• Today :
    Wednesday, October 18, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

लमजुङमा अब सबै स्वास्थ्य सेवा स्थानिय तहबाटै, गरियो हस्तान्तरण


 
बेसीशहर । लमजुङमा संचालनमा रहेका सरकार मातहातको सवै स्वास्थ्य संस्थालाई स्थानीय तहको जिम्मा लगाएको छ । 
४ वटा नगरपालिका र ४ वटा गाउ“पालिकामा रहेका स्वास्थ्य संस्थालाई आइतबार एक कार्यक्रमकाबीच स्थानीय तहलाई जिम्मा लगाएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय र आयुर्वेद स्वास्थ्य केन्द्रले आफ्नो मातहातका सवै स्वास्थ्य संस्थालाई स्थानीय तहको जिम्मा लगाएको हो । 
जनस्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाइ“ र आयुर्वेद स्वास्थ्य केन्द्रका कविराज शम्भू चापागाइ“ले ४ नगरपालिका र ४ गाउ“पालिकाका प्रमुख तथा अध्यक्ष एवं प्रतिनिधि साथै एकमुष्ट जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेलाई स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाको विवरणसहितको फाइल हस्तान्तरण गर्नुभएको थियो । 
बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, सुन्दरबजार नगरपालिकाका प्रमुख जनकराज मिश्र, मध्यनेपाल नगरपालिकाका उपप्रमुख राजकुमार श्रेष्ठ, राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापा साथै क्व्होलासोंथर गाउ“पालिका अध्यक्ष प्रेमबहादुर घले, मस्र्याङ्दी गाउ“पालिका अध्यक्ष अर्जुन गुरुङ, दोर्दी गाउ“पालिका अध्यक्ष्ँ ओमबहादुर गुरुङ र दूधपोखरी गाउ“पालिका अध्यक्ष्ँ छुपीमाया गुरुङलाई स्वास्थ्य संस्थाको चलअचल सम्पत्ति लगायतका फाइल प्रदान गरिएको थियो । 
जिल्लाका सवै स्वास्थ्य संस्थाको बजेट स्थानीय तहमा गएकाले अब स्थानीय तहले नै बजेटको ब्यवस्थापन, संस्थाको ब्यवस्थापन लगायत सवै काम गर्ने जनस्वास्थ्य कार्यालय प्रमुख चापागाइ“ले बताउनुभयो । उहा“का अनुसार केन्द्रले तोकेका राष्ट्रिय कार्यक्रम तथा दिवसका कार्यक्रम पनि अब स्थानीय तहले नै गर्नेछन् । 
जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले संविधानले प्रत्यायोजन गरेको अधिकार स्थानीय तहमा आएको बताउनुभयो । संविधान कार्यान्वयन एक पाइला अघि बढेको भन्दै अन्य संरचना पनि विस्तारै स्थानीय तहमा हस्तान्तरण हुनेमा विश्वास ब्यक्त गर्नुभयो । 
बेंसीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले स्थानीय तहमा जिम्मेवारी बढ्दै गएको बताउनुभयो । यसको संचालन र समन्वय चुनौति रहेको उहा“ले बताउनुभयो । स्थानीय तह संचालन सम्बन्धि कानुन छिटो आइदिएमा कार्यान्वयनका सवै पाटा सहज हुने उहा“ले बताउनुभयो । 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल