• Today :
    Wednesday, October 18, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

विमानस्थल प्रयोगमा नआउँदा १७ करोडको लगानी अलपत्र


 
निरज अधिकारी-
३१ भाद्र, बेसीशहर । १७ करोड लगानीमा पुन निर्माण भएको यहाँको एकमात्र विमानस्थल अलपत्र अवस्थामा छ । मनाङमा रहेको हुम्दे विमानस्थलमा विगत ५ बर्षदेखी कुनैपनि विमानले उडान भर्न नसक्दा विमानस्थल बेकामे बनेको छ । 
करोडौँ रुपैया खर्चेर पाँच वर्षअघि नै स्तरोन्ती र कालोपत्रे गरि बाह्रै महिना जहाज अवतरण गर्ने सकिने हुम्दे विमान स्थलमा पछिल्ला वर्षमा सरकारी तवरबाट वा व्यवसायीक हिसावले कुनैपनि जहाज अवतरण नभएको मनाङ पर्यटन व्यवसायी संघका अध्यक्ष विनोद गुरुङले बताए । हवाई कम्पनीहरुले दुईतर्फी यात्रु नपाएको भन्दै हुम्दे विमानस्थमा उडान भर्न नमानेपछि समस्या भएको उनले जानकारी दिए । 
‘कालोपत्रे भएको पनि ५ बर्ष पुगिसक्यो । विमानस्थल यत्तिकै थन्किएको छ,’ उनले भने, ‘अन्नपूर्ण फेरोको पदमार्गमा पर्ने यो विमानस्थल स्तरोन्नति भएसँगै नियमित प्रयोग गरे त्यहाँ पर्यटकीय गतिविधि बढ्ने छ ।’ नियमित उडान भए जहाजमा मनाङ पुगेका पर्यटक केही दिनको बसाइपछि थोराङपास पुगेर मुस्ताङको जोमसोम हुँदै पोखरा फर्कन सक्ने भएकोले यो विमानस्थलको महत्व रहेको गुरुङको भनाइ छ । 
मनाङ जिल्लामा सडक सञ्जाल जोडिएसँगै अधिकांश वायु सेवा प्रदायक कम्पनीले उडान नभरेको 
मनाङका पूर्ब जिविस सभापति फुञ्जो गुरुङले बताए । बिमानस्थलमा बेकामे बनेसँगै समस्या थपिएपछि पटक–पटक सञ्चालनका लागी दबाब दिएपनि कुनै सुनुवाई नभएको उनले जानकारी दिए । मनाङ बासीले जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन पत्र बुझाउने देखी केन्द्रिय नेताहरुमार्फत दबाबका कार्यक्रम समेत गर्दै आएका छन् । 
यता अन्नपूर्ण पदयात्राको मुल मार्ग मानिने मनाङमा नियमित उडान नहुँदा समस्या भएकाले सरकारी तवरबाट पनि विमानस्थल सञ्चालनको पहल गरिरहेको मनाङका सांसद तथा पूर्व श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले जानकारी दिए ।  
उता नेपाल नागरिक उडययन प्राधिकरण पोखराका पदाधिकारीहरु विमानस्थल प्रयोगमा नआउँदा करोडौं लगानी खेर जाने सम्भावना बढ्दै गएको बताउँछन् । समुद्री सतहबाट ११ हजार एक सय ४५ फिट उचाइको यो विमानस्थल कालोपत्रे हुनुअघि सुक्खायाममा मात्र सञ्चालन हुन्थ्यो । 
तस्बीर क्याप्सन : पूननिर्माण भएपछि हुम्दे बिमानस्थलमा रहेको बिमान । बिगत ५ बर्षदेखी सो बिमानस्थलमा बिमानको अबतरण हुने सकेको छैन । फाइल तस्बिर ! 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल