• Today :
    Wednesday, October 18, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

लमजुङका होटल व्यवसायमा लगानी सँगै सुविधा थपिँदै


 
बेसीशहर । लमजुङ सदरमुकाम बेसीशहरमा पछिल्लो समय होटल व्यवसायमा लगानी र सुविधा थपिनेक्रम बढेको  छ । आन्तरिक तथा बाह्य पर्यटक भित्रिने क्रमसँगै नयाँ होटल खुल्ने र पुरानाले सुविधा एवम् क्षमता विस्तार गरेका छन् ।
बेसीशहर हुँदै विश्वविख्यात राउण्ड अन्नपूर्ण पदयात्रा सँगै मनाङ, मुस्ताङ जाने पर्यटक बढेपछि उनीहरूको सुविधाका लागि बेसीशहरसँगै अन्नपूर्ण रुटमा नयाँ होटल खुल्ने तथा पुराना होटलले क्षमता बढाएका हुन् । पर्यटकीय जिल्लाको सदरमुकाम सँगै अन्नपूर्ण पदयात्राको प्रवेशद्वार भएकाले बेसीशहरमा होटल खुल्नेक्रम बढेको हो ।
होटलमा आउने पाहुना बढेपछि पुराना होटलले पनि क्षमता बढाएको सदमुकामकै स्थापित होटल गेटओए हिमालय रिसोर्टका सञ्चालक भेष बहादुर पौडेलले बताए । उनका अनुसार पुराना होटलमा कोठा थप गर्ने, इन्टरनेट, तातोपानीले नुहाउने र छोटो दूरीमा पर्यटकलाई भ्रमण गराउने सुविधा थपिएको छ ।
ठूला होटलहरुमा सुइमिङ्ग पोल, ‘कमर्सियल रुम’, नेपाली र ‘कन्टिनेन्टल’ खाना, एसी सहितको रेष्टुरेण्ट, बार, क्याफे एवं पार्टी र विवाह भोजको व्यवस्था, २४ सै घण्टा तातो–चिसो पानी, पार्किङ, लउण्ड्री, ९० जना भन्दा बढी क्षमताका एसी जडित कार्यक्रम हल लगायतको सुविधा उपलब्ध छ ।
सदरमुकाम बेसीशहर आफैंमा शान्त, शितल र हरियाली वातावरणले छाएको ठाउँमा दिनप्रति दिन पर्यटकिय होटलहरु संचालनमा आउन लागेको लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापाले बताए । पर्यटकीय स्थल भएकाले कतिपय आन्तरिक पर्यटकहरु यहाँसम्म मात्रै पनि आउने गरेका र आसपासका पर्यटकीय गाउँहरुमा जाने पर्यटकहरु समेत बढ्दै गएको अवस्थामा बेसीशहरमा पर्यटकस्तरीय होटलहरु बढ्दै गएको थापाको भनाई छ । 
सार्क राष्ट्रकै नमुना घलेगाउँ, काउलेपानी, खासुर, सिउरुङ, भुजुङ, छापा, मिप्रा, राईनासकोटजस्ता होमस्टे गाउँहरुमा जाने पर्यटक तथा विभिन्न कार्यालय तथा संघसंस्थाका कामले बेसीशहर आउने पाहुनालाई समेत पर्यटकस्तरीय सुविधा दिइने गरेको छ । 
व्यवसायमा फाइदा देखेपछि सदरमुकाम बेसीशहर सँगै ग्रामिण क्षेत्रमा समेत होटल व्यवसाय सञ्चालन गर्ने व्यवसायी बढ्दै गएको घरेलु तथा साना उद्योग  विकास समिति लमजुङले जनाएको छ । सञ्चालनमा आएका साना देखी ठूला पर्यटकीय होटलहरुमा डेढ लाख देखि ६ करोड सम्मको लागानी छ ।  
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल