• Today :
    Wednesday, October 18, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

चाडपर्व लक्षित बजार अनुगमन तिव्र, सुन्दरबजारका अधिकांश पसल व्यवसाय मापदण्ड विपरित


 
४ असोज, सुन्दरबजार । नजिकिदैँ गरेको चाडपर्वलाई लक्षित गर्दै लमजुङमा बजार अनुगमनलाई तीव्रता दिईएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले बुधबार लमजुङको दोश्रो मुख्य व्यापारिक केन्द्रको रुपमा परिचित सुन्दरबजार नगरपालिकामा रहेका केही किराना पसल तथा मासु पसलको अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा सुन्दरबजारमा धेरै पसलहरु मापदण्ड पुरा नगरी सञ्चालन गरेको भेटिएको अनुगमनका संयोजक एवम् जिल्ला प्रशासन कार्यालय लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी तीर्थबहादुर अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अधिकांश पसलहरुले मूल्य सूची टाँस नगरेको भेटिएको छ । एक हप्ताभित्रै आवश्यक मापदण्ड पुरा पसल सञ्चालन गर्नका लागि निर्देशन दिईएको अनुगमनका एक सदस्य एवम् राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष डम्बरबहादुर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार केही पसलहरुमा म्याद नाघेका सामानहरु भेटिएका छन् ।
मासु पसल व्यवस्थित रुपमा सञ्चालन नगरेको भेटिएको र उनीहरुलाई आवश्यक मापदण्ड पुरा गरी व्यवस्थित रुपमा मासु पसल सञ्चालन गर्न निर्देशन दिईएको अनुगमनमा सहभागी जिल्ला पशु सेवा कार्यालय लमजुङका प्रमुख डा. लक्ष्मणबहादुर ढकालले बताउनुभयो ।
अनुगमनमा उद्योग वाणिज्य संघ सुन्दरबजार ईकाईका अध्यक्ष सोमबहादुर न्यौपाने, ईप्रका भोटेओडारका प्रमुख चन्द्रबहादुर गुरुङ लगायतको सहभागिता रहेको थियो ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल