादन दश प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले मनाङले जनाएको छ । 
मनाङका स्याउ कृषकले उच्च घनत्वमा स्याउ खेती गर्न थालेपछि गतवर्षको तुलनामा स्याउ उत्पादनमा बृद्धि भएको कृषि विकास कार्यालय मनाङका योजना अधिकृत मदन रेग्मीले बताए । उनका अनुसार कृषहरुले परम्परागत स्याउखेतीलाई विस्थापित गर्दै आधुनिक स्याउखेती तर्फ लागेपछि उत्पादन बढेको हो । 
कृषि विकास कार्यालयका अनुसार गतबर्ष मनाङमा ८ सय २५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । कार्यालयका अनुसार दुई सय ५ हेक्टरमा स्याउको प्लान्टेशन क्षेत्रफल र ८७ हेक्टर स्याउको प्रोडक्टिभ क्षेत्रफल रहेको छ ।
जिल्ला कृषि विकास कार्यालय मनाङका प्रमुख राममिलन प्रसाद विश्वकर्माले तल्लो मनाङभन्दा माथिल्लो मनाङ क्षेत्रमा स्याउखेती उपयुक्त बन्दै गएको बताए । यहाँको स्याउको माग उच्च रहेकोले कृषकहरु उत्साहित भएको कार्यालय प्रमुख विश्वकर्माको भनाई छ । 
कार्यालयले गतवर्ष स्याउ आत्मनिर्भर कार्यक्रम अन्तर्गत एक सय ५० रोपनीमा स्याउखेती गर्ने कृषकलाई एउटा बिरुवा बराबर व्यवस्थापन शुल्कको रुपमा एक सय रुपैयाँ वितरण गरेको थियो ।
निस्याङ गाउँपालिका–१, भ्राताङका पाल्देन गुरुङले दुई वर्षअघिदेखि एग्रो मनाङ प्रालि सञ्चानमा ल्याएका छन् । चार सय २० रोपनीमा स्याउ खेती गरेका गुरुङले गतबर्ष तीस  हजार किलो स्याउ बिक्री गरेका थिए । गुरुङका अनुसार यसबर्ष ४ लाख ५० हजार किलो स्याउ उत्पादन गर्ने लक्ष्य छ । मनाङमा उत्पादित स्याउ लमजुङको  बेसीशहर हुँदै पोखरा, चितवन र काठमाण्डौसम्म खपत हुने गरेको गुरुङले जानकारी दिए । 
  
भदौको अन्तिम सातादेखि स्याउ टिप्दा उपयुक्त हुन्छ । रासायनिक मल र विषादीको प्रयोग नगरिएको, स्वच्छ वातावरणमा उत्पादित मनाङको स्याउले बजार पाएको छ । मनाङमा गाला, गोल्डेन र फुजे प्रजातिका स्याउ उत्पादन हुँदै आएको छ । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल